साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तब कविता लेखिन्छ ?

बाटो छेकेर सिउँडी काँडाहरू, जब गर्न थाल्छन् अट्टहास-, धर्मराउन थाल्छ- मानिसको विश्वास, हो, तब कविता लेखिन्छ ।

Nepal Telecom ad

मनका आवेगहरूको प्रवाह,
किंचित न गरेर परवाह,
बग्न थाल्छ कागतको धरातलमा,
हो, तब कविता लेखिन्छ ।

भावनाले जब सहन सक्दैन,
अन्तरमा जन्मिरहेका अनन्त,
विचारहरूको प्रसव पीडा
हो, तब कविता लेखिन्छ ।

मुटुले थाम्न नसकेर स्पन्दनहरू,
उच्छ्वासित भै हुन्छन् मूर्तिमान,
शब्द-शब्द स्वयं बन्छन् समाधान,
हो, तब कविता लेखिन्छ ।

सृष्टिको अनुपम सौन्दर्य सामु,
ज्ञान र बुद्धिले गर्छ समर्पण,
अक्षर-अक्षरमा भाव गर्छ नर्तन,
हो, तब कविता लेखिन्छ ।

जब असह्य हुन थाल्छ निष्ठुरता,
अनाहक हावी हुन थाल्छ
विचारमाथि निरंकुशता
हो, तब कविता लेखिन्छ ।

आगोले बिर्सन थाल्छ तापशक्ति,
चापलुस चरणहरूको थाल्छ गर्न भक्ति,
विचारधारा पर्खेर बसेको हुन्छ ज्ञानवृष्टि,
हो, तब कविता लेखिन्छ ।

अनुभूतिलाई दिनुपर्ने हुन्छ अभिव्यक्ति,
जब व्यक्ति स्वयं हुन खोज्छ समष्टि
कला र भावमाथि हुन्छ उसको दृष्टि
हो, तब कविता लेखिन्छ ।

बाटो छेकेर सिउँडी काँडाहरू,
जब गर्न थाल्छन् अट्टहास-,
धर्मराउन थाल्छ- मानिसको विश्वास,
हो, तब कविता लेखिन्छ ।

विराटगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x