साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एफ.एम. अर्थात् फलाक्ने मेसिन

अतिरञ्जित, अनर्गल, अतिशयोक्तिपूर्ण रिपोटिङ गरेर समुदायहरूबीच आगो लगाउने, जुधाउने, भिडाउने, तर्साउने र आलाकाँचा युवायुवतीहरूलाई भाँड्ने यो फलाक्ने मेसिनको मुखमा बुजो लगाउने कुनै व्यवस्था वा नियम हुनु पर्दैन ?

Nepal Telecom ad

मुन पाैडेल :

एफ एम. अर्थात् फलाक्ने मेसिन । दिनरात फलाकिरहन्छ बर्बर बूढीजस्ती । साँचो कुरा पनि फलाक्छ बुढो कुरा पनि फलाक्छ । गतिलो कुरा पनि फलाक्छ अगतिलो कुरा पनि फलाक्छ । सही कुरा पनि फलाक्छ, अश्लील कुरा पनि फलाक्छ । आगो सल्काउने कुरा पनि फलाक्छ, आगो निभाउने कुरा पनि फलाक्छ । मुटु थर्काउने कुरा पनि फलाक्छ, मुटु फुकाउने कुरा पनि फलाक्छ । माया लाउने कुरा पनि फलाक्छ, मुटु फकाउने कुरा पनि फलाक्छ । माया लाउने कुरा पनि फलाक्छ, माया चुडाउने कुरा पनि फलाक्छ । अल्लारे केटाकेटी सपार्ने कुरा पनि फलाक्छ, बिगार्ने कुरा पनि फलाक्छ ।

नेपाल एफ एम मय भएको छ । मान्छेसँग एक छाक खानेकुरा होस् या नहोस्, जीवन धान्न सानोतिनो कामकाज होस् नहोस् पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एफ एम भने चिच्याइरहेको, भट्याइरहेको हुन्छ । एक-एक वटा जिल्लामा सात-सात, दस-दस वटा एफ एम स्टेसनहरू । गिङमिजिङ कुरा गरिरहेका हुन्छन्।

अब म तपाईंहरूलाई प्रत्यक्ष प्रसारणका लागि हाम्रो सम्वाददाता रामकुमारजीकहाँ लग्दैछु ।

“रामकुमारजी तपाईं अहिले कहाँ हुनुहुन्छ । प्रस्तुतकर्ताले सोध्छ । ‘म अहिले अस्पताल क्षेत्रमा छु’ रामकुमार भाइजी हतारिएर बोल्छन् । “त्यहाँ भयङ्कर दमन भइरहेको छ होला । भन्नुस् त अहिलेसम्म कति जाना घायल भइसकेका छन् ।” प्रस्तुतकर्ता सोध्छन् ।

“यहाँको स्थिति एकदम भयङ्कर छ । म आफ्नो ज्यान जोगाएर रिपोर्टिङ गरिरहेको छु । पुलिसले भयङ्कर कोसिस गरिरहेको छ । चार-पाँच दर्जन कार्यकर्ताहरू घायल भइसकेका छन् । भागाभागको स्थिति छ” रामकुमारजी अत्तालिदै कराउँछन् ।

“अनि कति जनालाई गोली लागेको ? कसैको मृत्यु पनि भएको छ कि ?” प्रस्तुतकर्ता पनि माइक्रोफोन फुट्‌लाजस्तो गरी कराउँछन् ।

“रेडक्रसका कार्यकर्ताले चार-पाँच जनालाई उठाएर लगेका छन् । पुलिस फायरिङको आवाज पनि सुनिएको छ। दुईचार जनालाई गोली लागेको हुनुपर्छ” रामकुमारजी युद्ध मैदानबाट कराएकोजस्तो कराउँछन् । “रामकुमारजी त्यहाँको समग्र स्थितिलाई कसरी बयान गर्नुहुन्छ ?” प्रस्तुतकर्ताले प्रश्न गर्छन् ।

“के बयान गरूँ। स्थिति एकदमै भयङ्कर छ । प्रहरीले गर्नु दमन गरिरहेको छ । अस्पतालभित्र छिरेर लाठीचार्ज गरिरहेका छन् । दर्जनौँ घायल भइसकेका छन्, केहीलाई गोली पनि लागेको छ तर आन्दोलनकारीको जोश भने कम भएको छैन” रामकुमारजी स्वाँस्वाँ गर्दै भन्छन् ।

साँच्चै भएको के रहेछ त भनेर बुझ्दा एउटा प्रत्यक्षदर्शीले यसरी बयान गरे ।

बाइ-चौध वर्षका आलाकाँचा केटाहरूले बोरामा बोकेर लगेका ढुङ्गा, इँटा चुपचाप बसिरहेका प्रहरीहरूमाथि बर्साउन थालेपछि झडप सुरु भएको हो । असहनीय किसिमले उपद्रो बढेपछि केटाहरूलाई लखेट्न प्रहरीले सामान्य लाठीचार्ज र एक-दुई राउन्ड आँसु ग्याँस चलाएका हुन् । ढुङ्गा बर्साउँदै अस्पतालभित्र छिरेपछि एक-दुई जनालाई पुलिसले लखटेको हो। खासै केही भएको होइन । अब तपाईं आफैं हेर्नुस् रिपोटिङको स्तर ।

