माधव पोखरेल गोज्याङ्ग्रेनेपाल झेलिकमको झुरसञ्चार सेवा
भनौ के भनौ, सुनाउ के सुनाउ नामै झेलिकाम र कामै झेलिकाम अनि सेवा नै झुर झन्कार छ झर्को लाग्दो किसिमको जसले नयाँ र नौलो सेवा दिनभन्दा पनि पुरातनवादी सोच र झोक निकाल्ने काम बाहेक अरु केही जान्दैन यो ।

माधव पोखरेल गोज्याङ्ग्रे :
भनौँ के भनौँ सुनाऊ कसलाई सुनाऊ । पीडाको कुरा होस् वा सुख दुःखका कुरा । नेपाली सञ्चार क्षेत्रमा अतिचार गरेर मति बिगार्ने संघ संस्थाको नाम के हो भने लोकसेवा आयोगले प्रश्न सोधेमा म दुःखका साथ सुखी र खुसी भएर भन्न सक्छु कि नेपाल झेलिकमको झुरसञ्चार सेवा हो भनेर । नेपाली सञ्चार क्षेत्रमा बढी विकसित भएर अतिपयोग भएको भनौँ वा बढी प्रयोग भएको वा ठाउँ कुठाउँ प्रयोग हुने यो नेपाल झेलिकमको नेपाल झुरसञ्चार आधिकरण भनौ वा क्रोधिकरण भनौँ, के भनौ भनौ को अवस्थामा पुग्न बाध्य भएका छौँ ।
कसै कसैले त यसलाई नेपाल झेलिकाम नभनेर नेपाल गेलिकम,फेलिकाम वा नेपाल ठेलिकाम, खेलिकाम, पेलिकाम, रेलिकाम, सेलिकाम।,हेलिकाम सेलिकाम जे जे भने पनि हुने भएको छ । जे जसरी भए पनि आखिरी हामी जनता जनार्दनलाई भनौ वा रैतीलाई भनौ झेलिकामको झ्ुरसञ्चार जस्तो झुर सेवामा फसाएर आफ्नो दुनो, टपरा, बोहोती,खोची सोझ्याउने काम भने गरेको सबैलाई जानकारी छ ।
अहिले यो झेलिकमको झुरसञ्चार सेवा राष्ट्र विकासमा अघि बढेको र विकास र सेवाका नाममा सबैलाई रिझाउने काममा पनि चंख चतुरो भएर अरुलाई छिर्कने मार्न सफल भएको गुनासो पनि बाहिरभित्र सबैतिर चलायमान भएको परिचर्चा र चुरीफुरीले मुलुक निकै अघि बढेको कुरा पनि चासोको विषय बनेको सबैले सुनेका छन् ।
कसेले तपाई भनोस कि नभनोस आफैँ मपाई बनेर अर्काको मोवाइल फोन वा लहरे फोनका बारेमा आपसे आप जानकारी दिएर झेलिकाम गरेर झुरसञ्चारको उदाहरण प्रस्तुत गर्ने काम भएको छ । सोल्टिनीहरुको मिठो स्वर सुनाएर सबैलाई मख्ख पार्दै झेलिकाम गरेको अरुलाई थाहै नदिई तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइल् नम्बरमा अहिले समपर्क हुन सकेन केही बेरपछि पुनः सम्पर्क गर्नु होला । वा, तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाइल नम्बर अहिले व्यस्त छ केही बेरपछि पुनः सम्पर्क गर्नु होला भन्ने झेली सन्देश दिएर सञ्चार क्षेत्रकै हुर्मत लिने काम पनि भएको छ । कवाडी भैसकेको प्रविधिको प्रयोगलाई निरन्तर रुपले पुनःप्रयोग गरेर झुरसञ्चार प्रयोगको उदाहरण नेपाल झेलिकाम आफैले प्रस्तुत गरिरहेको हामी सबैले भोगेको, देखेको र सुनेको कुरा हो । यसो भन्दा झेलिकामले पनि पत्याउँछ र झुरसञ्चार दोषिकरणले यसलाई सहज रुपले लिएर जनता जनार्दन समक्ष अत्याचार गर्छ भन्ने मलाई विश्वास लागेको छ ।
