साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

उड्यो रंग अब यो जिन्दगीको मसी जस्तै फर्काउनुपर्दा आफूले उधारो यो खुसी जस्तै तिमीलाई देख्न नपाएदेखि अचेल लाग्छ - जीवन यो युध्दपछिको उजाड बस्ती जस्तै !

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

१.
जिन्दगी यो आम-जनताको टुंडिखेल हैन ऐ नेताजी,
जन-भावनासंगको खेलबाड फुटबल खेल हैन ऐ नेताजी,
मतपत्रलाई देश लुटने लाइसेन्स पो ठानेछौ क्या र तिम्ले ऐ नेताजी
हामी जनतासंग गरेको तिम्ले के यो चलखेल हैन ऐ नेताजी ?

२.
थरी-थरीका किताब पढेर मात्र पार लागिदैन अब
सांघुरो अनि पुरानो बाटो हिंडेर मात्र पार लागिदैन अब
कोर्दैनो यदि तिमी आफ्नै सुस्पष्ट मार्ग-चित्र-
अरूको ईशारामा अघिबढेर मात्र पार लागिदैन अब ।

३.
उड्यो रंग अब यो जिन्दगीको मसी जस्तै
फर्काउनुपर्दा आफूले उधारो यो खुसी जस्तै
तिमीलाई देख्न नपाएदेखि अचेल लाग्छ –
जीवन यो युध्दपछिको उजाड बस्ती जस्तै !

४.
विना चन्द्रमा जसरी त्यो आकाश जगमगाउन सकिरहेको छैन
विना फूल, जसरी त्यो बगैंचा मगमगाउन सकिरहेको छैन
विना बादल बांझो छ आज, जसरी हाम्रो यो धर्ती पनि –
विना तिमी त्यसरी नै मेरो यो जिन्दगी रमाउन सकिरहेको छैन !

०००
हाल :अस्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
किन पर्दा खसाइहालेछ उसले

किन पर्दा खसाइहालेछ उसले

ज्ञानुवाकर पौडेल
कुन्नी कहाँ फरार भयो होला !!

कुन्नी कहाँ फरार भयो...

ज्ञानुवाकर पौडेल
नराम्ररी ढल्नु भएछ !

नराम्ररी ढल्नु भएछ !

ज्ञानुवाकर पौडेल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
कस्तो यो अजीव दृश्य

कस्तो यो अजीव दृश्य

ज्ञानुवाकर पौडेल
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x