सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेता आए पो भोट दिने

यहाँ त चुनाव आउँदा नेता भेषमा ठेक्दार आउँछ, गुन्डा तस्कर आउँछ भ्रष्टाचारी, व्यभिचारीको लस्कर आउँछ ।

Nepal Telecom ad

चुनाव आएर मात्र के गर्नु ?
नेता आउनु पर्यो नि नेता
नेता आए पो बिकास आउँछ
गाउँ समाजले निकास पाउछ
यहाँ त नेताको भेषमा चोर आउँछ
ठग, फटाह, घुसखोर आउँछ
नेता त हाम्रो भाग्यमै छैन जस्तो
खाली नेताको रुपमा ढँटुवा आउँछ
काम न काजको लठुवा आउँछ
नेता आए पो हुन्छ
चाकरी गर्ने जुत्ता चटुवा आउँछ ।

यो देशमा नेता भए पो आउँछ
न भाको नेता कसरी आउँछ ?
दूरदराजमा कतै भए पनि
त्यो अगाडि आउन के पाउँछ ?
जसलाई नेता भनेर पठाए पनि
जनतालाई खाली झुक्काउँछ ।

चुनाव आएर मात्र के हुन्छ ?
नेता आउनु पर्छ नेता
नेता आए नीति, बिधि, पद्धति आउँछ
गाउँदेखि शहरसम्म समृद्धि छाउँछ
यहाँ त चुनाव आउँदा नेता भेषमा
ठेक्दार आउँछ, गुन्डा तस्कर आउँछ
भ्रष्टाचारी, व्यभिचारीको लस्कर आउँछ
नेताले टिकट नपाएर यिनले खै कसरी टिकट पाउँछ ?

यो पाली त नेता आयो होला भन्ने ठान्यो
आउँदा धोकेबाज, चालबाज आउँछ
नैतीकहिन, चरित्रहिन छलबाज आउँछ
त्यसलाई भोट हलेर जिताएपछि
यो देशले कहिले सुख शान्ति पाउछ ?
खै कसलाई पो भोट दिने ?
चोर, डाँका, फटाह सब नेता भन्दै आउँछ
जसले राम्रो गर्ला भन्यो त्यसैले धेरै ढुकुटी उठाउँछ ।

हे परमेश्वरी
यसपाली कम्सेकम एउटा नेता त दिलाई देऊ
जनताले पनि नेता चिन्न नसकेको हो कि ?
जनतामा पनि नेता चिन्ने अक्कल मिलाई देऊ ।

दाङ, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
नेता

नेता

प्रेम ओली ढकलपुरे