सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आज शहीद दिवस रे !

मेरै कोटामा, खै को डाक्टर बनी आयो रे बाको नाममा पैसो निकालेर खायो रे तिमी पनि बिच सडकमा दिन कटाउँदै छौ म पनि सडक छेउमा रात कटाउँदै छु म पनि तिमी जस्तै जिउँदो शहीद भाको छु

Nepal Telecom ad
बा आन्दोलन गर्ने भनी हिँडेका फर्कदै फर्केनन्
आमा पनि खै कता हिँडिन् बालाई पर्खंदै पर्खिनन्
अलिकति भएको श्रीसम्पती पनि साहुको हातमा गयो
शहीदको छोरो पनि शहीद नै भयो ।
म पनि तिमी जस्तै घाम खाँदै, झरी खाँदै
दुई चार बोतल लाउने भाको छु
शहीदज्यू हजुर पनि एक प्याक तान्ने कि ?
आज त शहीद दिवस रे
खाने भए जर्किनमै बोकी ल्याको छु ।
कसैले भन्छन्, मेरा बालाई गोली लागेको
कसैले भन्छन्, मेरा बालाई डोरीको फाँसी लागेको
तिम्रो नाममा कतिले पद जमाए
बाको नाममा कतिले दाम कमाए
तिमीलाई पनि कसैले पुज्दैनन्
म पनि शहीदको छोरो, कसैले खोज्दैनन्
त्यसैले मन भुलाउन
आज टुन्न लोकल ठर्रा लाको छु
शहीदज्यू एक गिलास लाउने कि ?
कसम एक जर्किन नै बोकी ल्याको छु ।
मेरै कोटामा, खै को डाक्टर बनी आयो रे
बाको नाममा पैसो निकालेर खायो रे
तिमी पनि बिच सडकमा दिन कटाउँदै छौ
म पनि सडक छेउमा रात कटाउँदै छु
म पनि तिमी जस्तै जिउँदो शहीद भाको छु
सधैं भोको रहे पनि, आज अलिकती पाको छु
त्यसैले आज टुन्न पेवर लोकल लाको छु
शहीदज्यू हजुर पनि एक प्याक तान्ने कि ?
साँच्चि पेयोर ठर्रा बोकी ल्याको छु ।
मन्त्री , प्रधानमन्त्री आए पनि
आज एक दिन आउने हुन्
भोलि शहीदको सपना कुल्चेर
आफ्नै गीत मात्र गाउने हुन्
ती न तपाईंका शिश्य हुन्, न चेला हुन्
ती त नेताको भेषका अनेक खेला हुन्
जस्तो तिम्रो हाल छ उस्तै मेरो ताल छ
तिम्रो र मेरो नाममा अर्कै मालामाल छ ।
छोड्दिम शहीदज्यू यी चटकेहरुका कुरा
शहीदज्यू आज अली यता आउने हो ?
मम छोइला पनि ल्याको छु क्या
साँच्चै एक प्याक लाउने हो ?
काठमाडाैं
Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
नेता

नेता

प्रेम ओली ढकलपुरे