दिप मंग्रातीघण्टा
"बाबाजीको घण्टा....!" सायद ड्याड पूर्ण रुपले, नास्तिक थियो, या त यस्तो पाखण्डकाे घोर बिरोधी थियो, "अनि मान्छेको भिड...?"

दिप मंग्राती :
“जय शम्भु ….!”
“जय भोलेनाथ…!”
जगल्टे चुल्ठो, जिउभरि भस्म, एउटा हातमा त्रिशूल, अर्को हात तथास्तुको मुद्रामा। उ ठिङ्ग उभिएको छ, लिङ्ग ९०°मा खडा छ अनि लिङ्गमा एउटा झोला झुण्डिएको छ, समग्रमा सर्वाङ्ग शिवजी बनिएर उभिएको छ। अनि शिवलिङ्गको दर्शन गर्न भक्तहरुको लाम छ। झोलामा दाम चढाएर लिङ्गलाई छोएर हात शिरमा लगाउँछ्न, लिङ्ग १८०° मा तनक्क भएर तथास्तु गर्छ। अझ कोहि त निधारै जोतेर आशीर्दवा लिन पनि चुक्दैनन्।
कोहि आरिसे नजरले हेरिरहेका थिए, कोहि लालायित भएर कल्पना गरिरहेका थिए। कोहि आश्चर्य मानेर सोचिरहेका थिए “यस्तो पनि हुन्छ…?”
“भयो त….!”
“भैरहेछ त…!”
“उसँग छ त…!”
“कसैले, आरिश गरेर , लालच गरेर, आस्चर्य मानेर हुन्छ त…?”
“ड्याड…! त्यो के हो…!?” एउटा फुच्चेको जिज्ञासा
“बाबाजीको घण्टा….!” सायद ड्याड पूर्ण रुपले, नास्तिक थियो, या त यस्तो पाखण्डकाे घोर बिरोधी थियो,
“अनि मान्छेको भिड…?”
“पागलपना, लम्पसारवाद..!”
“अनि त्यो ९०°…?”
“खाको होला नि अंग्रेजी भियाग्रा…!”
०००
बेलबारी, माेरङ
Subscribe
Login
0 Comments
Oldest







































