दिप मंग्रातीबाध्यता
साँच्चै...! समस्या त गम्भीर छ, बाजेहरु, खास्खुस गर्छन्, चोँचो मिलाउछ्न्, "पहिले चाख्नलाई चढियो, अब बाँच्नलाई अडिनु जरुरी छ, यसैले गठ्जोरको मज्बुरी छ ।"

दिप मंग्राती :
“ए बाबै अब त अघाउनु भयोहोला झर्नुस्न, हामी पनि चाखौँन।” माथितिर हेर्दै नातिहरु आफ्ना बाबैहरुतिर हात फैलाउँछ्न्। बाबैहरु भने अझै पनि फल खानमै ब्यस्त। मरिगए झर्न मानेको होइन।
रुख चढौँ बाबैहरुले छेकेर बसेका छन, बाटै दिने होइन।
नातिहरुको हरिबिजोग। मल्जल गर्दाको सास्ती ।
“ए बा..! संक्रमण फैलिसक्यो,अतिक्रमण संघारमै आइसक्यो, आक्रमण टाउकैमा पर्न आँट्यो, जाते, जाते हामी पनि केहि फल चाखेर जान पाए हुन्थ्यो।” नातिहरुको रुवाबासी।
“जाऊ …, जाऊ…, डुप्लिकेट गर आफूलाई, मियुटेड गर आफूलाई, संक्रमण विरुद्ध लड, ताकि कुनै पनि भाइरसहरुले हाइज्याक गर्न नपाओस…!” बाहरुको आदेश ।
“कता जाउँ बा…?” एकातिरबाट गड्गडाएर पहिरो आइरहेको छ, माटोले पुर्ला भन्ने डर…!,अर्कोतिर घण्टाको आवाजले कानको जाली फुट्ला भन्ने डर, कतै लाठो मुङ्ग्रोको धाक, कतै चट्याङ बिजुलीको त्रास, कतै गाडेको मुर्दा उठ्ला भन्ने डर काहाँ जाउँ बा…!”
साँच्चै…! समस्या त गम्भीर छ, बाजेहरु, खास्खुस गर्छन्, चोँचो मिलाउछ्न्,
“पहिले चाख्नलाई चढियो, अब बाँच्नलाई अडिनु जरुरी छ, यसैले गठ्जोरको मज्बुरी छ ।”
०००
माेरङ
Subscribe
Login
0 Comments
Oldest






































