साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भगवानसँग भेटघाट

बालक केही बेर मौन रह्यो । अनि हल्का मुस्काउँदै भन्यो, "अब म कहिल्यै पनि 'भगवान् कहाँ छन् ? मैले भगवानसँग भेटघाट गरेको छैन' भन्दिनँ ।"

Nepal Telecom ad

नन्दलाल आचार्य :

“भगवान् कहाँ छन् ? म त कहिल्यै देख्दिनँ ।” बालकले प्रश्न गर्‍यो ।

बाबाजी मुस्कुराए । अगाडिको पोखरीतर्फ औंला तेर्स्याउँदै भने, “तँ यहाँ के देख्छस् ?”

“पानी, जसमा मेरो प्रतिबिम्ब छ ।” बालकले उत्तर दियो ।

“यसैमा भगवान् छन् ।”

बालक छक्क पर्‍यो । बाबाजीले फेरि सोधे, “आकाश हेरेर बता, के देख्छस् ?”

“बादल, सूर्यको किरण, उड्दै गरेका चराहरू ।”

“यी सबै भगवानकै अंश हुन् ।”

बाबाजीले हातमा माटो समातेर भने, “यो माटो, यो हावा, यो आगो- यिनै त भगवानका स्वरूप हुन् ।”

बालक केही बेर मौन रह्यो ।

अनि हल्का मुस्काउँदै भन्यो, “अब म कहिल्यै पनि ‘भगवान् कहाँ छन् ? मैले भगवानसँग भेटघाट गरेको छैन’ भन्दिनँ ।”

०००
२०८१ माघ २३ गते ।
सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x