अब कसको कुरा पत्याउनुहुन्छ ? अब एउटा एफ.एम.की केटी प्रस्तुतकर्ताको गफ सुन्नुहोस्, फोन इन कार्यक्रममा ।

“हैलो को बोल्नुभएको होला” प्रस्तुतकर्ता सोध्छिन् ।” म हरिकुमार सिंह बोलिरहेको छु, रामपुरबाट” श्रोताको आवाज आउँछ ।

“के छ सिंहजी । आज प्रणय दिवसको दिनमा कसलाई प्रणय निवेदन गर्न चाहनुहुन्छ” प्रस्तुतकर्ताले सोध्छिन् ।

“सबभन्दा पहिले त म तपाईलाई नै प्रणय निवेदन गर्न चाहन्छु । मलाई तपाईंको आवाज साहै मीठो लाग्छ, भेट्न पनि मन लागेको छ हरिकुमारको आवाजलाई रोक्दै प्रस्तुतकर्ता भन्छिन्- ‘हुँ, हुँ। म त्यति राम्री कहाँ छु र हरिजी तपाईंको भ्यालेन्टाइन बन्न । अरू कसैलाई आफ्नो भ्यालेन्टाइन बनाउन चाहनुहुन्छ ?”

“मलाई हिरोइन ऋचा घिमिरे पनि साह्रै राम्री लाग्छिन् । म उनैलाई आफ्नो भ्यालेन्टाइन बनाउन चाहन्छु हरिजी ऋचालाई भेटे अङ्कमाल नै गर्छु जस्तो गरी भन्छन् । ‘ठीक छ हरिजी । तपाईंलाई आफ्नो भ्यालेन्टाइन प्राप्त होस्, शुभकामना छ । अब जाँदाजाँदै आफ्नो ठेगाना भनिदिनोस् त हरिजी” प्रस्तुतकर्ताको अनुरोधमा हरिजीको ठेगाना सुनेर जिल्ल पर्नु कि नपर्नु ? सुन्नुस्, नाम हरिकुमार सिंह, गाविस रामपुर । कक्षा-५ । कक्षामा बिदाको निवेदन लेख्न आउदैन, प्रणय निवेदन ।

छुट्टीको दिन घरै बसेको बेलामा एउटा पान पसले मलाई भेट्न आयो। देख्दै फोहरफाहर, कालो हात कत्लाले गर्दा कालोमा पनि टाटेकालो तर पैसा भने टन्न कमाएको । सानो कठघरामा पान पसल, भाडा तिर्नु नपर्ने तर दिनभरिमा चुत्थो पनि पाँच सय खिल्ली पान बिक्ने अर्थात् एउटा पानमा २ रुपियाँ पनि फाइदा भए दिनको हजार। छोरोलाई पच्चीस लाख नगद गनेर मेडिकलमा भर्ना गरेको ।

पहिले खल्तीबाट झिकेर एक बिडा पनि दियो अनि विस्तार भन्यो “हजुरसँग एउटा सल्लाह लिन आएको । म एउटा एफएम खोल्दै छु त्यसको अध्यक्ष हजुर बनिदिनुपयो बनिदिनुपन्यो । अरू सारा व्यवस्था म आफैं गर्छ, हजुरलाई दुःख दिन्न ।”

म छानोबाट खसेको झै भएँ। पान पसले एफ एम. खोल्छु भन्छ। एफ. एम. मा के फाइदा छ ? सानोतिनो कटुगन्जी, टेलर, पसलको प्रचार गरेर के पैसा आउँछ र चल्छ एफ एम. मैले आश्चर्य मान्दै सोधे।

“ए हजुर । एफ.एम. कुनै समाजसेवा होइन नि हजुर। यो त व्यापार हो र यो व्यापार, क‌ट्टुगन्जीको प्रचारले चल्ने होइन नि हजुर, यसका लागि त ठेक्कापट्टा लिनुपर्छ दुईचार वटा, मालामाल होइन्छ कालो दुई टुक्रा परेको दाँत देखाउदै पान पसलेले भन्यो ।

