साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काग र म : एक वार्तालाप

तिमीहरुको स्वभावबाट पनि म सिक्न खोज्दैछु- विष्टा खान सकिन्छ कि ? म सोच्दैछु ! मरेको दुर्गन्धित मुसा च्यापेर आकाशमा उड्न सकिन्छ कि ? त्यो पनि गम्दैछु !

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

शारदीय आकाशको एक बिहान
मैले कागलाई भनेँ-
तिमीलाई जे खानु छ खाऊ
तिम्रो स्वभावले दिन्छ, विष्टा पनि खाऊ
मरेको दुर्गन्धित मुसा च्यापेर
उड पनि खुला आकाशमा
तर, हल्ला चाहिँ नगरे हुन्थ्यो
साथीहरुलाई, माथि आकाश मै खुसुक्क भने हुन्थ्यो नि
कागले शिष्टतापूर्वक जवाफ दियो-
म आफ्नै आदतले मजबुर छु नि हजुर
म आफ्नै बथानको स्वभावले पीडित हुँ नि हजुर !

चिसोले जमेको शिशिरको एक बिहान
कागले मलाई प्रश्न गर्यो –
मैले जस्तै, किन तिमी
बारम्बार विष्टाकै वरिपरी घुम्ने गर्छौ
आकाशमा उड्न त सक्दैनौं तिमी
तल धर्तिमै मरेको दुर्गन्धित मुसा ढुकिरहेको देख्छु
मानिसको स्वभाव त त्यस्तो नहुन पर्ने हैन र ?

कालो कागको कुटील प्रश्न-
मानिस र विष्टा !
मानिस र मरेको दुर्गन्धित मुसा !!
धर्तिमा खुट्टा र टाउकोमाथि चिसोले जमेको आकाश !!!

मलाई सहन गाह्रो भयो, मेरो मुख रातो भयो
मैले शिष्टता भूले र रुखो स्वरमा जवाफ दिएँ-
मलाई नसिकाए हुन्छ, म बुद्धिमान प्राणी हुँ
त्यसैले त
तिमीहरुको स्वभावबाट पनि म सिक्न खोज्दैछु-
विष्टा खान सकिन्छ कि ? म सोच्दैछु !
मरेको दुर्गन्धित मुसा च्यापेर आकाशमा
उड्न सकिन्छ कि ? त्यो पनि गम्दैछु !

०००
चण्डोल, काठमाण्डौं
फोन : ९८५१०३८७८४

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
krishna bause
krishna bause
1 year ago

अहा ! कविज्यू गजबको व्यंग्य छ ।

“… म बुद्धिमान प्राणी हुँ
त्यसैले त
तिमीहरुको स्वभावबाट पनि म सिक्न खोज्दैछु-

विष्टा खान सकिन्छ कि ? म सोच्दैछु !
मरेको दुर्गन्धित मुसा च्यापेर आकाशमा
उड्न सकिन्छ कि ? त्यो पनि गम्दैछु !”

Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x