अरु भन्दा पनि भरकारी संस्थानको नाम नै नेपाल झेलिकाम अनि नेपाल झुरझञ्ंकार प्रस्थान राखिएको छ । भरकारी निकायका रुपमा नेपाल झुर सञ्चार बढारीकरणले नियमन गर्ने भनेर कानुनी व्यवस्था भए पनि गैर कानुनी नियमन निकायका रुपमा केही झुरझञ्कार कम्पनिहरु पनि झ्याली झाम्टा,बजाउदै शंख फुक्दै घण्ट बजाउँदै नाच्दै गाउँदै आएको छ । आउने र जाने क्रममा यस्ता कम्पनिहरु आउँछन जान्छन तर सेवाका नाममा मेवा लुटेर माफ गर्नु होला तपाईलेसम्पर्क गर्न खोज्नु भएको मोवाइल नम्बरमा अहिले सम्पर्क हुन सकेन केही समयपछि पुनः सम्पर्क गर्नु होला भनेर हामीलाई धक्का दिने पक्का सेवा दिएकै छ ।
धोकासँगै धक्का दिने पक्का सेवा दिन सक्ने नेपाली झुरझन्कार बढारीकरण नेपाली माटोमा टाटो बनेर बसेको पुरानो व्यथा र यसको कथा सबैले नसुने पनि नजाने पनि भन्न सक्ने छन् । मिठो र सुरिलो स्वरका धनीहरुले चलाएको नेपाल झेलिकामको झुरझन्कार कार्यालय झरिलो भरिलो दरिलो बन्न अझै पछिपरेको हो कि भन्ने लागेको छ । गोविन्द गाईलाई अर्थमा समर्थन गरेको भए पनि मुद्रा दानमा अब्बल नै रहेको सबैले महसुश गरेकै हो ।
एउटा मीठो भनौँ वा तीतो कुरा जे भनौँ आखिरी झेली काम गर्नेलाई समाजले महान मान्ने र पुजा गर्ने अनि कुशासनमा लगेर राख्ने चलन हाम्रो राम्रो अभ्यास भएको देश हो । भनौँ नेपालाँ झेलिकाम गर्ने सबैजना झुरझन्कारका सारथीहरु हुन भन्दा कुनै फरक पर्दैन । झुर झन्कारेहरु नै झेलिकामका नायक भएपछि आसेपासेहरु गायक बन्नु कुनै ठ”लो कुरा होइन ।
म चाहिँ के भन्छु भने नेपाल झेलिकामले संचालन गरेको झुर सञ्चार सेवाबाट प्रभावित भएर सो कामको सिको सिकेर हामी राजनति पनि गर्दछौ । दागनीति पनि गर्दछौ, रागनीति, धाक नीति, बात नीति लगायतका सबै खाले झेलिनीति र झुर नीति संचालन गर्न गराउन हामी र म पनि सक्षम भएको पोषणा गर्दछु । घोषणा गरौ भने शोषणमा परिन्छ भन्ने डर त्रास पनि रहेकोले नहुने काम नगरी पोषणा हुने काम गरौ भनेर नौलो कामको थालनी पनि गरेको हुँ । झेलिकाममा धेरै फाइदा हुने भएकोले पनि मेरो ध्यान यतातिर तानिएको व्यहोरा अनुरोध गर्न चाहान्छु ।
नेपाल झेलिकामले नेपाली जनतालाई जसरी उत्कृष्ट, सभ्य, भव्य र विश्वसनीय सेवा दिएको भनेर झुरसञ्चार सेवा संचालन गरेर भ्रममा पारेको छ ठीक त्यसरी नै सेवालाई गुणस्तरीय बनाउने नाममा झनै क्रुर झुर बनाएर नेपाली नागरिकहरुलाई हास्ँन बाध्य बनाएको व्यहोरा म झुर कम्पनिसँग धारणा वितरण गर्न चाहन्छु । नेपालीहरुलाई जुन प्रकारको सेवा चाहिने वा सहजताकालागि खेल्नुपर्ने भूमिका हो त्यो भूमिका नेपाल झुर सेवा कम्पनिले झेलिकाम गरेर दिन नसकेको छर्लङ छ ।