“ठेक्कापट्टा ! कस्तो ठेक्कापट्टा ? एफ.एम लाई पनि कसैले ठेक्का दिन्छ ?” मैले चकित हुँदै सोधे । “ए हजुर । यो निर्वाचनको मौसम हो । एक-दुई वर्षमा निर्वाचनको मौसम आई नै रहन्छ । अहिले त निर्वाचन गराउने गुटभन्दा भाँड्ने गुटछ नै बढी छन् । निर्वाचन भाँड्न दिनहुँ एउटा निहुँ झिकेर आन्दोलन, बन्द, चक्काजाम गरिरहन्छन् । तिनीहरूसँग प्रशस्त पैसा हुन्छ। देशभित्रका, देशबाहिरका निर्वाचन शान्ति र विकास हुन दिन नचाहने निहित स्वार्थीले यिनीहरूलाई टन्न पैसा दिएर उपद्रो गर भनेर अराएको हुन्छ । यस्ता गुटलाई एफ.एम. को सहयोग नभई हुँदैन । यस्ता गुटहरूले मसिनो आगो बलिदिन्छन् । एफ एमहरूले घ्यू थपेर भयङ्कर आगो लगाइदिन्छ । हो, हाम्रो एफ एम.ले पनि एक-दुइटा यस्तै उपद्रऱ्या गुटको प्रकार-प्रचारको गोप्य ठेक्का लिनुपर्छ। अनि स्वतन्त्र पत्रकारिताको नाममा उनीहरूको आन्दोलनमा घ्यू थपेर चर्काइदिनुपर्छ । पचास पचास लाख त एकै पटक आउँछ” पान पसलेले रहस्यपूर्ण आ-आजमा भन्यो । म जिल्लाराम यस्तो पनि हुन्छ र ?

“अनि संवाददाता, स्टाफ पनि त चाहिएला ? खर्च पनि हुन्छ।” मैले खोतल्न खोजें। “स्टाफ त सबै आफ्नै घरमा छदैछन् नि । कुन पढेलेखेका प्रशिक्षित पत्रकार चाहिने हो र। मेरो एउटा ज्वाइँ बरफ, आइसक्रिम बेच्ने काम गर्छन्, भट्टयाउन राम्रो जान्दछन् । एक जना उनी नै भइहाल्छन्, महिला कार्यक्रम मेरी श्रीमतीले चलाउन सकिहाल्छे, कुरा बनाउन सिपालु छे । एउटा केटो मेरो पनि पसलमा पान बनाउने काम गर्छ, अलि काम चोर छ तर, हट्टाकट्टा । त्यसलाई स्टेसन म्यानेजर बनाइदिउँला । यतिले पुगेन भने एस.एल.सी. फेल भएका एक-दुई जनालाई राखौँला, भइहाल्छ । तर हजुर, हजुरको नाममात्रै भए पनि चाहिन्छ, अध्यक्ष बनिदिनै पर्छ । टकटक्याउँला नि हजुरलाई ।” पान पसलेले आफ्नो योजनाको बेलिविस्तार लायो । जुन किसिमले एफ एम हरू चलिरहेका छन त्यो हिसाबको उसको योजना गजबको थियो मैले नाइँ भन्न सकिनँ ।

पान पसले दङ्ग पर्दै उठ्यो पनि, एउटा एफ.एम.बाट फोन इन कार्यक्रम आउन थाल्यो । ‘हलो । गुड मर्निङ । को बोल्नुभएको होला ? एउटा केटी प्रस्तुतकर्ताले सोधिन् ।

“म हेलेन कुमारी, फेसन चोकबाट” एउटी केटीकै प्रत्युत्तर आयो । “स्वागत छ आजको प्रेम अभिव्यक्ति कार्यक्रममा । तपाईंको उमेर कति भयो र कुन कक्षामा पढ्नुहुन्छ ?” प्रस्तुतकर्ताले सोधिन् । “म सोह्र वर्षकी भएँ, आइ एमा पढ्छु” मसिनु उत्तर आयो ।

“अब म मुख्य प्रश्नमा आउँदै छु । तपाईंको प्रेम छ कि छैन कोहीसँग” प्रस्तुतकर्ताले सोधिन् ।” प्रेम खोई… श्रोता केटीले आनाकानी गरिन् ।

“लौ ! तपाईको कोहीसँग प्रेम छैन । घोर अचम्म यो उमेरमा प्रेम नभए कहिले हुन्छ…” प्रस्तुतकर्ता प्रेमको आगो लगाइरहेकी थिइन् । भरखर आइए, बिए मा पढ्‌ने केटाकेटीहरूको मुख्य काम पढ्नु कि प्रेम गर्नु ? एफ.एम.ले युवा समुदायलाई यसैगरी सन्काइरहेको हुन्छ अनर्गल फलाकेर । प्रेम-सेमको मतलब नहुनेलाई पनि जबर्जस्ती प्रेम गराइदेला जस्तो ।

अतिरञ्जित, अनर्गल, अतिशयोक्तिपूर्ण रिपोटिङ गरेर समुदायहरूबीच आगो लगाउने, जुधाउने, भिडाउने, तर्साउने र आलाकाँचा युवायुवतीहरूलाई भाँड्ने यो फलाक्ने मेसिनको मुखमा बुजो लगाउने कुनै व्यवस्था वा नियम हुनु पर्दैन ?

गोरखापत्र / २०६५ वैशाख २१ गते शनिबार

०००
भुसुक्कै (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हन्डर

हन्डर

शेषराज भट्टराई
दानवकवि

दानवकवि

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x