साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शब्दसित खेलबाड गरेका पोचा गफ

साहित्यकार चूडामणि रेग्मी मस्तिष्क घातद्वारा गम्भीर विरामी भई केही दिन मेची प्रादेशिक अस्पताल, भद्रपुरमा उपचाररत हुनुहुन्थ्याे । अहिले स्वास्थ्यमा क्रमिक सुधार भइ उहाँलाई निवास ल्याइएकाे छ । फित्काैली रेग्मीज्यूकाे पूर्ण स्वास्थ्य लाभकाे कामना गर्दछ ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरू लार्ई  फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

देखासिकी र खेलबाड
देखासिकी दुईखुट्टेले मात्र होइन, चारखुट्टेले पनि गर्छ, यसका लागि गफडी पर्मान पेस गर्न सक्छ । जस्तो एउटा मुसो विरालोबाट डराउँछ जातिगत स्वभाव नै सही- देखासिकीमा सबै डराउँछन् । अहिले पहिलेका पादरी जस्ता पञ्चलाई सन्च मानी धेरैले मज्जाले आलोचना गर्नेहरू नै पहिले पञ्चलाई परै देख्ता सश्रद्धा सलाम ठोक्थे- सलाम देखासिकी चियो भने आलोचना पनि देखासिकीकै रूपमा भइरहेछ । ‘प्रजातन्त्र भनेपछि हड्ताल हुनुपर्छ यो पनि देखासिकी कुरो रहेछ र कुनै दिन ‘आकाशबाट पानी नपरेकोमा’ पनि हड्ताल हुने पक्का रहेछ । ‘रुसमा पानी पर्दा अरूतिर छाता ओढ्ने’ भन्ने चल्ती कुरा यही नै रहेछ कि क्या ?

गफडी देख्छ- विकसित मुलुकको देखासिकी अविकसित मुलुककाहरूले गर्छन् । कहाँ धनपति देश । तर पनि देखासिकी गर्नु नै पर्ने रहेछ । अब यहाँ हेर्नोस् पेट्रोलको भाउ बडेर नेपाली जनता गुन्द्रुक किन्न नसक्ने भइसके- हाम्रा देखासिकी एन्ड कम्पनीहरू कारमा गुड्छन् । आफ्ना बावुको जाने भए के ती कुद्थे  । कुद्थे, कुध्दैनथे तिनै जानून्- गफडीले देख्छ- यहाँ खेलाडी, साहित्यकार, चित्रकार, देखासिकी केही रचना गर्छन्, मौलिकमा बल गर्दैनन् । यहाँका थुप्रै काम कुरा देखासिकीमा भइरेछन्, आफूभित्र घुस्ने प्रवृत्ति यहाँ कम छ । यहाँ गफडी देखासिकीको कुरो किन कोट्याउँदै छ भने यहां धेरैले हरेक कुरामा खेलबाड गरेको देखेर गफडी पनि शब्दसँग खेलबाड गर्दैछ । मन्त्री आफ्नो पदसँग खेलबाड गर्छन्, अञ्चलाधीश सही ढङ्गले आफ्नो कुर्सीमा बस्तैनन्, राजनीतिकहरू राजनीतिसँग खेलबाड गर्छन् । छात्रहरू आफ्ना पढाइसँग खेलबाड गर्छन् त गफडी पनि गोर्खालीकै एक योग्य सुपुत्र हो ऊ किन पछि पर्छ र । तसर्थ ऊ पनि शब्दसँग खेलबाड गर्छ ।

देखासिकी किन ?

यहाँ कतिपय प्रश्न गर्छन्- देखासिकी किन गर्ने साहित्यकार, पत्रकार, राजनीतिक जस्ता आँखा खुलेकाले पनि आज देशमा शिक्षक, देखासिकीमा कुध्ने हो । प्रश्न उब्जिन सक्छ । यसमा गफडी भन्छ- विवेकी कुरा छोड्नोस् र प्रश्नलाई थन्क्याउनोस् । यहाँ प्रश्नले के गर्छ आखिर यहाँ यस्तै छ । आयात गर्न यहाँ गाह्रो मानिँदैन । पेट्रोल आयात गरिन्छ, सिसा आयात गरिन्छ, पाउडर आयात गरिन्छ रङ्गिन कपडा आयात गरिन्छ, यहाँ रिन आयात गरिन्छ, यहाँ केही भव्य भवनहरू युरोपे पाराका पारिन्छ- ‘देशको हाल जे होस्, यहाँ ककसको भत्ता खाएर भए पनि भुँडी फुलाउन पाए भयो ।

