साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता आए पो भोट दिने

यहाँ त चुनाव आउँदा नेता भेषमा ठेक्दार आउँछ, गुन्डा तस्कर आउँछ भ्रष्टाचारी, व्यभिचारीको लस्कर आउँछ ।

Nepal Telecom ad

चुनाव आएर मात्र के गर्नु ?
नेता आउनु पर्यो नि नेता
नेता आए पो बिकास आउँछ
गाउँ समाजले निकास पाउछ
यहाँ त नेताको भेषमा चोर आउँछ
ठग, फटाह, घुसखोर आउँछ
नेता त हाम्रो भाग्यमै छैन जस्तो
खाली नेताको रुपमा ढँटुवा आउँछ
काम न काजको लठुवा आउँछ
नेता आए पो हुन्छ
चाकरी गर्ने जुत्ता चटुवा आउँछ ।

यो देशमा नेता भए पो आउँछ
न भाको नेता कसरी आउँछ ?
दूरदराजमा कतै भए पनि
त्यो अगाडि आउन के पाउँछ ?
जसलाई नेता भनेर पठाए पनि
जनतालाई खाली झुक्काउँछ ।

चुनाव आएर मात्र के हुन्छ ?
नेता आउनु पर्छ नेता
नेता आए नीति, बिधि, पद्धति आउँछ
गाउँदेखि शहरसम्म समृद्धि छाउँछ
यहाँ त चुनाव आउँदा नेता भेषमा
ठेक्दार आउँछ, गुन्डा तस्कर आउँछ
भ्रष्टाचारी, व्यभिचारीको लस्कर आउँछ
नेताले टिकट नपाएर यिनले खै कसरी टिकट पाउँछ ?

यो पाली त नेता आयो होला भन्ने ठान्यो
आउँदा धोकेबाज, चालबाज आउँछ
नैतीकहिन, चरित्रहिन छलबाज आउँछ
त्यसलाई भोट हलेर जिताएपछि
यो देशले कहिले सुख शान्ति पाउछ ?
खै कसलाई पो भोट दिने ?
चोर, डाँका, फटाह सब नेता भन्दै आउँछ
जसले राम्रो गर्ला भन्यो त्यसैले धेरै ढुकुटी उठाउँछ ।

हे परमेश्वरी
यसपाली कम्सेकम एउटा नेता त दिलाई देऊ
जनताले पनि नेता चिन्न नसकेको हो कि ?
जनतामा पनि नेता चिन्ने अक्कल मिलाई देऊ ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x