साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाँडो भयो मुलुकमा गणतन्त्र आज

उद्योग कौशल सबै किन पर्छ घाटा उठ्दैन देश यसरी किन बन्नु बाठा साँच्चै अफाप सरि भो’ किन गर्छ राज घाँडो भयो मुलुकमा गणतन्त्र आज ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

उद्योग खोल्न नसके युवती विदेश
जान्छन् युवा जति सबै पछि पर्छ देश
बढ्दै छ खर्च ऋण झन् ननिको रिवाज
घाँडो भयो मुलुकमा गणतन्त्र आज ।।१

कुर्सी लडाइँ पदको नहुने विकास
बादा हजारतिर छन् कम छन् निकास
ध्वस्तै भयो गहकिलो घरको समाज
घाँडो भयो मुलुकमा गणतन्त्र आज ।।२

आफ्नै छ झुन्ड दलको दिनरात जुट्छन्
मिल्दैन स्वार्थ जसको दिनरात फुट्छन्
जोगिन्छ देश जनता शिरपोस ताज
घाँडो भयो मुलुकमा गणतन्त्र आज ।।३

लुट्ने नवीन तरिका रचना गरिन्छ
नेपाल देश जनता सहजै सकिन्छ
घन्किन्छ भाषण सदा तर छैन लाज
घाँडो भयो मुलुकमा गणतन्त्र आज ।।४

उद्योग कौशल सबै किन पर्छ घाटा
उठ्दैन देश यसरी किन बन्नु बाठा
साँच्चै अफाप सरि भो’ किन गर्छ राज
घाँडो भयो मुलुकमा गणतन्त्र आज ।।५

०००
कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x