साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छाडा गाली प्रतियाेगिता

उँधाे फर्किएर गाली गर्नेहरु पनि आउँनुहाेस् उँभाे फर्किएर गाली गर्नेहरु पनि आउँनाेस् समुन्द्र पारिबाट गाली गर्नेहरु पनि आउँनाेस् आफ्नै बारीबाट गाली गर्नेहरु पनि आउँनाेस् अब सबैले आआफ्ना ओैकातबाट तल झराैँ एउटा छाडा गाली प्रतियाेगिता गराैँ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

अहिले जङ्गल छैन
गाईबस्तु कसैले हेर्दैन
भेडा पनि खरितेले शहर लगिसके
आफूसँग सुकाे छैन
गाउँकाे ब्याज अरुले नै ठगिसके
आउनुहाेस आफूआफू अघि सराैँ
मन नपरेकाकाे बाेलीमा
पाखुरा सुर्किएर
मन परेकाकाे लाेलीमा
फुरुक्क फुर्किएर
एउटा एउटाकाे ट्याग धराैँ
धेरै भयाे मुख चिलाएकाे
एउटा छाडा गाली प्रतियोगिता गराैँ ।

एकातिरकाले ला भनाैँ
अर्कोतिरकाले यत्राे खा भनाैँ
सकेसम्म छाडा खाेजाैं
स्वादिला शब्द राजाैँ
लाज लागे लुकेर बाेलाैँ
फ्याट्ट अप्ठ्यारा शब्द ढुकेर बाेलाैँ
तेरीमा अर्काे तिरकाे समर्थकलाई
घाेचेर बाेलाैँ
पछि के हाेला भन्ने नसाेचेर बाेलाैँ
सबैलाई फुर्सदै रहेछ
विकार सबै ओकलेर मन भराैँ
धेरै भयाे मुख चिलाएकाे
एउटा छाडा गाली प्रतियाेगिता गराैँ ।

सामाजिक सञ्जालमा भरिएका गालीहरु
नेता अभिनेता
पत्रकार कलाकार
शिक्षक पुलिस
उद्योगपति कर्मचारी
सबैतिर छरिएका गालीहरु
सबै समेटाैँ
नभेटिएकालाई पनि भेटाैँ
सबै मेलाे मेटाैँ
लाै हजुर ! लागिपराैँ
धेरै भयाे मुख चिलाएकाे
एउटा छाडा गाली प्रतियाेगिता गराैँ ।

कसैले खाएर बाेलाैँ
कसैले लाएर बाेलाैँ
पाखुरा हुनेहरु हाक्काहाक्की बाेलाैँ
पाखुरा नहुनेहरु डराएर बाेलाैँ
सबैकाे मुख चिलाएकै रहेछ
पाखुरा सुर्कीसुर्की अघि सराैँ
एउटा छाडा गाली प्रतियाेगिता गराैँ ।

आउँनाेस्,
उँधाे फर्किएर गाली गर्नेहरु पनि आउँनुहाेस्
उँभाे फर्किएर गाली गर्नेहरु पनि आउँनाेस्
समुन्द्र पारिबाट गाली गर्नेहरु पनि आउँनाेस्
आफ्नै बारीबाट गाली गर्नेहरु पनि आउँनाेस्
मनभरि शब्द लिएर आउँनाेस्
मनपरि शब्द लिएर आउँनाेस्
एकैछिन सादगी छाेडेर आउँनाेस्
मनग्गे …. पिएर आउँनाेस्
अब सबैले आआफ्ना ओैकातबाट तल झराैँ
एउटा छाडा गाली प्रतियाेगिता गराैँ ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x