साधुराम खड्काआइदे नयाँ बर्ष
नवआगन्तुकहरूमा विश्वास भरेर आइदे नयाँ बर्ष लुट्नसम्म लुटियो देशको अस्मिता आत्मसम्मान फर्काइदे नयाँ बर्ष ।

उत्साह उमंग लिएर मात्र हैन
जोश जाँगर बटुलेर आइदे नयाँ बर्ष
जडौरी नेताहरूमा श्वास भरेर हैन
नवआगन्तुकहरूमा विश्वास भरेर आइदे नयाँ बर्ष
लुट्नसम्म लुटियो देशको अस्मिता
आत्मसम्मान फर्काइदे नयाँ बर्ष
भित्तेपात्रो मात्र फेरिने हैन
युग नै हाँक्ने देशभक्त पठाइदे नयाँ बर्ष
गाँसबास कपासकै छ चिन्ता यहाँ
रोजगारी शिक्षा शुलभ गरिदे नयाँ बर्ष
महँगी महामारीमा गुज्रेकै छन् सबै
शुलभ अमृत बनेर आइदे नयाँ बर्ष
रोग शोक र भोक रहित बनोस्
सबैलाई सत्मार्गमा हिँडाइदे नयाँ बर्ष
चिन्ता र द्वेशको होस् है अन्त
हर्षोल्लासका साथ आइदे नयाँ बर्ष !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































