साइबर अपराध सम्बन्धी सचेतना सामग्री

औँसीका कुवंशी

बन्चराले हान्न बाँकी राखेका छन् आज अलिकति पनि छैन् नेताजीको लाज । जनताको चिन्ता छैन, चिन्ता घूसखोरी आफू मात्र मोटाउन गर्छन् मनपरी ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’:

करोडका चलखेल चलेका छन् बडा
चलखेल चपाउने कोही छैनन् खडा ।
नेताहरू भएका छन् साँढेजस्तै छाडा
जनताका निम्ति भए नेताहरू काँडा ॥

टाउकेहरू मिलेका छन् निलेका छन् सारा
सर्वहारा भन्नेहरू भएका छन् नारा ।
चुनाउमा भन्ने गर्छन्, खसाल्दिन्छु तारा
जितेपछि उनै हुन्छन् अजिङ्गरे दाह्रा ॥

बस्नखानै छैन ऐले महँगीमा पर्दा
चिन्ता छैन कसैलाई आत्महत्या गर्दा ।
प्रेम मरे, ठगिएका सोझासिधा मरे
मुलुक नै मार्नेहरू मार्न अघिसरे ॥

बन्चराले हान्न बाँकी राखेका छन् आज
अलिकति पनि छैन् नेताजीको लाज ।
जनताको चिन्ता छैन, चिन्ता घूसखोरी
आफू मात्र मोटाउन गर्छन् मनपरी ॥

घाम छदै रात पार्ने, भोट पनि झार्ने
भोट झरेपछि उनै जनलाई मार्ने ।
जेजे गरे बाह्र बजे, राति सबै गरे
कुवंशी नै भईकन अन्धकार छरे ॥

सधैँभरि भोगियो औँसी
जल्लाई दियो त्यै हुने कुवंशी ॥

०००
रचनाः २०७९ चैत, २९
मध्यनेपाल न.पा.–१, जिता, लमजुङ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x