साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अग्रज

चिन्ता बढ्छ हुँदैन भन्न यसरी पालो छ आफ्नै पनि। जस्तो कर्म गरिन्छ कर्म फल जो भोगिन्छ उस्तै पनि। रोप्छौँ नीम भने अनार अथवा फल्दैन मेवा बनी। हाम्रा अग्रजको गरेर मनितो पारौँ सुखी जीवनी।

Nepal Telecom ad

कल्पना अधिकारी :

हुन्छन् अग्रज नै उदार मनका आधार खम्बा भर ।
सोचौँ अग्रजझैँ सफा हृदयका संसारमा को छ र ?
गर्नै पर्छ सधैँ पवित्र मनले सम्मान वा आदर।
आशिर्वाद अपार मिल्दछ ठुलो यो जिन्दगानी भर।१।

जन्माएर बढाउने पनि उनै संस्कार, सच्चा उनै।
बाटो हिँड्न सिकाउने पनि उनै उत्साह, ऊर्जा उनै।
भोगी दुःख अनेक जीवन दिने हुन् भोक तीर्खा उनै।
न्यानो काख र साथ हात ममता मायाँ र छायाँ उनै।२।

हाम्रा अग्रजको बयान कसरी होला र हे सज्जन ।
खप्छन् सन्ततिका निमित्त तिनले बाधा तथा बन्धन।
शिक्षा ज्योति खुलोस् भनेर उनले गर्छन् लगानी कति।
इच्छा एक रहन्छ केवल उही ज्ञानी बनून् सन्तति।३।

भुल्छन् मर्म र कर्म धर्म अहिले सन्तानले हे हरि।
झार्छन् आँसु तरक्क दैनिक अहो ! वृद्धाहरू बेसरी।
बोल्दा मिष्ट हुँदैन वाक्य तिनको झर्को र फर्को कति।
बुझ्दैनन् किन हो परायसरि छन् टर्रा रुखा सन्तति।४.

जम्मै छन् घरका जहान घरमा आफ्नै छ मात्रै सुर।
बोल्दा वृद्ध डराउँछन् हरपला बर्सिन्छ गाली तर।
कस्ले सक्छ र पाल्न नित्य यसरी सेवा र मेवा दिन।
भन्छन् सन्ततिले सधैं यदिभने तड्पिन्छ वृद्धा मन।५।

चिन्ता बढ्छ हुँदैन भन्न यसरी पालो छ आफ्नै पनि।
जस्तो कर्म गरिन्छ कर्म फल जो भोगिन्छ उस्तै पनि।
रोप्छौँ नीम भने अनार अथवा फल्दैन मेवा बनी।
हाम्रा अग्रजको गरेर मनितो पारौँ सुखी जीवनी।६।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
हुन् कर्मदाता पनि

हुन् कर्मदाता पनि

कल्पना अधिकारी
वसन्तले भुलाउँदा

वसन्तले भुलाउँदा

कल्पना अधिकारी
अब राज्य हाँक्न

अब राज्य हाँक्न

कल्पना अधिकारी
नसम्झ सासू , किन बन्दिनन् मुमा

नसम्झ सासू , किन...

कल्पना अधिकारी
वृध्द-पीडा

वृध्द-पीडा

कल्पना अधिकारी
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x