साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओई नयाँ बर्ष !

हे नयाँ वर्ष कि एउटा सत्य नेता ल्याइदेऊ, कि मलाई यिनी भन्दा हजार गुणा ढाँटने नेता बनाइ देऊ ।

Nepal Telecom ad

ओई नयाँ बर्ष ! सञ्चै ?
हेर, चुनाव आएर यो पाली त मारामार छ
कोई कोईको त बोली बाराबर छ
म पनि चुनावमा उठ्ने सुर गर्‍या छु
तर ढाँट्ने कसरी अलमलमा पर्‍या छु
पञ्चायतले तीस बर्ष ढाँट्यो
यो भोगतन्त्रले ढाँट्दै आको पनि
झन्नै तेत्तिसै बर्ष नै हुन आँट्यो
कैले यल्ले ढाट्यो कहिले उल्ले ढाँट्यो
ढाँट्दा ढाँट्दा कति पात्रो फाट्यो फाट्यो
अरुको कुरै छाड्न
त्यो भर्खर आको गणतन्त्रले पनि मज्जाले पो ढाँट्यो !

फेरि मतदाता पनि गजबकै
जसले ढाँट्न सक्यो
जसले मुठो बाट्न सक्यो
त्यो मोरा डाँका, हत्यारा भए पनि भोट पायो
बिचरा इमान्दरले त चार बल्ड्याङ नै खायो
खै के जमाना आयो आयो
न विद्वान् कदर छ, न बिज्ञको कदर छ
ढाँट्नेको अगाडि विद्वान् बिज्ञ सब बदर छ
खानी पानी नभा ठाममा पनि
कसेैले पानी जहाज ल्याइदिन्छु भनी सके
कसैले यो देशलाई सुइजरल्यान्ड बनाइ दिन्छु भनी सके
खै आफूले के भनेर ढाँट्नु अब ?
के के आश्वासन बाट्नु अब ?
हैन यो ढाँट्ने कला यिनीहरूले कसरी सिके
म त छक्क परेको नयाँ वर्ष
यस्ता ढाँटसित जनता पनि कसरी बिके ?
गायकले गाली गरे, कविले गाली गरे
कलाकारले गाली, वकिलले गाली गरे
चोर, डाँका, लुटेरा जे गालीले पनि नेतालाई छुन्न
हैन बौद्ध मार्गी परेछन् कि क्या हो !
जल्ले जति भने पनि यिनलाई क्यै हुन्न ।

हे नयाँ वर्ष कि एउटा सत्य नेता ल्याइदेऊ
कि मलाई यिनी भन्दा हजार गुणा ढाँटने नेता बनाइ देऊ ।

हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
भ्यालेन्टाइम्सै मनाइनँ

भ्यालेन्टाइम्सै मनाइनँ

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x