साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सीको स्वाद नै मीठो

झेलको खेल झकाँश छ ठेलमठेल क्या मीठो, सबैभन्दा मलाई त कुर्सी खोसाखोस नै मीठो ।

Nepal Telecom ad

फुटको राम्रो राजनीति गुट झन् उपगुटको
मीठो झन् सत्तोश्राप त पाँडे गाली क्या मीठो
झेलको खेल झकाँश छ ठेलमठेल क्या मीठो
सबैभन्दा मलाई त कुर्सी खोसाखोस नै मीठो ।

पापड बेलनीको भन्दा चाकर चाकडीको मीठो
मन्त्रीको जन्तर राम्रो घात अन्तरको मीठो
अति क्षति मति भन्दा असहमति निकट मीठो
अति उत्तम् मलाई त झन् कुर्सीकै टिकट मीठो ।

बिरबलको खिचडी जस्तै आशाको कानुन मीठो
खान्की आश्वासन पस्कि, बास चैं पार्टीकै मीठो
जितुवाको लाचारी राम्रो, हरुवाको हुँकारै मीठो
अति असल सर्वमान्य कुर्सीको पुकारै मीठो ।

हिँडाइ राम्रो अबेलाको सुताई कुबेलाको मीठो
मात राम्रो राजनीतिको बात जँड्याहाको मीठो
स्वाद उत्कृष्ट भत्ताको, सत्ताको भाग झन् मीठो
मलाई त सर्वोत्कृष्ट कुर्सीको स्वाद नै मीठो ।

गुप्तनगरको, लुप्त गाउँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x