साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्टी

हाकिम कस्ता छन् थाहा भएन तर फाँटवालाको कुरा सुन्दा दुइटा कुरा स्पष्ट थियो, यात ऊ निष्ठावान देशभक्त हुनुपर्छ, या त हाकिमको कमाई देखेर डाहाले घनिभूत भएको हुनु पर्छ। ऊ अझ बोल्दै थियो कवितात्मक शैलीमा ।

Nepal Telecom ad

दिप मङ्ग्राती :

“होइन…! यो मेरो पार्टीको क्रम संख्या नम्बर (सिरियल नम्बर) चाहिँ चार करोड कसरी पुग्यो, जब कि नेपालको जनसंख्या नै तीन करोड लगभग छ ।” आगामी चुनावको लागि आफ्नो पार्टी दर्ता गर्न गएको एउटा नयाँ पार्टीको संस्थापकले जिज्ञासा राख्यो, निर्वाचन आयोगमा… !

“अंगीकृत, जन्मसिद्ध, किनबेच, उत्तर दक्षिणबाट घुसपैठ पुग्दैन त चार करोड….!”  निर्वाचन आयोगको फाँटवालाको ठाडो जवाफ
“होइन …, व्यक्तिपिच्छेको पार्टी त दर्ता छैन होला नि…?”
पार्टी नेताको प्रश्न ।

“आफ्नो पाउँदर कसले छोड्छ, गणतान्त्रिक, धर्मनिरपेक्षित प्रजातान्त्रिक देशमा हरेक नागरिकलाइ पार्टी खोल्ने अधिकार दिएको छ, अधिकारको अधिकतम सदुपयोग गर्न परेन सबैले…?” फाँटवाला ।

“अनि आधा नेपालीहरु त पलायन भैसकेका छन, एक डेढ करोड त घट्न पर्ने होइन…?”
“पलायनको कुरा गर्नु हुन्छ, मरेकाहरुको नाममा पनि पार्टी दर्ता गरिराख्याछन् यहाँ त…!”
“अनि कसरी सम्भव छ, त्यस्तो पनि हुन्छ ?”
“कागज पत्रमा सबै जिउँदै छन, हामीलाई थोरै न थाहा हुन्छ, को जिउँदो छ, को मरेको छ, हामीले त कागजमा हेर्ने हो। मार्ने र जिउँदो बनाउने अधिकार त, स्थानिय तहलाई मात्रै छ । हामी त कागज हेरेर दर्ता गरिदिने हो ।”
“बच्चा जन्मिदा कोहि बच्चा लिएर, बच्चा देखाएर जन्म दर्ता गर्छ ?”
“कसैले मरेको लासनै लिएर आउँछ मृत्यु दर्ता गर्न…? सबैले कागज हेर्ने हो।”

“अनि भोटर भन्दा धेरै पार्टी भएपछि भोट चाहिं कसले कसलाई हाल्ने हो र…..?” नेता विस्मित ।
“भोट हाल्ने त तेइ चार पाँचवटा पार्टीलाई हो नि, अरु त सबै च्याँखे थाप्नलाई हो।” चुनावको बेला मोल्तोल हुन्छ, किन्बेच हुन्छ। अन्तमा तेहि धनि पार्टी हो चुनाव लड्ने, अरु त फेरि उनोहरुकै झोले भएर हिड्ने हुन नि ।”
“अनि पार्टीहरुलाई यत्रो पैसा कहाँबाट आउँछ त…?”
“भ्रष्टाचार …! खर्च गरेपछि अशुल गर्न परेन….?”
“हैट….! भ्रष्टाचारको माउ त पार्टीहरु पो रहेछन् । यो भन्दा त साउदीमा बेल्चा हान्नै ठिक छ।”
“तेइ त…! देशभक्तहरु जति विदेश पलायन हुने, अनि नेताहरुलाई भ्रष्ट भनेर गाली गर्ने। यहि हो नेपाली हुनुको बद्किस्मत ।”
“आफू ओभानोमा बसेर, नाली गनायो भन्दै नाक छोपेर के हुन्छ..?”

हाकिम कस्ता छन् थाहा भएन तर फाँटवालाको कुरा सुन्दा दुइटा कुरा स्पष्ट थियो, यात ऊ निष्ठावान देशभक्त हुनुपर्छ, या त हाकिमको कमाई देखेर डाहाले घनिभूत भएको हुनु पर्छ। ऊ अझ बोल्दै थियो कवितात्मक शैलीमा ।
“नाली सफा गर्नु छ भने आफू नै नालीमा पस्नु पर्छ।
देश बनाउन देशभक्तहरु आफै राजनीतिमा धसिनु पर्छ।”

०००
बेलबारी – ३, मोरङ
मिति :- २०८२-०८-१७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
भष्मासुर

भष्मासुर

दिप मंग्राती
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x