प्रेम ओली ढकलपुरेक्यालेन्डर
त्यो बेलाका क्यालेन्डर पनि कस्ता नि ! कोही फर्सी जस्ता गोला कोही करेला जस्ता चुच्चा कोही घिरौंला जस्ता टेडा कोही गोल्भेडा जस्ता बुच्चा अहिलेका क्यालेन्डर त चिटिक्क परेका छापिन्छन् ।

पहिले थोरै फ्याक्टरी भएर होला
क्यालेन्डर धेरै धेरै छापिन्थे
अहिले फ्याक्टरी धेरै भएर होला
क्यालेन्डर थोर थोरै छापिन्छन् ।
कुनै फ्याक्टरीले तीन्टा छाप्छन्
कसैले दुईटा छाप्छन्
कुनैले त एउटा मात्र छाप्छन्
प्रतिस्पर्धी बजार भएर हो कि
कागज मसीको भाउ बढेर हो
कागज नपुगेर हो कि मसी सुकेर हो
खै किन किन सिमित मात्र छाप्छन् !
पहिले पहिले त क्यालेन्डर
बाह्र महिनाको बाह्रै पत्ता छाप्थे
अहिले त
एउटै पत्तामा बाह्र महिना अटाउँछन्
चाड पर्व अटाएनन् भने
बरु दुईचार वटा चाड पर्वै हटाउँछन्
पहिले राम्रो डिजाइनर नभएर हो कि
राम्रो छापाखाना नभएर हो
क्यालेन्डर पनि कोही लतरपतर छापिन्थे
कोही ध्वाँसे मोसे छापिन्थे
त्यो बेलाका क्यालेन्डर पनि कस्ता नि !
कोही फर्सी जस्ता गोला
कोही करेला जस्ता चुच्चा
कोही घिरौंला जस्ता टेडा
कोही गोल्भेडा जस्ता बुच्चा
अहिलेका क्यालेन्डर त चिटिक्क परेका छापिन्छन्
छाप्दा पनि क्यालेन्डरमा
सन्नी लियोनका फोटो हालेर छापिन्छन् ।
अहिलेका क्यालेन्डर त आँफै मार्केट खोज्छन्
कस्तो मोडेल राख्ने त्यो पनि आफै रोज्छन् ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest

































