साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओख्खो नयाँ वर्ष !

सबै सामाजिक सन्जालमा मस्तले छाउनू तर मायाजालमा परेर घरबार बिगार्दै दुनिया नहँसाउनू ।

Nepal Telecom ad

ओख्खो नयाँ वर्ष !
पोहर भन्दा त झन झन च्वाँक बनेर आइछ्यौ
सुरुवाल कुर्ता फालेर
छोटो छोटो त्यो पनि ठाउँ ठाउँमा प्वाल परेको
हाल्फ प्यान्ट पो लाइछ्यौ
कहिले नाइटो देखाउँदै
कहिले साँप्रा देखाउँदै
टिकटकमा खुब छाइछ्यौ
तर जसले जे भने नयाँ बर्ष
छोटो छोटो टिशर्टमा क्या सुहाइछ्यौ !

ल तिमीलाई धेरै धेरै शुभकामना छ
टिकटक, फेस बुक, इन्स्टाग्राम सबैमा छाउनू
अबका दिनमा झन झन च्वाँक भएर आउनू
कहिले डाँडा चड्नु,कहिले रुख चड्नू
फेरि ढाड भाँचिएला तर नलड्नू
पोखरीमा हाम फाल्नू,
खोलामा हाम फाल्नु, मज्जाले भिज्नू
कहिले पिडौँला देखाउँदै
कहिले तिघ्रा देखाउँदै भिडियो खिच्नू
कहिले पाडो झै उफ्रनू, कहिले धामी झै काम्नू
कहिले तल छाम्नु कहिले माथितिर छाम्नू
रातरात भाइरल हुन तातो पन्यूले बुढाको तालु डाम्नू ।

नाच्न आउँदैन भने के भो र ?
कहिले अगाडिको भाग हल्लाउनू
कहिले पछाडिको भाग हल्लाउनू
जसरी हुन्छ टिकटकमा भव्य छाउनू
लुगा फेरी फेरी लाउनू
हाँडी जस्ती काली भए पनि
ब्यूटीपार्लर गएर आफूलाई टिलिक्क चम्काउनू
भियोर बढाउने बोकाहरूलाई आँखा झिम्काउनू
तेल तताएर श्रीमानलाई खुट्टा मिचाउनू
रोएको देखाउन परे पानीले आँखा भिजाउनू
एक दिनमै भाइरल हुनु छ भने
आफ्नो शरीर यताउती छुँदै बसको हर्न बजाउनू
सबै सामाजिक सन्जालमा मस्तले छाउनू
तर मायाजालमा परेर घरबार बिगार्दै दुनिया नहँसाउनू
साठी वर्षे भएर पनि बिस वर्षे ठिटोलाई नफसाउनू
लौ त नयाँ बर्ष यो पाली शुभकामना यत्ती नै भो
अर्को बर्ष आउँदा झन झन च्वाँक भएर आउनू ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x