साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपथ

आखिर तपाईंको पनि भविष्य युरोप अमेरिका भएपछि यो देशलाई च्याते हुन्छ, चपाए हुन्छ किनकि सपथ खाएपछि, जे खाए पनि हुन्छ ।

Nepal Telecom ad

सवै थोक खानु भन्दा अगाडि
सपथ खानुपर्छ ।
सपथ खाइसकेपछि
जे खाए पनि हुन्छ ।

बग्दै गरेका कोशी गण्डकी
तन्तनी खाए हुन्छ
चुरे चारकोसे पाहाड जङ्गल
सबै चपाए हुन्छ ।
एक लाइन भाषण गर्न
लाखौंको हेलिकप्टर उडाए हुन्छ
एक तुर्को रक्सी प्यून
सयौं मोटर गुडाए हुन्छ ।
हो हजुर !
यहाँ सपथ खाएपछि
जे खाए पनि हुन्छ ।

चोरलाई चौतारो र साधूलाई सूली हुने देशमा
सडकको अलकत्र
मिठो भान्सा बनाए हुन्छ ।
यहाँको पुलको पैसाले
छोरा छोरी बिदेश पढ्न पठाइ
आफूलाई आदर्श नेता जनाए हुन्छ ।
कर्मचारीको सलोट खाए हुन्छ
निर्माणको ढलोट खाए हुन्छ
तमोर कावेली, मादी मस्र्याङ्दी
सवै सवै खाए हुन्छ
यहाँ सपथ खाएपछि
जे खाए पनि हुन्छ ।

भ्रष्टाचारी शर्मा र बर्मालाई
न्यायको सफाई दिलाउन
नगदको लक्कुर खाए हुन्छ ।
सरकारी उद्योगधन्दा समाप्त पारि
स्वदेशी अर्थतन्त्रलाई
उँधै धपाए हुन्छ ।
आखिर तपाईंको पनि भविष्य
युरोप अमेरिका भएपछि
यो देशलाई च्याते हुन्छ, चपाए हुन्छ
किनकि
सपथ खाएपछि, जे खाए पनि हुन्छ ।

ज्वाईंलाई ठेकेदार
भान्जालाई भन्सार जिम्मा लाए हुन्छ
मावली ससुराली आफन्तहरूको
धुनि जगाए हुन्छ
देशभक्तिको देखावटी गीत
सभा समारोहमा गाए हुन्छ ।
हो हजुर !
सवैभन्दा पहिला, सपथ खानुहोस्
सपथ खाएपछि
जे खाए पनि हुन्छ ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x