प्रा. कपिल अज्ञात‘पाखण्ड पुराण’ मनमौजी लेखनको अद्भुत नमुना
यसरी निषेधात्मक शब्दावलीको प्रयोग गरेर उनले साहित्यलाई मुख्य रूपमा आनन्द र मनोरञ्जनको साधन मानेका छन् । शीर्षकको उपकथनमै व्यङ्ग्य सङ्ग्रह भनेर आफ्नो कथ्यको पुष्टि समेत गरेका छन्।
कपिल अज्ञात :
मनमौजी लेखक हुन् गिरी जो भावना र शैली दुवैमा रोमान्टिक शैली अपनाएर लेख्छन् ।
आफ्नो प्रवाहपूर्ण शैलीमा उनी तुक वा अनुप्रासको यस्तो मेलोमेसो बुन्छन् जसले कथ्यलाई रोमाञ्च तुल्याउँछ । वाक्य गठन पनि उनको लामो, घुमाउरो वा साङ्ली परेको हुँदैन । तुकको छुकमै वाक्य विन्यास गर्छन्।
उनले स्थानीय वा झर्रा शब्दको यतिविधि प्रयोग गरेका हुन्छन् जसले सहजता र स्वाभाविकता ल्याउनुका साथै मनोरञ्जन प्रदान गर्दछन् ।
संवाद मिसाएर होस् कि आख्यान घुसाएर होस् घटना जोडेर होस् कि कथ्य मोडेर होस् रचनालाई रसिलो र स्वादिलो बनाउने उनको ध्येय रहेको पाइन्छ ।
गिरीको लेखन बिन्दास प्रकृतिको छ । हँस्यौली र ठट्यौलीका अनेक तानामाना बुन्दै अनेक बानाका प्रस्तुतिले पाठकको मनमा राज गर्न चाहन्छन् । आफूभित्र जेजस्तो भावना भरिएको छ त्यसलाई पूरापुर खन्याएर लेख्ने उनको प्रवृत्ति छ ।
जसरी भए पनि पाठकलाई प्रसन्न तुल्याउनु नै लेखनको प्रयोजन हो भन्ने उनको धारणा रहेको पाइन्छ । उनले सद्य प्रकाशित गद्यात्मक कृतिमा ५२ वटा आलेखहरू समेटेका छन् र कृतिको नामकरण गरेका छन् पाखण्ड पुराण ।
हाँस्ने र हसाउने प्रयोजनले नै उनले यस्तो शीर्षक राखेको हुनु पर्छ । पाखण्डको शाब्दिक अर्थ हो- आडम्वर , झूट वा फरेव । साहित्य त्यस्तो किमार्थ हुँदैन । ५२ वटा आलेखमध्ये त्यस्तो शीर्षक भएको कुनै पनि आलेख छैन । त्यसैले सोझो अर्थमा पाखण्ड पुराणले सही अर्थ दिँदैन । व्यंग्यार्थमा पाखण्ड पुराणले मनको विरेचन गर्छ ।
यसरी निषेधात्मक शब्दावलीको प्रयोग गरेर उनले साहित्यलाई मुख्य रूपमा आनन्द र मनोरञ्जनको साधन मानेका छन् । शीर्षकको उपकथनमै व्यङ्ग्य सङ्ग्रह भनेर आफ्नो कथ्यको पुष्टि समेत गरेका छन्।
हर कुनै स्रष्टाले आफ्नो स्वभावको विधा चुन्यो भने उसले त्यसमा आफ्नो स्वभाव सही ढङ्गले उतार्न सक्छ । जसले आफ्नो स्वभाव उतार्यो त्यो नै पाठकको निम्ति रुचिकर विषय बन्छ र उही राम्रो लेखकको रूपमा कहलिन सक्छ ।
गिरी पनि आफ्ना निबन्धमा अन्य विधाभन्दा अधिक सफल हुने देख्दछु । यस कृति उत्सवका सन्दर्भमा उनी प्रति हार्दिक साधुवाद छ । जय गिरी साहित्य !
०००
Subscribe
Login
0 Comments
Oldest







































