साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विन्द्या सुब्बालाई देवकुमारी थापा स्मृति सम्मान

कार्यक्रममा दार्जिलिङ सरकारी कलेजका उपप्राध्यापक डा. दिपेन तामाङद्वारा लिखित पुस्तक “देवकुमारी थापाका कथामा बालजीवन“को विमोचन गरिएको थियो ।

Nepal Telecom ad

बबरसिंह-देवकुमारी थापा सेवा गुठीद्वारा हिजो विराटनगरमा आयोजित एक विशेष कार्यक्रममा वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई २०७८ सालको देवकुमारी थापा स्मृति सम्मान र कवि एवम् अनुवादक सुमन पोखरेललाई २०७८ सालको बबरसिंह थापा स्मृति सम्मान प्रदान गरिएको छ । उ

क्त सम्मान प्रमुख अतिथि प्रजातन्त्र सेनानी एवम् समाजसेवी तोरेन्द्रमानसिंह प्रधानले प्रदान गर्नुभएको थियो । देवकुमारी थापा स्मृति सम्मान अन्तर्गत रू. ५१ हजार, सम्मानपत्र र दोसल्ला तथा बबरसिंह थापा स्मृति सम्मान अन्तर्गत रू. २५ हजार, सम्मानपत्र र दोसल्ला रहेको थियो ।

सोही कार्यक्रममा दार्जिलिङ सरकारी कलेजका उपप्राध्यापक डा. दिपेन तामाङद्वारा लिखित पुस्तक “देवकुमारी थापाका कथामा बालजीवन“को विमोचन गरिएको थियो । सो पुस्तक लेखकको पीएचडी शोधप्रबन्धमा आधारित कृति हो । दिपेन तामाङले सोही विषयमा सिक्किम विश्वविद्यालयबाट पीएचडी गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि तोरेन्द्रमानसिंह प्रधानले देवकुमारी थापाको व्यक्तित्वमाथि प्रकाश पार्दै उहाँ महत्वपूणर् बौद्धिक व्यक्तित्ब हुनुहुन्थ्यो भन्नुभयो । वरिष्ठ आख्यानकार विन्द्या सुब्बाले दार्जीलिङका तीन नारी स्रष्टा देवकुमारी थापा, पारिजात र वानीरा गिरि नेपाल आएपछि शून्य भएको स्थान भर्ने काम मात्र आफूले गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा समालोचक प्रमोद प्रधानले विन्द्या सुब्बाको र युवाकवि धीरज राईले सुमन पोखरेलले परिचय र योगदानबारे प्रकाश पार्नुभएको थियो ।

संस्थाका सचिव दिनेश श्रेष्ठले संस्थाको परिचय र उद्देश्यमाथि प्रकाश पार्दै संस्थाबाट आगामी दिनहरूमा अझ महत्वपूणर् काम गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । संस्थाका सभापति कविराज नेउपानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा कवि सुमन पोखरेल र कलाकार विक्रमश्रीले पनि बोल्नुभएको थियो ।

– शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x