साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधानको हस्ताक्षर

“हामीले यस किताबमा आफैँले पसिना भरेका छौँ, तर अझै केही पृष्ठहरू रगत मागिरहेका छन् ।” यस्ता स्वरहरू मिसिन्छन् । बच्चा फेरि सोध्छ- “यो संविधान कसको हो ?”

Nepal Telecom ad

नन्दलाल आचार्य :

“यस बिहानमा किन यत्रो चिसो छ ?” नेपथ्यबाट आकस्मिक आवाज झरनाजस्तो खस्छ सरोजको छेउमा ।

“चिसो होइन, यहाँ त रगत जमेको छ, समयको ढुसीले ढाकेजस्तो छ ।” यसो भन्न पर्दा सरोजको आवाज काँप्छ ।

भीडभाडमाथि झुन्डिएको झण्डा हलुकै हल्लिन्छ । मञ्चका ससाना बत्तीहरूले आकाश छेडे पनि छायाँहरू अझ बाक्लिन्छन् ।
“हजारौं हातले ढुङ्गामा आघात गरेपछि मात्र यो मूर्ति बनेको हो ।” नेपथ्य स्वर अझ गम्भीर हुन्छ ।
“तर आज पनि कतिपय हात काटिएका छन्, कतिपय स्वर दबिएका छन् ।” सरोजको स्वरमा असन्तोष टल्किन्छ ।

मञ्च छेउमा खडा बच्चाले सरोजलाई सोध्छ- “बाबा, किन कसैको ओठमा मुस्कान छैन त ?”
सरोज मौन हुन्छन् । उनका आँखामा सपना झल्झली आउँछ, ओठमा शब्द अड्किन्छ ।

भीडले एकैचोटि ताली बजाउँछ- संविधान दिवसको जय ! तर तालीभित्रै कतै सुन्निन्थ्यो चित्कार- अपूर्णताको विलाप !
“हामीले यस किताबमा आफैँले पसिना भरेका छौँ, तर अझै केही पृष्ठहरू रगत मागिरहेका छन् ।” यस्ता स्वरहरू मिसिन्छन् ।
बच्चा फेरि सोध्छ- “यो संविधान कसको हो ?”

सरोज मुस्कुराउँछन्, हत्केला खोलेर बिस्तारै भन्छन्; “बाबु, यो त तिम्रो भविष्य हो, जसलाई हजारौं सहिदहरूको रगतले हस्ताक्षर गरेका छन् ।”

०००
२०८२ असोज ३ गते ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x