साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर्ने मुसो भाषण गर्छ चर्को

तत्काल पासो अब थाप्नुपर्छ बाठा बिराला पनि जाक्नुपर्छ छन् भ्यागुता बन्धक जो निकालौँ सर्वोच्च ॐ कानुन-दीप बालौँ । पाऊन् मुसाबाट किसान छुट्टी सम्पूर्ण औँला बन एक मुट्ठी हुन्छन् मुसाका रङ रूप उस्तै नेपालका शासकझैँ दुरुस्तै ।

Nepal Telecom ad

हिरा भट्ट :

बाली भयो नष्ट किसान रुन्छ्न्
रुन्चे-नदीले गह नेत्र धुन्छ्न्
मत्ता मुसाको छ विचित्र चित्र
छन् भ्यागुता बन्धक जेलभित्र
।१।

एकै दुलाभित्र सयौँ दुला छन्
जो खेतभन्दा नि ठुला ठुला छन्
रोपाइँ गर्दा जल टम्म लान्छ्न्
मत्ता मुसाले मलसम्म खान्छन्
।२।

बस्छन् बिराला मितझैँ बनेर
ढाडे-लगानी पनि जान्छ खेर
सिद्धान्त साँच्चै सुन एक अर्को
“चोर्ने मुसो भाषण गर्छ चर्को”
।३।

तत्काल पासो अब थाप्नुपर्छ
बाठा बिराला पनि जाक्नुपर्छ
छन् भ्यागुता बन्धक जो निकालौँ
सर्वोच्च ॐ कानुन-दीप बालौँ
।४।

पाऊन् मुसाबाट किसान छुट्टी
सम्पूर्ण औँला बन एक मुट्ठी
हुन्छन् मुसाका रङ रूप उस्तै
नेपालका शासकझैँ दुरुस्तै ।
।५।

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x