साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आए लुटाहा अब फेरि लुट्न

शिक्षा भयो ध्वस्त सकाउँदैछन् बीमा भनी आज फकाउँदैछन् । मान्छे मरे फेरिनु छैन देश छन् टाउके झट्ट थुनौँ विशेष तीनै जना थुन्न सकिन्छ जुट्न आए लुटाहा अब फेरि लुट्न ॥

Nepal Telecom ad

हरिप्रसाद घिमिरे :

ॐनी लुटेका यति नै लुटेका
कोशी लुटेका सब ती जुटेका
काली लुटे फेरि सकेन फुट्न
आए लुटाहा अब फेरि लुट्न ॥१ ॥

त्यो गण्डकीको बिजुली हरायो
हेर्दैछु मैले गिरिबन्धु खायो
खायो चियाको पनि भूमि थुत्न
आए लुटाहा अब फेरि लुट्न ॥२ ॥

खै के भयो त्यो ललिता निवास
मान्छे परेछन् सब खास खास
अश्चर्य नै छैन रहेछ जुट्न
आए लुटाहा अब फेरि लुट्न ॥३ ॥

शिक्षा भयो ध्वस्त सकाउँदैछन्
बीमा भनी आज फकाउँदैछन्
सक्ने भएनन् जनता नि जुट्न
आए लुटाहा अब फेरि लुट्न ॥४ ॥

मान्छे मरे फेरिनु छैन देश
छन् टाउके झट्ट थुनौँ विशेष
तीनै जना थुन्न सकिन्छ जुट्न
आए लुटाहा अब फेरि लुट्न ॥५ ॥

चेली बसेका भय त्रास बोकी
यस्तो यहाँ चल्छ सधैँ नरोकी
अन्याय पर्दा सकिँदैन जुट्न
आए लुटाहा अब फेरि लुट्न ॥६ ॥

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ध्वंस

ध्वंस

हरिप्रसाद घिमिरे
बेताल

बेताल

हरिप्रसाद घिमिरे
सुक्ति सङ्ग्राम

सुक्ति सङ्ग्राम

हरिप्रसाद घिमिरे
बेथिति

बेथिति

हरिप्रसाद घिमिरे
विधवा

विधवा

हरिप्रसाद घिमिरे
वीर नेपाली

वीर नेपाली

हरिप्रसाद घिमिरे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x