साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीदको गुनासो

थोरै लायक देखिने शहिदका बाँकी सबै नक्कली आफू सालिक भ्रष्ट मालिक हुँदा दोधारमा सक्कली

Nepal Telecom ad

पापी, भ्रष्ट लडी मरोस् सब मिली सङ्घर्ष चर्को गरे

चक्काजाम, विरोध, बन्द डन वा चुल्ठे र मुन्द्रे मरे।

दर्ता गर्दछ राज्यले सहिदमा जो मर्छ यो देशमा

साँच्चै यो अपमान हो सहिदको को भन्छ यो देशमा।।

 

बिर्सी राष्ट्रिय स्वाभिमान जसले आफ्नो भनेनन् घर

खाई भात उता, यतातिर हिजो फ्याँके निकै पत्थर ।

झन्डा,राष्ट्रिय मानचित्र जसले खोजी जलायो हिजो

दर्ता हुन्छ मऱ्यो भने सहिद ऊ सुन्दै छ लाग्ने झिँजो।।

 

हेर्दैनन् किन दुष्ट शासकहरू को राष्ट्रघाती थियो

सत्ता मिल्छ भनेर नै सहिदको दर्जा तुरुन्तै दियो।

खोजी सत्य र तथ्य देन अनि पो हो राष्ट्रसेवी भनी

गर्दा घोषित लाग्दथ्यो सहिद हुन् आदर्श भन्ने पनि ।।

 

बिर्सी जीवन- मोह राष्ट्रहितमा लागेर जो मारिए

जाने योग्य सुपुत्र हुन् सहिद ती जो मुक्तिकर्ता थिए।

प्राणोत्सर्ग गरे सपूत जसले यो देशका खातिर

सच्चा नायक पूज्य ती, तर परे ओझेलमा आखिर।।

 

जो मर्छन् दिन रात काल गतिले हो कार्यकर्ता भनी

चक्काजाम गरी बने सहिद ती को गर्छ श्रद्धा पनि।

थोरै लायक देखिने सहिदका बाँकी सबै नक्कली

आफू सालिक भ्रष्ट मालिक हुँदा दोधारमा सक्कली।।

 

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x