ताराबहादुर बुढाथोकीबतास चल्दैछ
उता उनीहरु ! कालो बादलले ढाक्दै गरेको आफूमाथिको आकास हेर्न पाउँदैनन् ।

ताराबाबु
मेरो शहरमा बतास चल्दैछ,
सेतो दरबारबाट
रातो दरबारतिर उडेको बतासले,
सुनौलो दरबारका रुखहरु ढल्दैछ ।
झन्डाबाट चलेको बतास र
फन्डाबाट चलेको बतासको असरले
भागबन्डाको मकैमा कालीपोके फल्दैछ ।
हो बतास चल्दैछ,
काइते तमसुकका पानाहरु
एक्कासी फरफराउने गरी,
सतिसाल बनेका दिवानाहरु
केराको पात झै थरथराउने गरी,
एकाविहानै तिनपानेको डोजले
लक्पकाए झै जिब्रो लर्बराउने गरी,
कताकता सुकिलो सुरुवालभित्र
अज्ञात खुट्टाको मासी गल्दैछ ।
क्षणक्षणमा वयान बदल्दैछ ।
माथिबाट बतास चल्दैछ,
त्यसैले त माइक
ज्यान छाडेर बर्बराउँदैछ ।
बतासले त
ठिटीको पछ्यौरी पो उडाउँथ्यो
यहाँ त बतासले हिटीको
चोली नै उडाउँदैछ,
फुसका छानाको बातो मात्र चुँडाउथ्यो,
यहाँ त टेबुलभित्र लुकाएका फाइलको
फलामे बन्धन चुँडाउँदैछ ।
हो डरलाग्दो बतास चल्दैछ,
चिहानमा गाडेका कुकृत्यहरुको
अस्थिपन्जर खोतल्दैछ ।
बतास त वातावरणमा डुलेकै राम्रो,
नत्र त हामी यता सास फेर्न पाउँदैनौ,
उता उनीहरु !
कालो बादलले ढाक्दै गरेको
आफूमाथिको आकास हेर्न पाउँदैनन् ।
संखुवासभा
Subscribe
Login
0 Comments
Oldest







































