साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्यालयका जुका

मोटा फाइलमा अचम्मसँगले छिर्दा रहेछन् जुका, टेकी कागजमा सुटुक्क बगली चिर्दा रहेछन् जुका, खल्ती छाम्नु रहेछ धर्म यिनको चौपट्ट अल्झाउँछन्, थाकेका खटिराहरू पनि चुसी झन् घाउ बल्झाउँछन् ।

Nepal Telecom ad

यो कार्यालयभित्र के कति जुका लाग्दा रहेछन् भनी
भन्ने आँट भएन साध्य नहुने सङ्ख्या जुकाको गनी
दर्ता गर्न गयो निवेदनतिरै थाल्छन् जुका टाँसिन
आँटे मार्न चुसेर औषधमुलो हामी नगर्ने किन ?
।१।

मोटा फाइलमा अचम्मसँगले छिर्दा रहेछन् जुका
टेकी कागजमा सुटुक्क बगली चिर्दा रहेछन् जुका
खल्ती छाम्नु रहेछ धर्म यिनको चौपट्ट अल्झाउँछन्
थाकेका खटिराहरू पनि चुसी झन् घाउ बल्झाउँछन्
।२।

ओहो के विधि चुस्न तौरतरिका जान्दा रहेछन् जुका
कुर्सी मुन्तिरबाट चुस्न सजिलो मान्दा रहेछन् जुका
कारोबार अवैध गर्छ जसले त्यो मित्र मान्छन् जुका
बाटो वैध समात्न खोज्दछ भने त्यो दुष्ट ठान्छन् जुका
।३।

फर्जी कागजपत्रमा पनि जुका जाग्दा रहेछन् अति
हाम्रो ज्यान चुसाउँदै सुकिसक्यो के हुन्छ खै उन्नति
एक्लै सुट्ट छिरेर गर्न नसके आफ्ना जुकाको जय
अर्को त्रास थपिन्छ नागरिकमा हुन्छन् जुका निर्भय
।४।

यो कार्यालयका हरेक तहमा यस्ता जुका लाग्दछन्
लाग्ने कारण खोज्नतर्फ नजुटौँ खोजे जुका भाग्दछन्
नाना रङ्ग र रूपका र कदका साना र ठूला जुका
बस्ने बास रहेछ ए मनुज त्यो खल्ती नदेखा लुका
।५।

मोलुङ -५ ओखल्ढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x