साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिवारीजीको कथा

रजनीको विवाह त होला तर उसले जीवनभरि नै तपाईंलाई आफ्नो परिवारलाई नष्ट गर्ने नीच तथा दुष्ट मान्नेछे । उसले तपाईंलाई घृणा गर्नेछे ।

Nepal Telecom ad

हरिशंकर परसाईं : 

व्यङ्ग्यानुवाद : रमेश समर्थन

तिवारीजी निकै असल मान्छे हुन् । उनको पुत्र अविनाश राम्रो युवक हो । ऊ लखनऊमा इन्जिनियर छ ।
तिवारीले अविनाशको विवाह गर्नु थियो । उनी ‘टेन्डर’ लिएर घुम्दै थिए । कसैले आफ्नी छोरीको कुरो गर्‍यो भने उनी भन्ने गर्थे, ‘‘कानपुरका मिसिरजीले तिस हजार भनेका छन्, इलाहावादका दुवेजी पैँतिस हजार दिन तयार छन् । त्यहीँ ग्वालियरका पाण्डेजीले त चालिस हजार भनेका छन् । अब तपाईं पनि आफ्नो कुरो गर्नुस् । म टिपेर राख्छु र पछि तपाईलाई खबर गर्नेछु ।’’

अनि उसले भन्ने गर्थ्यो, ‘‘तिवारीजी, चालिस पैँतालिस हजार त आई.ए.एस. अफिसरको दर हो । तपाईंका छोरा त इन्जिनियर मात्र त हुन् नि !’’

तिवारीले भन्थे, ‘‘उसो भए तपाईंलाई नयाँ दर थाहा रहेनछ । आई. ए. एस.ले त एक लाख पाउन थालेको छ ।’’
लखनऊमै थिए एकजना पाण्डेजी । सामान्य हैसियतका व्यक्ति थिए । अविनाश त्यस परिवारमा आउनेजाने गर्थ्यो । उनकी एउटी छोरी थिई जसको नाम थियो रजनी । अविनाशले त्यसलाई खुबै मन पराउँथ्यो । अविनाशकी आमाले एउटा विवाहमा लखनऊ गएको वेला उसलाई देखेकी थिइन् र उसको घर पनि गएकी थिइन् । उनलाई पनि त्यो केटी खुब मन परेकी थिई । तिवारिनीले तिवारीजीलाई भनिन्, ‘‘त्यो केटी त हाम्रो अविनाशका लागि एकदम ठिक छे नि !’’

पाण्डेजी कुरा गर्न आए । तिवारीजीले भने, ‘‘तपाईंकी छोरी हाम्री बुहारी बनेर आइन् भने हामीलाई खुसी हुनेछ । छोराको चाहना पनि यही छ । तर परम्पराको निर्वाह पनि गर्नुपर्छ । बाबुबाजेले बनाएको बाटो छोड्न पनि त भएन नि ! धर्मको पालन भएन भने अशुभ हुन्छ । आगराका पाण्डेजी चालिस हजार दिन तयार हुनुहुन्छ । तर तपाईंसित भने हामी तिस हजार मात्र लिन्छौँ । योभन्दा कम त हुन्न है !’’

केटीका बाबुले आफ्नो असमर्थता देखाए । केही कम गर्नका लागि अनुरोध गरे । तर तिवारीजी आफ्नो धर्ममार्गबाट विचलित भएनन् । अन्तमा पाण्डेजी पन्ध्र दिनमा म उत्तर पठाउने छु भनेर गए ।
पन्ध्रबिस दिनपछि पाण्डेजीको खबर त आएन तर अविनाशको चिठी भने आयो —

पूज्य बुवा !
दण्डवत् सेवा ।

तपाईंले रजनीका बुवाले तपाईंलाई भेट्नुभएको रहेछ । तपाईंले उहाँसित तिस हजार माग्नुभएछ । तपार्इंले राम्रै गर्नुभएछ । तर पाण्डेजीको आर्थिक अवस्था त्यति राम्रो छैन । उहाँकी छोरीलाई बुहारीका रूपमा पाएर तपाईंलाई अवश्य खुसी हुनेछ । तर उनीहरू भने आफ्नो घर बेचेर बिस हजार रुपैयाँ जुटाउने प्रयासमा छन् । मलाई लाग्यो यदि रजनीका बुवाले घर बेचेर तपाईंलाई रुपैयाँ दिनुभयो भने उहाँको परिवार नै सङ्कटमा पर्नेछ जसको असर रजनीमा पनि पर्नेछ । कुनै छोरीमा पनि पर्ने नै भयो । रजनीको विवाह त होला तर उसले जीवनभरि नै तपाईंलाई आफ्नो परिवारलाई नष्ट गर्ने नीच तथा दुष्ट मान्नेछे । उसले तपाईंलाई घृणा गर्नेछे । म त तपाईंको आज्ञाकारी छोरो हुँ र तपाईंमाथि श्रद्धा गर्छु । त्यसैले मेरी पत्नीले मेरै पितालाई नीच तथा दुष्ट ठानेको सहन सक्दिनँ र तपाईंले पनि यस्ती बुहारी त पक्कै चाहनुभएको होइन ।

त्यसैले मैले तपाईंकै हितलाई ध्यानमा राखेर केही पनि नलिइकन अदालतमा गएर विवाह गरेँ । यो थाहा पाएर तपाईंलाई पक्कै प्रसन्नता हुनेछ । कृपया हामीलाई आशीर्वाद दिनुहोला ।

०००
परसाईंको ‘परसाई रचनावली’ २ अन्तर्गत ‘लघुकथाएँ’ खण्डअन्तर्गतका कथाहरूबाट अनुवाद गरिएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
चौबेजीको कथा

चौबेजीको कथा

हरिशंकर परसाईं
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
प्रतिनिधि

प्रतिनिधि

सुरेशकुमार पाण्डे
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
0
Would love your thoughts, please comment.x
()
x