रुद्र खरेलनिबन्ध विधामा ‘पिँडालीका निबन्ध’ले उठाएका प्रश्न
एउटा स्थापित परंपराको दृष्टिले पिँडालीका निबन्ध नियाल्दा अग्रगामिताका संभावनाको अन्वेषण गर्दा कुन कुरा स्पष्टसँग भन्न सकिन्छ भने पिँडाली प्रायः असामान्य वा अप्रतिनिधि पात्र, परिवेश र घटनाको चयन गर्छन् ।

व्यंग्य भन्नाले विशिष्ट शैली र हास्य भन्नाले रस विशेष बुझिन्छ । व्यंग्यार्थ प्रधान बनेको खास किसिमको शैली र त्यसमा हास्यरसको संयुक्तता समत भएको रचना विशेषलाई मोटो रूपमा हास्यव्यंग्य भनिन्छ । हास्यव्यंग्य आफैमा कुनै स्वतन्त्र विधा होइन । नाटक, कविता, कथा र उपन्याससमेत हास्य-व्यंग्यात्मक हुनसक्छन् र त्यस्ता कृति नेपाली साहित्यमा छन् पनि । व्यंग्य हास्यसँग संयुक्त र वियुक्त जे पनि हुनसक्छ । तसर्थ हास्यकार, व्यंग्यकार वा हास्यव्यङ्ग्यकार निम्ति निबन्ध विधा नै अपरिहार्य छ भन्न मिल्दैन । त्यस्तै, निबन्धकार, हास्यव्यंग्यकारसमेत हो भने दुवै आयामहरूबाट पर्गेल्नु पनि आवश्यक हुन्छ । निबन्धकार पिँडालीका हकमा यी दुवै कुराहरू उत्तिकै महत्वपूर्ण छन् । पिंडालीका निबन्धमा विधागत सीमा र संयमको प्रश्न महत्वपूर्ण छ ।
कुनैलाई कथा र कुनैलाई नाटक भनी विधागत चिनारीको लालमोहर छाप लगाई साहित्यिक पत्रिकाहरूमा श्रष्टाको आफ्नो तोक बमोजिम संपादकहरूले दिएको तथ्यसँग हामी परिचित छौं । शिरव्यहोरा जेसुकै भए पनि कतिपय रचनाको अन्तर्वस्तु र संरचना पक्ष मसिनोसँग केलाउँदा परिणाम ठीक उल्टो दहने स्थिति विद्यमान छ । तथ्यले देखाएको कुरा स्वीकार्ने हो भने नाटक भनिएको रचनामा नाटकीयताको प्रभाव देखिन्छ । के सपाट घटना र संवादहरूले नाटकको विधागत गहनता थाम्न सक्लान् र ? यही थाम्न नसकेर पनि हुनसक्छ, मनका दृष्टिले नेपाली नाटकहरूमा उध्र्वगामिता अपेक्षितरूपमा देखिएन । नाटक भनिएको रचना अनाटक र कथा वा अनाटक भनिएको रचनामा नाटकीय तत्त्वको विद्यमानताले गर्दा नाटक ठहरिने र मञ्चन गर्न सकिने स्थिति विद्यमान छ । संपादक र लेखकको विधागत भिन्नतासम्बन्धी ज्ञानलाई सैद्धान्तिक कठिन पर्दैन ।
नाटक र कथाको तात्विक भिन्नता छुट्याउन पिंडालीका निबन्धका कुनै पनि सुयोग्य पाठकको चेतनामा विधागत परिभाषा र परिसीमाको स्पष्टता नदेखिएको अनुभव हुन्छ । पिंडाली.का निबन्ध भनिएका जति सबै रचना वास्तवमा निबन्ध हुन् । यो विधागत सीमा र संयमसम्बन्धी सैद्धान्तिक प्रश्न अरूहरूका हकमा समेत महत्त्वपूणर् छ । उत्तर सजिलो छैन र यसबारे छलफलको प्रस्तावसम्म राख्नसकिन्छ । विधान तुलनामा केही उपेक्षित रहेको निबन्ध विधाले वर्तमान समयमा केही गति पाइरहेछ र यसमा ऊर्ध्वगामिता प्रदान गर्न र समसामयिक निवन्ध, पनि व्यंग्यात्मक