साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिरिरी प्रित्त ! पिरिरी प्रित्त !

यसरी नेपालमा घरैपिच्छे स्वर्ण पदक ल्याउन सक्ने खेलाडी बनाउन खोज्नु पनि राष्ट्र हितको कुरा हो । पिरिरी प्रित्त ! छुरा हो ।

Nepal Telecom ad

एक पटक ’पिरिरी प्रित्त’ को आवाजले झस्किएको चालक निन्द्रामा घुर्दा पनि तर्सिन्छ । यो उनीहरूकै भनाइ हो, बुझाइ या भोगाई हो ।

होइन के हो यो ? खानेकुरा हो कि टोक्ने चिज हो? तरल, ठोस, वायु आखिर के हो? तरल भए बगाइसक्नुपर्ने, ठोस भए ठोक्किइसक्नुपर्ने, वायु भए गन्हाइसक्नु पर्ने । यो केही नभएर तपाईँलाई कसरत गराउने एक आवाज हो । तर, काखीमा पहेँलपुर पसिना बोक्ने पिटी शिक्षकको सिठीबाट निस्किएको आवाज भने होइन ।

यो आवाज हामीले गरेको फोहोर उठाउन आउने नगरपालिकाको कर्मचारीले निकालेको होइन । यो कर्कश आवाज कसको हो ? जसले मेरो कान पकाइरहेछ । तर, पाके पनि कान म खान सक्दिन । यो आवाज भकुन्डो खेलमा रेफ्रीले फुकेको रोमाञ्चक आवाज पनि होइन । जसले मेरो गिदी भुटिरहेको छ । भुटेपनि गिदी म स्वाद लिन सक्दिन ।

यो आवाजले मलाई साह्रै दुःख दिएको छ । हिँडाएको छ, दौडाएको छ, रन्थनाएको छ, कन्चट तातेर पन्चेट भएको छ । कौशलटारबाट गाडी चढेको म झर्नु पर्ने कोटेश्वरमा झर्न सक्दिन । ‘पिरिरी प्रित्त! पिरिरी प्रित्त’ बजिहाल्छ । यो आवाजसँग सबै त्रसित हुन्छन् । सवारीको चालक र सहचालक बढी आतङ्कित हुन्छन् । ‘चाँडो हिँड चिट काटिन्छ! चाँडो हिँड चिट काटिन्छ !’ भन्दै कहिले चालक कहिले सहचालक कराउँछन् । एक दुई दिन मैले सोचे यो कुनै पार्टीको नारा हो । होइन रहेछ उनीहरूले दिउँसै देखेको तारा रहेछ । हजारको पत्तो जोगाउन उनीहरू हस्याङफस्याङ गर्दै भाग्छन् । आफ्नो बाटो लाग्छन् । त्यो आवाजले उनीहरूको सातो लिएको रहेछ । मानौँ उनीहरू मकै हुन् र तातो भाँडोमा परेका छन् । पट्याङ्ग-पुटुङ्ग । फट्याङ्ग-फुटुङ्ग ।

कोचाकोच गरिएको कुनै गाडीबाट झर्नलाई एक सेकेन्ड समय निर्धारित गरिएको हुन्छ । यो कुरा संविधानमा लेखिएको नलेखिएको भन्ने कुरा चाहिँ थाह छैन । कि त तपाई मिथकीय पात्र (सुपर हिरो) स्पाइडर म्यान, सुपरम्यान, ब्याटम्यान हुनुपर्‍यो या हनुमान हुन पर्‍यो । सामान्य मान्छे एक सेकेन्डमा गाडीबाट झर्न असम्भव नै हुन्छ । हामी उडेर निस्किँदैनौ भनेर पिरिरी प्रित्त! पार्नेले सायद बुझेको हुँदैन । कोटेश्वर झर्नु पर्ने म तीनकुने पुग्छु, जडीबुटी पुग्छु । पहिला पहिला मलाई उनीहरूको कोटेश्वरसँग कुनै व्यक्तिगत दुस्मनी छ झैँ लागेको थियो । तर दुस्मनी नभएर आफू खुसी गर्ने ‘खुस्मनी’ रहेछ ।

सायद उनिहरू सार्वजनिक गाडी कोही नचढोस् भन्ने चाहन्छन् । राम्रै हो सबैको आफ्नै व्यक्तिगत गाडी होस् भनेर सोच्नु पनि, तर एक पित्को कमाइले किन्न सकिँदैन गाडी । यसो सोच्छु कतै उनीहरू हामीलाई स्वस्थ बनाउन त लागि परेका होइनन् ? त्यसैले त होला हिँडाइरहेछन् । हो हो धरो धर्म! बुझेका छन् हाम्रो मर्म !