अरु कुरा किन गर्ने यही गफमास्टर गफडीलाई पनि केही पर्वाह हुन छाड्या’ छ । यहाँ यस्तै व्यक्तिवादी पारा र अविवेक फस्टाएको छ । यहाँ आफूले आफूलाई अलि-अलि जान्नुपर्छ, त्यति भए धेरैलाई भएको छ । सक्कली रूपमा आफूले आफैलाई पनि चिन्यो भने र आँखा खुले भने त बित्यो । जम्माजम्मीमा यहाँ होहोमा कुद्नुपर्छ । हाहामा लाग्नुपर्छ । जे-जसरी भए पनि आफ्नो टाउको बचाउनुपर्छ । आफू बाँच्नुपर्छ जेजसो अरु-अरु गर्छन्- तसोतसो देखासिकी गर्नैपर्छ ।

शब्दसँग खेलबाड !

गफडीका हालका मात्र गफका नम्वर छत्तिस भए । उसले कति ठाउँ कति बोल्यो, अरु पनि उसले कति लेख्यो देवकोटाले डोकाका डोका लेख्या छन् भने गफडी लम्फूले पोकाका पोका बोल्या लेख्या घिउ नलाग्ने कुरा लेख्नु र बोल्नुलाई नै गफडी लम्फू शब्दसँग खेलबाड गरेको ठान्छ । मान्छेको जीवन समय हो, बेकम्मा काम गर्नु, कुरा गर्नु, साहित्य छाँट्नु, समयको बर्बादी हो । सुधार गर्छु भन्नु र बाफू फटाई गर्नु, अरूलाई अप्रजातान्त्रिक भन्नु र आफूचाहिँ प्रजातान्त्रिक आदर्शमा नहिँड्नु अरुलाई अगतिशील भन्नु यी सब खेलबाड हुन् । कतै आफूलाई वामपन्थी भनी साम्प्रदायिक तत्वसँग हात मिलाएर आफ्नो नाम ‘माक्सवादी’ दिन्छन् रे । यी खेलबाड नभए के हुन् ? गफडी गँजडी त होइन शब्द खेलाडी हो- खेलबाड सही । देखेको र लागेको कुरा भन्छ । असन्तोकी उसका सपना कहाँ गएर साकार हुने हुन् ? जान्दैन, तर ऊ भन्छ । (यद्यपि यी भनाइ कैयौँका खेलबाडमा किन नजाऊन् ।

पातमा पात ! बातमा बात !

यहाँ केही गफ भए, केराका पातमा पात भए झैँ बातमा बात हुँदा । गफडीको के पिताम । वास्तवमा, वास्तविक रहस्ययुक्त, तथ्ययुक्त शब्दसँग खेलबाड गर्न ? मुलखैरे । इस् ! एस्सिमा । के खाँचो लाग्या छ । पोडे भए । कसम । हरिहरि । धरोधर्म । शिवशिव । चैनेजो । कुरो के भने । तपाईंको । एसिमा झ्याँक्ने । ए गाँठे । यस्ता शब्दले भरपुर छ यो जगत् । केही शब्दसँग खेलबाड गर्ने त यहाँ डाक्टर हुन्छन् । गफडीले अघि नै ओकलिसक्यो- यहाँ मात्र देखासिकी चल्छ, गूढ रहस्य खोज्न भित्र पसिन्न । (भित्र पस्ने हराउँछन् !) यहाँको राजनीति, अर्थनीति, व्यापार, साहित्य, कला, समकृति, उन्नति, अवनति, आफ्नो भुइँ छुन गाह्रो मानिरहेछ । गफडीको युटोपिया भन्छ- यहाँ एक पटक ‘खाँडीयुग’ र ‘गुन्द्रुकयुग’ आउनुपर्छ, युग नफिरी देखासिकीसँगवाट छुट्कारा पाउन गाह्रो छ । लौ त । आजका शब्दखेल अर्थात् पोचा गफ यहीँ खतम गरी सहृदयी पाठकसँग गफडी कलम विश्रामका लागि सविनय वित्ती गर्छ । आगे फेरि गफडी केही-न-केही तुक्का जोडेर गफ लिएर टुप्लुक्क यी पातामा टुप्लुक्किने नै छ, फेरि पनि । आगे फेरि है हजुरहरू हो ।

०००
युगज्ञान वर्ष ११, अङ्क १३, २०३६
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x