साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई पनि मेयर हुन मन लागेको छ

सडक ठूलो पार्छु भन्न आइहाल्छ फोहर सिनित्त बढार्छु भन्न आइहाल्छ पानी छताछुल्ल हुने गरी ल्याउँछु भन्न आइहाल्छ महङ्गी घटाउँछु भन्न आइहाल्छ ।

Nepal Telecom ad

अरूले कमाएको देखेर
मलाई पनि कमाउन मन लागेको छ
अरूले गाडी चढेको देखेर
मलाई पनि गाडी चढ्न मन लागेको छ
अरूले संसार घुमेको देखेर
मलाई पनि संसार घुम्न मन लागेको छ
अरूले मोजमस्ती गरेको देखेर
मलाई पनि मोजमस्ती गर्न मन लागेको छ
यसपालि जसरी पनि टिकट दिनुहोला
मलाई पनि मेयर हुन मन लागेको छ ।

मलाई पनि भाषण गर्न आइहाल्छ
मुट्ठी उठाएर कसम खान आइहाल्छ
जनताको अगाडि रुन आइहाल्छ
फुलैफूलको शहर बनाउँछु भन्न आइहाल्छ
स्मार्ट सिटी बनाउँछु भन्न आइहाल्छ
सडक ठूलो पार्छु भन्न आइहाल्छ
फोहर सिनित्त बढार्छु भन्न आइहाल्छ
पानी छताछुल्ल हुने गरी ल्याउँछु भन्न आइहाल्छ
महङ्गी घटाउँछु भन्न आइहाल्छ
शिक्षा निशुल्क दिन्छु भन्न आइहाल्छ
शहरलाई धपक्क बाल्छु भन्न आइहाल्छ
आकाशबाट जूनतारा टिपेर ल्याउँछु भन्न आइहाल्छ
मतदाताको अगाडि लम्पसार परेर ढोग्न आइहाल्छ
यसपालि जसरी पनि टिकट दिनुहोला
मलाई पनि मेयर हुन मन लागेको छ ।

कसले चाहिँ के गरेका छन् र !
कसले चाहिँ कसम पुरा गरेका छन् र !
पाँच वर्षमा बल्लबल्ल आउने चुनाव
जनताको कामै भोट हाल्ने हो
अहिले पनि भोट हालिहाल्छन्
मलाई माथि पुर्याइहाल्छन्
अरूले काँचुली फेरेको देखेर
मलाई पनि काँचुली फेर्न मन लागेको छ
अरूले दरवार बनाएको देखेर
मलाई पनि दरवार बनाउन मन लागेको छ
भ्यु टावर बनाउँछु भन्न आइहाल्छ
सभागृह बनाउँछु भन्न आइहाल्छ
रङ्गशाला बनाउँछु भन्न आइहाल्छ
साहित्यलाई जुरुक्क पारेर उठाउँछु भन्न आइहाल्छ
यसपालि जसरी पनि टिकट दिनुहोला
मलाई पनि मेयर हुन मन लागेको छ ।

२०७८ चैत्र ३०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x