धेरै कुरा के गर्नु संस्थाको नाम नै झेलिकाम , काम नै झेलिकाम, सेवा नै झुर र क्रुर भएकोले पनि यहाँ समस्या माथि समस्या थपिएको छ । समस्याका खातमाथि झुर सेवा लादेर नेपाल झेलिकामले झुर सञ्चार सेवा संचालन गरेर नेपालीको मर्म र कर्ममाथि प्रहार गरेको छ । व्यक्तिगत रुपमा सम्पर्क विच्छेद गराउन भूमिका निर्वाह गरेर भलुर सेवा दिने काम गरेको कतैबाट पनि लुक्न सकेको छैन ।
नेपाल झेलिकामले फेलिकाम गरेको कुरमा हामी सबै सहमत छौ । कसरी भन्नुहोला भने मानौ म यो लेखकले घरमा श्रीमतीलाई फोन गरे भने झेलिकामको झुर झन्कारसेवाले तपाईले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन वा केही समयपछि पुनः सम्पर्क गर्नु होला भनेर जवाफ दिन्छ । यतिमात्र होइन तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाइल नम्बर स्वीच अफ गरिएको छ पनि भन्छ । यो सबै झेलिकामले सेवा नै झुर भएको कुरा कतैबाट पनि लुक्न नसकेको व्यहोरा पाठकहरु सामु मैले गुहार मागे ।
नेपाली समाजमा स्थापित भएको नेपालको माटो हावा पानीमा रमेर झेलिकाममा लागेर झुरझञ्कार सेवा प्रदान गर्न सक्नु भनेको एउटा साहसको विषय पनि हो भन्ने कुरामा म दुईमत हुन सकिन । किनभने सेवा हामी सबैलाई गुण स्तरको भनाैँ वा चिनी स्तरको भनौँ चाहिएको छ । सबैसँग चट्ट मिल्ने आलु जस्तै, नुन जस्तै सेवाले प्रफुल्लित हुने अवसर भने पाइन्छ भन्ने मनमा लागेको छैन । नुन विनाको तरकारी र आलु नमिसाएको तरकारी खाँदा कस्तो स्वाद पाउँछौ हामी ठकि त्यस्तै स्वादमा नेपाल झेलिकामले झुरझन्कार सेवा संचालन गरेको रहेछ भन्ने कुरा अहिले आएर सबै नेपाली उपयोग कर्ताले प्रयोगधर्मिहरुले स्पष्ट रुपमा बताएका छ्न ।
भनौ के भनौ, सुनाउ के सुनाउ नामै झेलिकाम र कामै झेलिकाम अनि सेवा नै झुर झन्कार छ झर्को लाग्दो किसिमको जसले नयाँ र नौलो सेवा दिनभन्दा पनि पुरातनवादी सोच र झोक निकाल्ने काम बाहेक अरु केही जान्दैन यो झेलिकामको फेलिकाम सेवा भनै वा झुर झन्कार सेवाले । झेलिकाम गरेर झुरझञ्कार सेवा संचालन गर्ने नेपाल झेलिकाम अहिले सबैभन्दा धनी संस्थानका रुपमा चिनिए पनि झेलिकाम गर्न भने छाडेको छैन ।
अब बढी कुरा किन गर्नु आखिरी झेलिकाम गरेर इमानी नाम कमाउने पनि झुरझन्कार पेवा भएकोले समाजमा आफ्नो साख गुमेको थाहा नपाउने झेलिकाम सधैँ सधैँ झुर भएर नै बसिरहोस् । अब बढी कुरा किन भन्नु र लेख्नु जय साहित्य जय व्यङ्ग्य ।
०००
गाईघाट, उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































