साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीदको सपना

हुन पनि सहराँ त शहीदलाई साँच्चिकै शहीद बनाएकै छन् । बाटाबाटामा माटाकै भए पनि मूर्ति ठिङ्गाइदिएकै छन् । आँधीहुरी, घामपानी, धुँवाधुलो, फोहोरमैला केहीको प्रवाह नगरी अहोरात्र सपना मात्र देखिरहन्छन् है शहिदहरू भनेर प्रमाणित गरेकै छन् ।

Nepal Telecom ad

यो शहीद भन्ने शब्द नै शक्तिशाली रहेछ । त्यसैले शहीद शब्दकै सेरोफेरामा मेरो दिमागले घेरो हाल्यो । पूरै भाषाकै कुरा गरौँ भने म पढाइलेखाइमा उहिल्यै कलमी काटिएको पोथ्रो परेँ । तपाईंले भाषाको आशा गर्नुभयो भने खासा पछुताउनै पर्छ । भाषाको बोट भनाैँ कि लगौँटी माथिको कोट भनौँ, कुरो शहीद नामको शक्तिशाली शब्दको हो । कुनै जमानामा त्यो एक शब्दले मान्छेको जिउ जोसले जिरिङ्ग हुन्थ्यो । तन, मन र आत्मा एकैचोटि छुन्थ्यो । छरिएकालाई एकै सूत्रमा उन्थ्यो र एकताको ताना बुन्थ्यो । शहीद शब्दको शक्तिले साँखेजुङको उकालोमा लखतरान परेका ढाक्रे बाका शरीरमा समेत परान थप्थ्यो । स्याप्रु बेँसीका घाँसी दाइका तालुमा शीतलता थप्थ्यो । हुरी हुर्हुराउँथ्यो, झर्ना झर्रझराउँथ्यो र जोसजाँगरले तन फर्फराउँथ्यो ।

तर आजकल शब्दको अर्थ उल्ट्या हो कि, समय कोल्टो पल्ट्या हो । यो ‘बोन्साई’ भएका दिमागले लाख कोसिस गर्दा पनि ठोस कुरा निस्किएन । यदि मान्छेको उचाइ नाप्ने कसी ‘बुद्धि’ हुँदो हो त आफू ग्याँचेमा दरिने शतप्रतिशत सत्य हो । आज एकाबिहानै मित्र मनरथ भन्दै थिए- “हिजो त गाडी नचलेर कस्तो शहिद भइयो बा ।” अस्ति असारमा बेँसी झर्‍या साइँला साहुको हली होमे भन्दै थियो- “आज त दार्मे गोरु दिनभर सुत्या सुत्यै गरेर शहीदै बनायो । “धनवीर साहुकाँबाट ब्याजमा धन लिएर धन कमाउन धाइफल ठोक्ने युवाजमात जाग्दै थियो- “मेनपावरले पैसा पोक्याएर न विदेश पठायो न पैसा फर्कायो, हामीलाई त शहीदै बनायो ।” यो शहीद शब्द जताततै अनेकादि लक्षित अर्थ लाग्ने गरी प्रयोग भएको पाइन्छ ।

उता सहराँ, नेताजी भोट जितेको खुसियालीमा मग्न छन् । गमक्क गम्कँदै, रङ्ग न ढङ्गसँग बम्कँदै अभिनन्दन गोष्ठी र भेटघाटमा व्यस्त छन् । जहाँ जान्छन् त्यहीँ भावविह्वल भएर बर्बराउँछन्- “शहीदको सपना साकार पार्नुछ ।” हुन त हो, तैपनि सोध्न मन लाग्छ । ए नेताजी लौ न बताइदिनोस् के शहीदले सपना मात्रै देखे ? यति औधि सपना देख्न त शहीदहरू सँधै कुम्भकणर्जस्तै सुत्नुपर्छ । के साँच्चै उनीहरू त्यसै गरी सधैँसधैँ सुतिरहे त ?

मलाई अझै याद छ, तिलबारीको तुम्बाले पाली छाउन आउँदा भन्या कुरो- “आम्मै कान्छी ! काँको हुनु नि, राति आउँथ्यो त्यो माइली र कुप्पी देउन बोजु भन्थ्यो । अनि खै केकेजाती पढेर लेख्तै पो गथ्र्यो । ब्यानै भाले बास्नु पाको छैन ऊ त लौलौ बाजेबोजु बस है भन्दै पो हिँडिहाल्थ्यो । बिचरा असल थ्यो, पछि त किन पो हो पापीहरूले त मारि पो हालेछन् ।”

ती, तुम्बाका कुरा सम्झेर म आँसु झारौँ कि ? उता नेताका सभाको सपना साकार पार्ने सारगर्भित भाषण सुनेर म मख्ख परौँँ ? हुन पनि सहराँ त शहीदलाई साँच्चिकै शहीद बनाएकै छन् । बाटाबाटामा माटाकै भए पनि मूर्ति ठिङ्गाइदिएकै छन् । आँधीहुरी, घामपानी, धुँवाधुलो, फोहोरमैला केहीको प्रवाह नगरी अहोरात्र सपना मात्र देखिरहन्छन् है शहीदहरू भनेर प्रमाणित गरेकै छन् । बर्सैपिच्छे सपना मात्र देख्ने शहीदको सम्मान गर्दै सालिकमा समावेशी हातहरूले फूलमालाका खात पहिर्‍याई शहीदको सपना सदासदाका निम्ति साकार पारिरहेकै छन् । त्यसैले त शहीद शब्द नै शक्तिशाली छ हैन त ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x