साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्चाको चुली

पस्मिना बर्को भाषण चर्को विकास गरेनन् । भण्डार पस्ने सत्तामा बस्ने नेपाल भनेनन् ।।९ लुटेर देश फेर्दै छन् भेष देखियो मुलीमा । नाकको फुली चम्चाको चुली सोझा छन् सुलीमा ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

धर्तीको स्वर्ग लाग्दछ गर्व उज्यालो पूर्णीमा ।
छन् सवा कोटि हीरा र मोती नेपाल भूमिमा ।।१

हिमाली हीरा पारेर चिरा कवाडी बनाए ।
देशमा चर्ने आफ्नै पेट भर्ने नेता झन् गनाए ।।२

भ्याकुर गिँठा सपना मिठा बाडेर चुनाव ।
जनता खिए जितेका थिए लगाए सुहाग ।।३

विकासे नारा टारेर झारा फसायो सत्ताले ।
पालेर गुन्डा नराम्रो धन्दा पुगेन भत्ताले ।।४

बनाए घर ढालेर वर वन भो’ सखाप ।
फोरुवा फर्सा हुँदैन वर्षा सधैँ को अभाव ।।५

जापानी साडी पैसाको हाँडी नराख पालामा ।
काँधमा गम्छा काँटा र चम्चा नाच्दै छन् थालमा ।।६

अमूल्य भोट खप्दै छ चोट नेपाली समाज ।
कम्मर कस्ने सत्तामा बस्ने कहिल्यै नबाझ ।।७

पुर्खाको पाटो मुटु हो माटो सिर्जना फल्ने छ ।
वैरीले पाए लुटेर खाए हृदय जल्ने छ ।।८

पस्मिना बर्को भाषण चर्को विकास गरेनन् ।
भण्डार पस्ने सत्तामा बस्ने नेपाल भनेनन् ।।९

लुटेर देश फेर्दै छन् भेष देखियो मुलीमा ।
नाकको फुली चम्चाको चुली सोझा छन् सुलीमा ।।१०

०००
पाउँदीबजार, लमजुङ
सम्प्रति-सन्तोषीनगर, कलङ्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ

वृद्धा र वृद्ध भन्छन्...

जगदीश्वर पाेखरेल
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

जगदीश्वर पाेखरेल
उता म्याऊँम्याउँ

उता म्याऊँम्याउँ

जगदीश्वर पाेखरेल
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

जगदीश्वर पाेखरेल
राज्ययन्त्र

राज्ययन्त्र

जगदीश्वर पाेखरेल
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x