साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्षेतिपाती

गनेर भनेर नसकिने कारणहरूले गर्दा मानव तथा जन्तु समाजमा रोगको वर्षा । अस्पताल फस्टाउने, औषधि पसललाई साह्रै असल हुने हाम्रो स्वास्थ्य खस्टाउने अनि हामी ऐया ऐया गर्दै रुने ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

अहिले भग्नावशेष मात्र बाँकी छ क्षेतिपातिको । कुनै बेला यहि नै कर्म थियो, यहि नै धर्म थियो यहि नै मर्म थियो । जे थियोे यहि मात्र सबैमा महान थियो । यहि नभए न मुखमा माड लाग्थ्यो न शरीरमा ढाड न डबकामा जाँड लाग्थ्यो न परानको आड । जसको जमिन अमिनले एकदिनमा पनि नापेर भ्याउन नसक्ने गरी धेरै हुन्थ्यो उहीँ गाउँमा लघुराजा । उसकै घरमा ढाकर बोक्ने चाकर देखि गोबर सोहोर्ने नोकरसम्म भरिभराउ हुन्थे । डकारी डकारी वर्ष भरी हसुरिसक्दा पनि भकारिलाई कोट्याउन। त्यसमा भएको चिज खोट्याउन नपर्ने भएपछि बोली व्यबहार केतु राहुको जस्तो भए पनि गनिन्थ्यो साहू । आजकल त यो क्षेतिपातिमा रुपान्तरण भएकोछ ।

पहिले भने खेतिपाती भनेर गरन नलागेको दिनमा न्वारान गरिएको थियो । तर यो खेतीपातीले बाउन्न घुस्सा त्रिपन्न ठक्कर यता गए ठाडो भिर उता गए डरलाग्दो अक्कर भोग्दै खुइलिँदै चिथोरिँदै थेचारिँदै निचोरिँदै लतारिँदै घिसारिँदै झिल्सिँदै पिल्सिँदै निसास्सिँदै अन्तर्राष्ट्रिय बीष भण्डारको रूपमा देखिएको छ । गाईभैंसी बाख्रो पाडो होस् कि धान मकै गहुँ कोदो सबक सब न उन्नाइस भण्डार न एक्काईस भण्डार खाली बीस भण्डार ।

खेतीपाती हुँदै आएको गरिँदै आएको क्षेत्रफलमा क्षेती भयो । रैथाने जातको बंशमा क्षेती भयो । बिना औषधि केही नफल्ने अनि जे खायो त्यसैले हंसमा क्षेती भयो त्यही भएर अहिले यसको क्षेतिपाती नाम रह्यो । कुनैले हातमा क्षेती गराउने कुनैले लातमा क्षेती गराउने कुनैले गलामार्फत बातमा क्षेती गराउने कुनैले दिनमा क्षेती गराउने कुनैले रातमा क्षेती गराउने अनि त क्षेतिपाती नगराएर यसको नाम के गराउने ? कुनै फूलमा क्षेती भएका कुनै पातमा क्षेती भएका कुनै जरामा क्षेती भएका कुनै फलमा क्षेती भएका कुनै लहरामा क्षेती भएका कुनै आँख्लामा त कुनै श्याँख्लामा क्षेती भएका फल्छन । नजिकै झिंगा उँडे त्यसैको हावाले ढल्छन् ।

अझ क्षेतिपातिका पुराना नाममा पनि पुगेर क्षेती भएकाछन अनमनी । हाम्रै पूर्खाहरूले खुर्पा चलाएर आतंकबादी पराइहरूसँग लड्दाताका राखेका राम्रा नामहरूअहिले दाम्रा र चाम्रा भएर नेपालीबाट नालितिर पुगेकाछन ।

अझ एकल क्षेतिपाती पनि आफ्नो पन गुमाउँदै ठिमाहा भएर निस्केका छन् । अझ बजारमा बजारिन आइपुग्दा त हजारथरी पौष्टिक तत्त्व र औषधिको प्रयोग हुँदा साक्षात बिषमानको क्षेतिपाती अवतार नै भएकाहुन्छन । त्यसपछि त पहिले खाए पेट दुख्ने भरे खाए भुँडी कसैलाई पनि बाँकी नराख्ने बच्चा युवा बूढाबूढी । यसमा पनि खै केको अनि कसको खेल अनि चलखेल भएजस्तो पो छ त ! जहिले नेपालको माटो राम्रो थ्यो त्यो बेलामा अनेक खालका तालतालका खसायनिक मल हाल्नैपर्ने रे ।

जब नेपालको माटो खसायनहरूले बिगारेर अन्तर्राष्ट्रिय खत्तम प्रतियोगितामा प्रथम पुरस्कार पाउने पक्का भएपछिभने कुनै रसायखसायन नहालेको अर्ग्यानिक हुनुपर्ने रे । क्या गज्जब क्षेतिपातिको लिला अपरमार, गोबर्ग्यानिकहरूको आधुनिक ज्ञान निकट भविष्यमै भस्म संसार ।

अब त बाहुन क्षेत्री राई गुरुङका क्षेतिपाति हराउँदै गएपछि सुरुङका क्षेतिपाती । फलाउनेबेलामा ठस ठस कन्दै अनि पछि यति फल्यो भनेर गन्दै क्षेतिपाती गर्ने चलन पनि अमान्यबाट सामान्यमा आइसक्यो । यस्तै उले बजार खाइसक्यो । स्वास्थ्य जति स्वात्तै घटेर अस्वास्थ्य कुस्वास्थ्य भइसक्यो। तैपनि मनुवाले चेत्दैन, चिलगाडी चढेर खाडी पुगेर कमाएपछि त्यसमै उँडेर ल्याएको पैसो जान्ने पल्टेर हान्ने गोरुजस्ता बिषादियुक्त क्षेतिपाती किन्नमै रमाउँछ । हुन त यस्तै कारणले क्षेतिपातिको पनि कम्ता हैकम बढेको छैन, सागले पनि बाघले झैं ज्यान लिन सक्छ । पिँडालुले बिरालुले झैं क्षेती गराउन सक्छ । आलु त झन भालुभन्दा बलवान् भयो हाेला भनेको त चिनी भन्दा तर्सिन्छ ।

अनि यस्ता गनेर भनेर नसकिने कारणहरूले गर्दा मानव तथा जन्तु समाजमा रोगको वर्षा । अस्पताल फस्टाउने, औषधि पसललाई साह्रै असल हुने हाम्रो स्वास्थ्य खस्टाउने अनि हामी ऐया ऐया गर्दै रुने । बीमाको पत्र भए पनि सि
(नगद) मा महँगोमा औषधि किन्नुपर्दा आन्द्राभुँडीको सात पत्र निकाल्नु पर्ने । धन्न रैछ क्षेतिपाती तेरो महिमा ।

०००
२०८१ पुस १८
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x