सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ओई नयाँ बर्ष !

हे नयाँ वर्ष कि एउटा सत्य नेता ल्याइदेऊ, कि मलाई यिनी भन्दा हजार गुणा ढाँटने नेता बनाइ देऊ ।

Nepal Telecom ad

ओई नयाँ बर्ष ! सञ्चै ?
हेर, चुनाव आएर यो पाली त मारामार छ
कोई कोईको त बोली बाराबर छ
म पनि चुनावमा उठ्ने सुर गर्‍या छु
तर ढाँट्ने कसरी अलमलमा पर्‍या छु
पञ्चायतले तीस बर्ष ढाँट्यो
यो भोगतन्त्रले ढाँट्दै आको पनि
झन्नै तेत्तिसै बर्ष नै हुन आँट्यो
कैले यल्ले ढाट्यो कहिले उल्ले ढाँट्यो
ढाँट्दा ढाँट्दा कति पात्रो फाट्यो फाट्यो
अरुको कुरै छाड्न
त्यो भर्खर आको गणतन्त्रले पनि मज्जाले पो ढाँट्यो !

फेरि मतदाता पनि गजबकै
जसले ढाँट्न सक्यो
जसले मुठो बाट्न सक्यो
त्यो मोरा डाँका, हत्यारा भए पनि भोट पायो
बिचरा इमान्दरले त चार बल्ड्याङ नै खायो
खै के जमाना आयो आयो
न विद्वान् कदर छ, न बिज्ञको कदर छ
ढाँट्नेको अगाडि विद्वान् बिज्ञ सब बदर छ
खानी पानी नभा ठाममा पनि
कसेैले पानी जहाज ल्याइदिन्छु भनी सके
कसैले यो देशलाई सुइजरल्यान्ड बनाइ दिन्छु भनी सके
खै आफूले के भनेर ढाँट्नु अब ?
के के आश्वासन बाट्नु अब ?
हैन यो ढाँट्ने कला यिनीहरूले कसरी सिके
म त छक्क परेको नयाँ वर्ष
यस्ता ढाँटसित जनता पनि कसरी बिके ?
गायकले गाली गरे, कविले गाली गरे
कलाकारले गाली, वकिलले गाली गरे
चोर, डाँका, लुटेरा जे गालीले पनि नेतालाई छुन्न
हैन बौद्ध मार्गी परेछन् कि क्या हो !
जल्ले जति भने पनि यिनलाई क्यै हुन्न ।

हे नयाँ वर्ष कि एउटा सत्य नेता ल्याइदेऊ
कि मलाई यिनी भन्दा हजार गुणा ढाँटने नेता बनाइ देऊ ।

हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
नेता

नेता

प्रेम ओली ढकलपुरे