वा हास्यव्यंग्यात्मक निबन्धमा नयाँ आयाम दिन एउटा पूर्व परंपराकै रूपमा स्थापित पिंडालीका निवन्धहरूका प्रवृत्तिसँग सुपरिचित हुन आवश्यक छ । यस दृष्टिले पिंडालीका निकैजसो निबन्धमा कथानक, चरित्र र संवाद पाइन्छ । यी तत्त्वहरू कथा र नाटकका निम्ति अनिवार्य मानिन्छन् । तसर्थ, कथा र निबन्ध छुट्टिने सैद्धान्तिक सीमारेखाको विद्यमानता सौन्दर्यशास्त्रले स्पष्ट गर्छ कि गर्दैन ? यो गुरुतर प्रश्न हाम्रा मुखेन्जी देखा पर्दछ । यस गंभीर र संवेदनशील प्रश्नको औचित्य स्वीकार्ने केवल लेखक कै तजबिजीमा जटिलतालाई सरलतामा बुझ्ने प्रयत्न गर्यो भने कतिपय यस्ता अवस्थाहरू पनि देखा पर्न सक्दछन् जसमा असफल कथा निबन्धको विधागत व्यहोरामा देख्नसक्छ । यस अवस्थामा निबन्धप्रति न्याय-अन्याय के भयो ? अर्को प्रश्न ठडिनसक्छ । असफल कथा हुत्याउने रद्दीको टोकरी जस्तो निबन्ध विधा हुन सक्छ । निबन्धलाई विकासक्रमको स्वतन्त्र इतिहासका कारणले र संरचना तथा उद्देश्यगत कारणले नै विधाका रूपमा मान्यता दिएको हो, अन्य विधामा असफल हुन खोजेका रचना खाँदखुद गर्ने भाँडो चाहिँ यो अवश्य होइन ।
हो, निबन्धमा कवितात्मकता अन्तर्निहित हुनसक्छ । केही हास्यव्यङ्ग्यात्मक निबन्धमहरूमा त छन्दोबद्ध कविता नै बीचबीचमा राखिएको देखिन्छ । तापनि ती अंशहरू समग्रमा हेर्दा निबन्धकै अविच्छेद्य घटकका रूपमा देखिएका छन् । नाटकीयता र कथात्मकताको उपस्थितिको कारणले मात्र वास्तवमां कुनै निबन्ध निबन्ध भइहाल्दैन । केवल कुन कुरालाई मसिनोसँग हेरिनुपर्दछ ती तत्वहरू टाँसिएका छन् वा समग्रको निर्माणकारी अविभाज्यको गंभीरता प्रस्तुत गर्ने प्रयास गरेको हो वा यिनको विपरीतता, विद्रुपता भएर आएका छन् ? त्यस्तै रचनाकारले चरित्रको बहुआयामिक नीतिको प्रतिविम्बन गर्दै जीवनबोध व्यञ्जित गर्न खोजेको हो, बुझ्नु आवश्यक हुन्छ । पक्ष र परिवेश या त विधागत व्यापकतामा शंका गर्ने ठाउँ छैन । या चरित्र र परिवेशलाई आधार मानी लेखिएका फुटकर कविता एकातिर छन् अथवा काव्यको स्थान र प्रति आफ्ना ठाउँमा छ । निबन्धकारले पनि थी तत्वको अवलम्बन गर्नु स्वाभाविक होइन । हिन्दी साहित्यका सुपरिचत हास्य-व्यङ्ग्यकार हरिशंकर प्रसाई र शरद जोशीका निबन्धमा पनि पात्र, परिवेश, घटना र कथानक अवश्य पाइन्छ ।
