साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कठालो समातेर झ्याइँकुटी

सरकारी कर्मचारीलाई समेत बाँकी नराख्नेले आफैले पालेको कर्मचारीहरूले कस्तो हरिविजोग व्यहोर्न परिरहेकाे होला

Nepal Telecom ad

वि. सं. २०६१ सालतिर रा. बा. बैंक मैतिदेवी शाखामा खजाञ्जी पदमा कार्यरत थिएँ । त्यही रहँदै बस्दा मलाई टाइडफाइडले झ्याप्पै समायो । हलचल गर्न सक्ने अवस्थामा रहिन, उपचारार्थ घरमै थिएँ । मेरो जिम्मामा रहेको साँचो घरकी मार्फत कार्यालय पुर्‍याउन पठाइदिएँ । उपचारकै क्रममा रहँदा १९ दिनको जनआन्दोलन भाग- २ शुरू भयो ।

सो आन्दोलन सकेको केही दिनमा शाखाका प्रवन्धकले बैंकमा नोट बेस्सरी बढ्यो, थापाथली लानुपर्ने सक्नुहुन्छ भने आउनुस् त ! भन्दै मलाई आग्रह गरे । हुन्छ भन्दै कमजोर अबस्थाको जीउ लिएर कार्यालय पुगें । मैतिदेवीबाट केन्द्रीय कार्यालयसम्म कार्यालयकै गाडीबाट थापाथली पुगें । आफ्नो जिम्मामा रहेको नोट बुझाइयो, काम सकियो । एकतर्फी मात्र गाडीको सुबिधा पाइने भएकोले फर्किने बेलामा अप्ठयारो पर्‍यो । थापाथलीबाट मैतिदेबी पुग्न मोटरबाटोको रुटै नमिल्ने । के गरौ कसो गरौ भनेर मनमा दोमन रहिरह्यो । अनि बिस्तारै छोटो बाटोबाट पुग्छ भनेर कालिकास्थानबाट भित्री बाटो हुँदै मैतिदेबी निस्केँ । दिउँसोको चर्को घाम र कमजोरीले गर्दा रिंगटा लागेर हिँड्न हम्मेहम्मे परिरहेको थियो । बल्ल तल्ल पुगें ।

कार्यालयको ढोकाभित्र छिर्न नपाउँदै एउटी महिलाले चुक्ता गरेको सन झिकिदिन पर्‍यो, साह्रै ढिलो भयो भनेर मलाई भन्न थालिन् । मैले बोकेको झोला काउण्टरभित्र राखेँ । एकछिन है साह्रै गाराे भयो जुस खाएर आउँछु भन्दै तिनै महिलालाई सुनाएर म कार्यालय बाहिर निस्केँ । त्यतिन्जेल सम्ममा गर्मीले चिटचिट पसिना र कमजोरीले गलाइरहेको थियो । जुस खाएर कार्यालयभित्र पस्न पा’छैन तिनै महिलाको स्वर चर्किन थाल्यो । आफ्नो जीउले कामै गरिराखेको थिएन । माथि गएर ढोका छेवैको ट्वाइलेटमा छेस्किनी नलगाई छिरेँ र टाउकोमा पानी राखेँ । तिनै महिला पनि मेरो पछिपछि आएर ट्वाइलेटको बहिर बसी कराउँदै मेरा सबै कृयाकलाप प्रत्यक्ष देखिरहेकी थिइन् । ऊ पनि भित्रै पसेको भए मलाई बलात्कार गर्‍यो भनेर उल्लीबिल्ली लाउन के बेर ! तर धन्य त्यस्तो घटना भने भएन । टाउकोमा पानी हाल्दै गर्दा एक्कासी मलाई जगल्ट्याउन टाउकोमा (महिलाहरूको पहिलो हतियार) हात पुर्‍याइन् कपाल नभेटेपछि कठालो समातेर बाहिर तान्न थालिन्र । तिनको रिस हेर्दा मलाई काँचै निलुँला जस्तै गर्दै थिइन् । रिसको बलले तान्ने बित्तिकै म लर्खरिन पुगे । मसँग केही गर्ने आँट थिएन । उसले कति चोटी कठालोमा समातेर झ्याईंकुटी पारिन् भनेर साध्य छैन । म बलिको बोको बनेर उनको अन्याय सहेर बसेँ । उनको त्यो पुरस्कार पाउने बित्तिकै म तल ओर्लें ऊ पनि मसँगै तल ओर्लिन् ।

खजाञ्ची कार्यालयको काममा कतै गएको खण्डमा खजाञ्चीले गर्ने सम्पूर्ण कामको जिम्मा उसको प्रतिनिधिले लिने बैकिङ नियम छ । त्यो दिन थापाथलीमा जाँदा पनि मैले साँचो प्रतिनिधिलाई बुझाएर गएको थिएँ । घटना लगत्तै तल आएपछि प्रतिनिधिसँग साँचो माग्ने क्रममा उहाँ कतिबेलादेखि आउनु भएको हाे भनेर उसैको अगाडि सोधेँ । प्रतिनिधिले भर्खरै भने । साँचो लिएर उनको नाममा रहेको सुन निकाल्न ढुकटीमा गएँ । त्यतिन्जेल पनि ऊ बर्बराउँदै थिइन् । ढुकुटीबाट सुन झिकेर ल्याएँ र बोलाएँ । तपाईसँग मानवता भन्ने चिज छैन, तपाई भर्खरै मात्र आउनु भएको रहेछ, यसरी कराउनुपर्छ भन्न मात्र भ्याएको थिएँ उनले तपाई जस्ता दश बीसजनालाई पालेर राखेको मान्छे हुँ, मलाई लरत्तरो नसम्झनुस् भन्दै धारावाहिक प्रवचन जोसिलो पारामा दिन थालिन् । उनी मेरो बीचकाे वाकयुद्व सकिँदा नसकिँदै नियम अनुसारको काम सकेर पठाइदिएँ ।

यी सबै घटनाको जरो के रहेछ भने तिनी एउटा प्राइभेट कम्पनीको मालिक्नी रैछिन् । तिनले मलाई धनको तुजक देखाइन् । तिनी जस्ती सुपरफास्ट महिलालाई ढिलो भएको भए यति करा पनि थाहा हुनपर्ने हो खजाञ्चीको सट्टामा अरु कसैले उहाँको जिम्मेवारी समालिरहेको हुन्छ । तिनले अहंमताको पराकास्टा नाघेर प्रदर्शन गरेको देख्दा मलाई यस्तो लाग्छ- विचरा सरकारी कर्मचारीलाई समेत बाँकी नराख्नेले आफैले पालेका कर्मचारीहरूले कस्तो हरिविजोग व्यहोर्नु परिरहेकाे होला भनेर यो घटना सम्झ्यो कि सोचिरहन्छु म ।

सरस्वतीनगर, चावहिल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x