साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यता त मस्ती छ उता कस्तो छ ?

कलङ्कित पार्दा आमाको काखलाई गद्दारको ट्याग लाग्छ भन्थे लुकी सकेँ सात समुद्र पारी कसले मलाई भेट्छ र लाएको छु डलरको मखुन्डो मलाई कसले देख्छ र मलाई त यहाँ मस्ती छ साथी तिमीलाई कस्तो छ ?

Nepal Telecom ad

नारायण भट्टराई :

कतारमा मदन घाममा बिलायो रे मुनाका चुरा फुटाइए रे
बा आमा पर्खिंदा पर्खिँदै खबरै नगरी परमधाम गए रे
आफूले त सेटिङ् मिलाएर सरकारी जागिर खाइयो
तलबी बिदामा पढ्न भनेर अमेरिका आइयो
मलाई त यता मस्ती छ साथी उता कस्तो छ ?

छुट्टीमा एक पटक गइयो घरदेश परिवार टिपेर ल्याइयो
बूढो गोरुले गाई रुँगे झैँ उताको जागिरलाई रुँगाइयौ
आफ्नो दुनु सोझिएपछि उतालाई पुच्छर सुँघाइयो
फुफुको सराद खान पाएपछि हाम्लाई के चाहियो।
मलाई त यता मस्ती छ साथी उता कस्तो छ ?

मैले मात्र हो र ! यता आउने प्राय सबैले खाका छन्
गाउनलाई त हो नि राष्ट्रियता गीत सबैले गाका छन्
ठग्न पाइने भए पछि मित्र कसले पो बाँकी राख्छ र
चोरका सर्दार राजा भए पछि कसको के लाग्छ र
मलाई त यता मस्ती छ साथी उता कस्तो छ ?

भन्दै गरुन् भन्नेहरुले को भन्दा को कम छ र
भाग्य बलियो भएपछि खोस्ने कसको दम छ र
जमाना अनुसार गर्ने हो आफ्नो भकारी भर्ने हो
सम्भव भए सम्म अर्काकै हरियो बाली चर्ने हो
मलाई त यता मस्ती छ साथी उता कस्तो छ ?

नदेखिएको भगवानले ठगेको देखेर हुन्छ के !
गोली हुँदैन कलममा क्यारे लेखेरै विरुद्ध हुन्छ के ?
उताको कानुनले भेट्दैन यताको ले छेक्दैन मलाई हुन्छ के ?
आफैं बदनाम छन् प्रशासक उनले धम्क्याएको कसले सुन्छ के ?
मलाई त यता मस्ती छ साथी उता तिमीलाई कस्तो छ?

सकुनिलाई पाप लाग्छ भन्थे मनको शान्ति भाग्छ भन्थे
कलङ्कित पार्दा आमाको काखलाई गद्दारको ट्याग लाग्छ भन्थे
लुकी सकेँ सात समुद्र पारी कसले मलाई भेट्छ र
लाएको छु डलरको मखुन्डो मलाई कसले देख्छ र
मलाई त यहाँ मस्ती छ साथी तिमीलाई कस्तो छ ?

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x