साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुरु

घोक्रेठ्याक लगाइएका पागलहरूका प्रश्न गुरु, शिष्य र बाँकी दर्शकका कानमा गुञ्जिरहे । तर विवेक बन्धक भएका विद्वत् गुरु र शिष्यहरूसँग पागलहरूको प्रश्नको उत्तर भने थिएन ।

Nepal Telecom ad

गुरु पूर्णिमाको दिन । गुरुहरूलाई भोजन, सम्मान र गुरुको गुणगान गाउने कार्यक्रम अयोजना गरिएको थियो । गुरु, शिष्य र केही दर्शक जम्मा भएका थिए । गुरुको महिमा सुरु भयो ।

उदघोषकले बोल्न सुरु गर्यो- “गुरु भनेका हाम्रो जीवनको अँध्यारो हटाउने हुन् । ‘गु’ को अर्थ हुन्छ अज्ञान वा अँध्यारो र ‘रु’ को अर्थ हुन्छ हटाउनु । गुरुले नै हाम्रो अज्ञानतालाई हटाएर हाम्रो जीवनलाई अँध्यारोबाट उज्यालोतर्फ पुर्याएका हुन् । गुरु नभएको भए आज हामी पनि अन्धकारमा हुन्थ्यौँ । आज हामी जहाँ छौँ त्यो गुरुकै कारण छौँ । गुरुसँग अथाह ज्ञान छ । संसारमा जति पनि ठूलाठूला डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी, वुद्धिजीवी, दार्शनिक, कलाकार, साहित्यकार भएका छन् ती सबै गुरुकै कारण भएका छन् । त्यसैले आज हामी यहाँ गुरुको सम्मानका लागि उपस्थित भएका छौँ ।”
ताली बज्यो । गुरुहरूको अनुहारमा मन्द मुस्कान देखियो ।

कार्यक्रम सञ्चालकले एकपछि अर्को गर्दै वक्ताहरूलाई गुरुमहिमा गाउन बोलाइरहेका थिए । वक्ताको वाणी चलिरहेको थियो । दर्शकदीर्घाबाट एक जना फाटेको लुगा लगाएको मान्छे जुरुक्क उठेर बोल्न थाल्यो ः
“आयोजक महोदय, मैले पनि गुरुसँग नै शिक्षा लिएको हुँ । एउटै गुरुले पढाएको मसँगैको साथी इन्जिनियर भयो । उसको जीवन त उज्यालो भयो । तर त्यही गुरुले पढाएको म चाहिँ मजदूर नै छु । गुरुले हाम्रो जीवन उज्यालो बनाउने भए मेरो जीवन किन उज्यालो भएन । कि गुरु पक्षपाती हुनुहुन्छ ?”

अर्को बोल्यो- “मसँगै पढेको साथी शहरको ठूलो अस्पतालमा नाम चलेको डाक्टर छ । म चाहिँ कसरी त्यही अस्पतालको परिचर हुन पुगेँ उदघोषक महोदय ? कि एउटै गुरुले कसैलाई माथि लान्छन्, कसैलाई तल झार्छन् ?”
तेस्रो युवा बोल्यो- “गुरुका कारण नै सबै हुने भए संसारका खराब मान्छेका गुरु पनि खराबै थिए कि ? खराब खराब पढ्ने र पढाउने छुट्टै विश्वविद्यालय र त्यहाँ छुट्टै गुरुहरूको व्यवस्था गरिएको हुन्छ ?”

कुरा सुनिरहेको एक अधवैँशे बोल्न अगाडि सर्यो- “सुकरातका गुरु को थिए ? यदि सुकरातका पनि गुरु अरु कोही थिए भने ती गुरुका गुरु चाहिँ को थिए ? आइन्सटाइन, न्यूटन, चार्ल्स डार्विन, कार्ल माक्र्स र फ्रायडका गुरु को को थिए ? किन दुनियाँले ती महान शिष्यका गुरुहरूको नाम जान्दैन ? गान्धी र मदर टेरेसाहरू कुन गुरुका उपज हुन् ? हिटलर, मुसुलोनी र विन लादेनहरूलाई कुन गुरुले नरसंहारको शिक्षा दिएका हुन् ? यी सबका गुरु थिए भने पक्कै आआफ्ना शिष्य भन्दा काबिल थिए होलान् ?”
उत्तर कोहीसँग थिएन । सभा सुनसान थियो ।

अनुभवले खारिएको एक वृद्ध दर्शक दीर्घाबाट आएका कुरा ध्यानपूर्वक सुनिरहेका थिए । उनी अगाडि गएर बोल्न थाले- “हरेक मान्छेको सच्चा गुरु आफू स्वयम् हो । को मान्छे के बन्ने ऊ स्वयमका कारण मात्र बन्न सक्छ । त्यसैले पूजा गर्छौै आफैँलाई गर, घृणा गर्ने भए पनि आफैँलाई गर । प्रशंसा गछौँ वा गाली त्यो स्वयमलाई गर । तिम्रो जीवनको सफलता र असफलता तिमीसँगै छ । त्यसैले तिम्रो प्रतिस्पर्धा तिमी आफैँसँग गर । किन कि तिम्रो गुरु, चेला, प्रतिपर्धी, भाग्य जे हौ सबै तिमी स्वयम् नै हौ ।”

वृद्धको कुरा आयोजकलाई त्यति जँचेन । कार्यक्रमको सभाध्यक्षले सभासनबाट जुरुक्क उठेर आदेश दियो- “गुरु पूणर्िमाको यस पावन अवसरमा गुरुविरुद्ध विष वमन गर्ने यस्ता पागलहरूलाई घोक्रेठ्याक लगाएर तुरुन्तै यस सभाबाट बाहिर निकालिहाल ।”

दुई जना आज्ञाकारी शिष्य सभाध्यक्षको आदेश तामेल गर्न दौडिए । गुरु विरुद्ध आगो ओकल्नेलाई घोक्रेठ्याक लगाइहाले ।

गुरु पूर्णिमाको कार्यक्रम निरन्तर चलिरह्यो ।
घोक्रेठ्याक लगाइएका पागलहरूका प्रश्न गुरु, शिष्य र बाँकी दर्शकका कानमा गुञ्जिरहे । तर विवेक बन्धक भएका विद्वत् गुरु र शिष्यहरूसँग पागलहरूको प्रश्नको उत्तर भने थिएन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x