प्रेम ओली ढकलपुरेजुत्ता दिवस
गाई तिहारमा गाईलाई खोजी खोजी माला लगाको जस्तो नेता मन्त्रीलाई खोजीखोजी जुत्ताको माला लगाऔं यो पाली जुत्ता दिवसलाई भव्य रुपमा मनाऔं ।

कहिले लोकतन्त्र दिवस मनाछौं
कहिले शहीद दिवस मनाछौं
अब सिंहदरबार जाऔं
जुत्ता दिवस मनाऔं
झोलाका झोला जुत्ता बोकेर
बोराका बोरा जुत्ता ठोकेर
कोही सिंहदरबारतिर जाऔं
कोही बानेश्वरतिर जाऔं
गोल्छे सार्कीको सम्झनामा
भव्य जुत्ता दिवस मनाऔं
गाई तिहारमा गाईलाई
खोजी खोजी माला लगाको जस्तो
नेता मन्त्रीलाई खोजीखोजी जुत्ताको माला लगाऔं
यो पाली जुत्ता दिवसलाई भव्य रुपमा मनाऔं ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest


