कि उनीहरू ओलम्पिकको तयारीमा लागेका हुन् ? हामी गाडी चढ्न खोज्छौँ उनीहरू प्रित्त पारिहाल्छन् । हामी दौडिन्छौँ, गाडीले गति कम गर्छ, उनीहरू प्रित्त पारिहाल्छन् । यही पाराले कुनै दिन उनीहरूले हामीलाई पुरै रिङ रोड दौडाउँछन् ।

गाडी- प्रित्त-दौड!!
गाडी- प्रित्त-दौड!!
गाडी- प्रित्त-दौड!!

यसरी नेपालमा घरैपिच्छे स्वर्ण पदक ल्याउन सक्ने खेलाडी बनाउन खोज्नु पनि राष्ट्र हितको कुरा हो । पिरिरी प्रित्त ! छुरा हो ।

प्रदर्शनी मार्गबाट भक्तपुरको गाडी चढ्न रत्नपार्क पुग्न पर्‍यो, कि त पुग्न पर्‍यो माइतीघर । अलिअघि त माइतीघर पनि बबरमहलतिर सरेको थियो । उनीहरूकै खटनमा । बिचमा गाडी रोकिँदैन । तिमीहरूका दुख आफैँसँग राख । भुँडी घटाओ, कुद, दौड । बिसौनीमा चढ्ने र ओर्लने गर्न पाउँदैनौ । दौडी-दौडी चढ तिमी, हाम फालेर ओर्ल । गायब भएछन् भने तिम्रा बङ्गारा उनीहरूको दोष हुँदैन, तिम्रै जोस हुन्छ ।

कहिले ढिलो भइरहेको बेला घण्टौँ पर्खाइदिन्छन् । ‘ढिलो भयो’ भन्दा ‘अर्को गाडीमा जा’ भनेर थर्काइदिन्छन् । यो त एकदिनको कुरा हो, होइन होइन दुई, ए तीन पो त, थुक्क चार ! ए रामै सधैँको कुरा पो रहेछ ।

किन गरेको यसो भन्छु ‘हामीलाई काम गर्न देओ’ भन्छन् । ए हाम्रो दुख तिम्रो काम ? भनेको उनीहरू फन्किन्छन् । रिसाउँछन्, खुसाउँछन् । गल्ती नभए पनि गल्ती निकाल्छन् । चालकको कागजपत्र खोसी गमक्क पर्छन् । अब यात्रुले गाडी फेर्नुपर्छ, अर्को गाडी कुर्नुपर्छ । ढिलो भए होस्, अफिसबाट निकालिए निकालिओस्, परीक्षा सकिए सकियोस् । उसको खटनमा चल्नेपर्छ । चालकको आफ्नै दुःख छदै छन् । बल्ल सुरु हुँदैछन् ।

एक पटक ‘पिरिरी प्रित्त’ को आवाजले झस्किएको चालक निन्द्रामा घुर्दा पनि तर्सिन्छ । यो उनीहरूकै भनाइ हो, बुझाइ या भोगाई हो ।

एउटा चालकले त कवितै कोरिदिए,

सपनामा निलो लुगा,
सेतो पन्जा
र मुखमा सिठी राखेको कोही
किन लखेटिरहन्छ रातभरि मलाई
म जुरुक्क उठेर आफ्नो लाइसेन्स र बिल बुक खोज्न थाल्छु
यो कस्तो आतङ्क हो ?
कसको आतङ्क हो ?
स्टेरिङ समाउने हातहरू लल्याक लुलुक भएका छन्
खुट्टा र ब्रेकको नाता तोडिन लागिसक्यो
अब त कोही धामी जन्मिओस् !

यात्रुहरूको उस्तै दुःख छ, धेर दौडेर, गोडा सुन्निएर भुक्क छ । कि त सार्वजनिक यातायात नै खारेज गर्नुपर्‍यो, कि सर्वसुलभ तरिकाले यात्रा गर्न पाउनुपर्‍यो ।

हिमाल दर्पणबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ब्रह्माजीको पिलो

ब्रह्माजीको पिलो

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
ग्रहहरूको ताण्डव

ग्रहहरूको ताण्डव

सुरज पराजुली
अभिनय

अभिनय

सुरज पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x