सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुर्सीको स्वाद नै मीठो

झेलको खेल झकाँश छ ठेलमठेल क्या मीठो, सबैभन्दा मलाई त कुर्सी खोसाखोस नै मीठो ।

Nepal Telecom ad

फुटको राम्रो राजनीति गुट झन् उपगुटको
मीठो झन् सत्तोश्राप त पाँडे गाली क्या मीठो
झेलको खेल झकाँश छ ठेलमठेल क्या मीठो
सबैभन्दा मलाई त कुर्सी खोसाखोस नै मीठो ।

पापड बेलनीको भन्दा चाकर चाकडीको मीठो
मन्त्रीको जन्तर राम्रो घात अन्तरको मीठो
अति क्षति मति भन्दा असहमति निकट मीठो
अति उत्तम् मलाई त झन् कुर्सीकै टिकट मीठो ।

बिरबलको खिचडी जस्तै आशाको कानुन मीठो
खान्की आश्वासन पस्कि, बास चैं पार्टीकै मीठो
जितुवाको लाचारी राम्रो, हरुवाको हुँकारै मीठो
अति असल सर्वमान्य कुर्सीको पुकारै मीठो ।

हिँडाइ राम्रो अबेलाको सुताई कुबेलाको मीठो
मात राम्रो राजनीतिको बात जँड्याहाको मीठो
स्वाद उत्कृष्ट भत्ताको, सत्ताको भाग झन् मीठो
मलाई त सर्वोत्कृष्ट कुर्सीको स्वाद नै मीठो ।

गुप्तनगरको, लुप्त गाउँ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली