अमर सन्ततितीन ठाेक्तक
नबिक्नू है अब त नबेच्नू नि विवेक आफ्नो, तिम्रो अमूल्य मत किन्न आउलान् होशियार ।

अमर सन्तति :
१.
अझै छन् ती अक्षम घरभित्र हावी
छेकी मूल दैलो बोकेकाछन् चाबी
खै के होला अब झन नवीन सुकाम ,
ती गर्दैछन् छोपी लाज कुर्सीकै दावी ।
२.
मौकामा खान मिल्ने मीठो फलका गेडा भयौँ
बिक्रि गर्नलाई राखिएका पसलका पेडा भयौँ
त्यसैले त प्रयोग मात्रै हुन्छौँ हामीहरू सधैँ यहाँ ,
साँच्चै बिना सोच बिचारका बगालका भेडा भयौँ ।
३.
नयाँ पुराना भिन्नभिन्न आउलान् होशियार
गरेर मोलतोल छिन्न आउलान् होशियार
नबिक्नू है अब त नबेच्नू नि विवेक आफ्नो,
तिम्रो अमूल्य मत किन्न आउलान् होशियार ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































