साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आठौँ आश्चर्य

तृष्णा तिम्रो भुवनभरमा देखिएको छ कामी, गर्छौ इच्छा सबजन दिऊन् द्रव्य राखी सलामी । यस्ता तिम्रा कुटिल मनमा बास को बस्न सक्छ । लेख्नै पर्ला अब गिनिजमा नाम तिम्रो खुरुक्क ॥

Nepal Telecom ad

कोमलप्रसाद पोखरेल :

धेरै सूरा हरतरहले देखिएका जुझारु,
बैला भैँसी सरह उपमा नाम तिम्रो दुधालु ।
बिस्टा सेतो पनि यदि मिले खान हुन्छौ हुरुक्क,
लेख्नै पर्ला अब गिनिजमा नाम तिम्रो खुरुक्क ॥

आँखा तिम्रा अति चहकिला द्रव्यमा छन् गढेका ।
भाका तिम्रा विष बमनका कार्यमा छन् जुटेका ।
तिम्रो भित्री हृदय बनिएको छ पाषाणयुक्त,
लेख्नै पर्ला अब गिनिजमा नाम तिम्रो खुरुक्क ॥

भन्ने गर्छौं अब छिटछिटो देश बढ्नेछ नित्य,
गर्नेगर्छौं हरतरहले ताण्डवी नग्न नृत्य ।
तिम्रैजस्तो अनुजबधमा हुन्न कोही हुरुक्क
लेख्नै पर्ला अब गिनिजमा नाम तिम्रो खुरुक्क ॥

त्यागी बन्दै पहिरन भिरी पुग्दछौ माथि माथि,
भोगी बन्दै नव महलमा भुल्दछौ चट्ट साथी ।
ब्वाँसाजस्तो जन उदरमा पस्न खोज्छौ सुटुक्क
लेख्नै पर्ला अब गिनिजमा नाम तिम्रो खुरुक्क ॥

तृष्णा तिम्रो भुवनभरमा देखिएको छ कामी,
गर्छौ इच्छा सबजन दिऊन् द्रव्य राखी सलामी ।
यस्ता तिम्रा कुटिल मनमा बास को बस्न सक्छ ।
लेख्नै पर्ला अब गिनिजमा नाम तिम्रो खुरुक्क ॥

हुन्थे पुर्खा अघिअघि यहाँ वीरताका निसानी,
ऐले ओड्छौ अनुज जनका रक्तको रामनामी
तिम्रा सारा गतिमति यहाँ अल्पिएछन् चटक्क
लेख्नै पर्ला अब गिनिजमा नाम तिम्रो खुरुक्क ॥

०००
सुरूङ्गा, झापा
‘म फर्केर आएँ’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
छिमेकीका स्वरूपहरू

छिमेकीका स्वरूपहरू

काेमलप्रसाद पोखरेल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x