साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भगवान्

हात्ती माथिको माउतेलाई देखाउँदै उसले आफ्नो जिकिर कायम राख्यो “म त ढोग्दिनँ । ऊ त्यो मान्छेले लात्ताले हान्दा हुने मैले चाँही ढोग्नुपर्छ ?”

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

“बाबा ! उ हेर्नु त हाम्रो बुकको जस्तै इलिफेन्ट” दश वर्षे श्रीधरले चितवनको सौराहामा हिँड्दै गरेको हात्तीलाई देखाएर भन्यो ।
“छोरा ! त्यो त हात्ती हो ।”
“अँ ! मेमले त इलिफेन्ट भन्नु हुन्छ” बालहठ बोल्यो ।
“गणेश भगवानलाई त्यसो भन्न हुदैन छोरा” बाबाले हात्ती प्रति श्रद्धाभाव व्यक्त गर्न सिकाए ।
हाम्रो गाउँमा हात्तीले घर भत्कायो, बाली नाश गर्‍यो भनेको हैन ?
नेपालका जङ्गल नजिकका बस्तीमा हात्ती पसेर धेरै जनधनको क्षति गर्नेगरेको छ । गाउँबस्ती पुरै आतङ्कित छ । गाउँलेहरू रातभर जाग्राम बस्नुपर्ने । हात्ती आइहाले लालाबाला लिएर भाग्नुपर्ने तयारीमा हुन्छन् ।

“हामीलाई त भगवानले केही गर्नुभएन नि !” श्रीधरलाई बाबाले अझै सम्झाउने प्रयत्न गरे ।

“गणेश भगवान भए हात्तीले किन बिज्याइँ गरेको त ?“ भगवानले त सबै मानिसलाई राम्रो गर्छन् हैन ?” श्रीधरको वाण बाबा तिर फर्कियो ।

“भगवानलाई त्यसो भन्दा विपत्ति आउँछ । हिँड, नजिकै गएर ढोग्नुपर्छ” श्रीधरले सद्भावनाको अर्को अश्र हाले ।

हात्ती माथिको माउतेलाई देखाउँदै उसले आफ्नो जिकिर कायम राख्यो “ म त ढोग्दिनँ । ऊ त्यो मान्छेले लात्ताले हान्दा हुने मैले चाहिँ ढोग्नुपर्छ ?”

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x