साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालाँ

जुम्ला चामल छैन पाँचथरमा खै दाल वा तेल खै । तिम्रा यी सरकार तीनहरूमा सद्भावना मेल खै ।।

Nepal Telecom ad

पाल्दैछौ सरकार तीन थरिका भोका र नाङ्गा जुटी ।
बस्थे चोर, दलाल, तस्कर मिली यो देश आफै लुटी ।।
कोशीमा जल छैन पश्चिम दिशा बन्दैछ यो भावर ।
नेता शिष्ट विशिष्ट देख्छु अति नै नेपालमा आखिर ।।

ओबामा जब बस्छ जागिर गरी सन्तानका खातिर ।
नेता बस्छ यहाँ धनार्जन गरी ठाडो लगाई शिर ।।
के होला र विकास यो मुलुकमा नेता हजारौं थरी ।
नातावाद उचालिदो मुलुकमा आफन्त सारा भरी ।।

खाडीमा छ युवा चुहाइ पसिना भोका बने मालिक ।
छोरा भाइ यहाँ सहोदर सबै बन्थे सयौं सालिक ।।
आमाबा सबको छ सालिक यहाँ खै देन केही छ र ।
पानी छैन सुके सबै नगनदी रारा झुकाई भर ।।

यी मुस्ताङ मनाङका विकटता रोजेर बेंसी झर ।
यो सैपाल झुकाउने अपि तिमी सोच्दैछ बारा पर ।।
जुम्ला चामल छैन पाँचथरमा खै दाल वा तेल खै ।
तिम्रा यी सरकार तीनहरूमा सद्भावना मेल खै ।।

पाटन २ सिलंगा, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
नव दास

नव दास

हेमराज पन्त
संघीयता

संघीयता

हेमराज पन्त
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x