साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्न

‘अपराध गर्ने हामी चैँ जिउँदा रहने । संसारमा पैदा भएको विष खाएर पर्यावरण सन्तुलन पारी हाम्रो सुरक्षा गर्ने चैँ मारिने । यो कस्तो फैसला हो ?’

Nepal Telecom ad

‘मार्, मार् । त्यस साँढेलाई खुत्रुक्कै पार् । होसियारसाथ है ठाहिँला ।’ गोकुल्ले बुढाले टोलै थर्कने गरी कराए ।
‘आज बुढा किन सुरिएछन्’ भन्दै चारैतिरबाट मानिसहरू हाँपझाप गर्दै भेला भए ।
‘यस साँढेको पितृ बुझाउन यै ठाहिँलो काफी थियो । तिमरूले किन दुःख पाका ?’

गोकुल्लेको यस सवालको जवाफ दिँदै पर्वते काकाले भने; ‘बाजेले आज कट्टु नै बर्बाद हुने गरी किन छेर्न थाले भनेर हामी आका ।’

उपस्थित सबै गलल्ल हाँसे । गोकुल्ले मजाकको पात्र ठहरिए । ठाहिँलो भने होसियारीका साथ झ्यासझुस कोट्याइरहेको थियो ।
‘बाजेको साँढे झ्यासमा छ ?’ विकासले प्रश्न गर्‍यो ।
‘हो ।’ मुन्टो हल्लायो ठाहिँलाले ।
ठाहिँलोलाई समेत कार्टुन बनाए उपस्थित मान्छेहरूले ।

‘तिमरू जे भन । मेरो वुवाको मृत्युलाई म मृत्यु नै दिन्छु ।’ यस पाला ठाहिँलो झन् राँकियो ।
उत्तिखेरै झ्यासबाट गोमन सर्प अतालिँदै निस्कियो । हत्तपत्त ठाहिँलोले झट्टी प्रहार गर्‍यो । टाढाबाट भएकोले सर्पलाई लागेन । सर्प मलखाडीको झ्यासम्यासमा हरायो ।

विकासले ठाहिँलाको हातबाट लाठी खोस्यो र ठाहिँलालाई सर्प पसेतिरै हुत्याइदियो । ठाहिँलो क्रोधले आगो भयो । भन्यो; ‘त्यसले बाबुलाई मार्‍यो । मलाई पनि मारोस् भनेर हुत्याउँछन् विकासे ?’

‘हैन, निहत्था सर्पसँग तँ हतियार लिएर युद्ध गर्न गएकोले…..!’ विकास प्रष्ट्यो ।
‘मार्नु त पर्छ नै ।’ गोकुल्ले सुरिए ।

‘अपराध गर्ने हामी चैँ जिउँदा रहने । संसारमा पैदा भएको विष खाएर पर्यावरण सन्तुलन पारी हाम्रो सुरक्षा गर्ने चैँ मारिने । यो कस्तो फैसला हो ?’

२०७९-०४-१७ नागपूजा, सिद्धार्थटोल, उदयपुर

हाल- सिर्जनाकुटी, सिरहा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x