साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पद, पैसा र पावरको कमाल

खाएका छन् जनताको करमाथि कर, हन्तकाली, अगस्तिको के को छ र भर ! खानलाई बाँचेका छन् धुर्त, धुन्दुकारी बाँच्नलाई खाने भए खान्थे आलु तारी ।

Nepal Telecom ad

प्रतिपक्ष-प्रतिष्ठा र निधिको खै निष्ठा ?
बँदेल र बङ्गुरझैँ हसुरेछन् बिष्टा ।
खाने-खाने भाँडिएर खान्न भनी-भनी
पाएपछि कुम्ल्याएर मिले गनी-भनी ।

खाएका छन् जनताको करमाथि कर
हन्तकाली, अगस्तिको के को छ र भर !
खानलाई बाँचेका छन् धुर्त धुन्दुकारी
बाँच्नलाई खाने भए खान्थे आलु तारी ।

हिजोसम्म भन्ने गर्थे नयाँ हुन्छ राम्रो
आज फेरि भन्न थाले मिठो हुन्छ चाम्रो ।
चाम्रो मासु चपाउने चुली चढ्दै गए
पद, पैसा, पावरमा लोभी-पापी भए ।

सत्य, शिव, सुन्दर झन् सुकाउने भए
छक्का, पञ्जा खेल्नेहरू रमाउँदै रहे ।
जनताले रुचाउने लाँकुरीको बोट
ढालिदिए त्यो बोटमा नभेटेर नोट ।

धोक्नसम्म धोकेपछि रक्सी हुन्छ कस्तो ?
धर्म-सर्म, कर्मसँगै हुन्छ छोडेजस्तो ।
त्यसैले त मुलुकमा धर्म-सर्म छैन
धर्म छाडालाई भयो मोजमस्ती चैन ।

राष्ट्रप्रेमी दवाउन परप्रेमी उठे
परदेशी हँसाउन परधर्मी जुटे ।
कर्तव्य र अधिकार छैन बराबरी
अधिकार मात्र खोज्ने भए सर्वोपरि ।

पद, पैसा, पावर, मसल
देखेपछि लोभिए कमसल ।।

नागार्जुन-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x