चिनियाँ साहित्यमा ल्यु सुनका निबन्धमा पनि कथा र नाटकमा समेत हुने निबन्धका यी घटकहरूको विद्यमानता देखिन्छ । फरक के छ भने यी ठूला साहित्यकारहरू एक त प्रतिनिधि घटना, पात र परिवेशको अन्वेषण गर्छन् दोस्रो ती घटकहरू बाफैमा साध्य छैनन् । सान्दर्भिक रुपमा यस्ता तत्त्वको विद्यमानता देखिए पनि लु सुन र प्रसाईहरू साध्य होइन, यिनलाई साधन वा माध्यम बनाएर विचार वा सत्य सजीव रूपमा प्रस्तुत गर्दछन् । भैरव अर्याल र हाल निवन्धक्षेत्रमा आएका कथाकार खगेन्द्र संग्रौलामा समेत यही तथ्य देखा परेको छ । एउटा स्थापित परंपराको दृष्टिले पिंडालीका निबन्ध नियाल्दा अग्रगामिताका संभावनाको अन्वेषण गर्दा कुन कुरा स्पष्टसँग भन्न सकिन्छ भने पिडाली प्रायः असामान्य वा अप्रतिनिधि पात्र, परिवेश र घटनाको चयन गर्छन् र स्वाभाविकताको ठाउँमा सांयोगिकतामा उभिन खोज्छन् । त्यति मात्र होइन, पिंडाली सतहमाथिको मोहोर, कुरूपता र झूटा कुराको युरोलाई प्रतिबिम्बित त गर्छन् तर त्यसका जरामा स्वविहिन सत्य अन्वेषण गर्ने जस्तो व्यङ्ग्यकार जटिलतम दायित्व वहन गर्नेतर्फ अग्रता देखाउँदैनन् । कतिसम्म भने उनका केही निबन्ध लक्ष्यहीन हाँसोमा सीमित भएका छन् । लेखकले साहित्यलाई मनोरञ्जन सामग्री मात्र ठानिदिनाले यसो भएको हुनसक्छ । यसै बिन्दुमा पुगेपछि पिडाली उनका समकालीन निवन्धकार श्यामप्रसाद शर्मा, गोविन्द भट्ट, भैरव अर्याल, कृष्ण भन्दा पनि देब्रै बाटो समात्छन् । कथानक, पात्र र परिवेशको एकातिर संयोजन गर्न र अर्कातिर त्यस संयोजनलाई व्यापक र द्वन्द्वात्मक जीवनबोध र दृष्टिको न्यूनताको कारणले बल्लो घाट न पल्लो तीरकै अवस्थामा छोड्नाले विधागत दृष्टिमा समष्टिमा निबन्ध वा कथा के हो ? पाठकलाई छुट्याउन कठिन पर्नु नेपालीका विधाको संवेदनशील र कमजोर पक्ष हो ।
निबन्धको आयतनका कारणले होइन, अन्य विधाका संरक्षक तत्व अन्वेशका कारणले नै साहित्यका अन्य विधाका सापेक्षमा निबन्धलाई बस्ने ठाउँ प्रशस्त रहन्छ । राजकीय सोनाको व्यापारको सफलता यो जुन हदसम्म निर्भर गर्दछ । के हो भन्ने प्रश्न उभिनु स्वाभाविक हो । कथानकको क्षीणताले गर्दा यसतो हुन्छ । त्यही निबन्धको हदको प्रतिक्रमण हुनासाथ निबन्ध अनिवन्धकातिर उन्मुख भएको र घटनाको न्यूनताबाट उत्पन्न खाडललाई जीवनबोधले पुर्न खोजिएको परिप्रेक्ष्यमा घटनाहरू जति निबन्धमा फ्याँकिदिनु कतिको उपयुक्त होला, विचारणीय छ ।
पिंडाली भन्नाले व्यक्ति मात्र होइन, एउटा स्थापित परंपरा पनि हो । तसर्थ, यसका योगदान पनि छन्, कमी कमजोरी पनि छन् । अनिवार्यरूपमा सहनी गर्नु वा त्यसको ठीक उल्टो गर्नु समीक्षकीय अनाचार हो । यसउसले, निबन्धको अध्ययनबाट उठ्नसक्ने प्रश्नहरू पनि मुख्य गरेर एउटा परंपराप्रति लक्षित छन् । परंपरा र वर्तमान अवस्थाको मनासिब मूल्याङ्कनविना निबन्ध विधाको भविष्य निर्क्याैल्न संभव छैन । त्यही आशयका साथ निबन्ध बारे छलफल भइरहनु आवश्यक देखिन्छ ।
‘उन्नयन’ पिँडाली विशेषाङ्क (२०५०)
Subscribe
Login
0 Comments
Oldest






































