साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिल्टुवाहरुको भिडमा उभिँदा

त्यस दिन उनले अरूका बारे एउटा गजबको टिपोट गरे- 'हेर्नोस् न नेपालका बुद्धिजीवीहरूको हालत । म पुग्दा ओर्दा त बजियाहरूले अघि नै एक-एक कप कफी सुइँक्याई सकेका । यसो भएपछि यो देशको कसरी प्रगति हुन्छ ?'

Nepal Telecom ad

रूद्र खरेल :

जो चोर उसैको ठूलो स्वर भनेझैं हाम्रो समाजको बनोटले नै कामचोरहरूलाई इज्जत दिइरहेको छ । त्यसमा पनि वर्षमा मुस्किलले चार-पाँच महिना मात्र हामी काम गर्दछौँ । उद्योगधन्दा र अरू कामका विकल्पहरू नभएकाले अल्लारिएर हिँड्नु हाम्रा लागि बाध्यता भएको छ । त्यसमा पनि लोग्नेमान्छेहरूमा सुके लुतो, पुरानो दाद र बिल्टुवापन मध्ये कुनै न कुनै एउटा रोग अवश्य पाइन्छ । तीनवटै गुणहरूको तिर्षेनी एउटैमा पाइए त्यो त झन् बत्तीस लच्छिनले युक्त नै भइहाल्यो ।

हाम्रो समाजमा कामको ठूलो बोझ स्वास्नीमान्छेमा हुन्छ । तासजुवा नारेर, अर्काकी तरुनी छोरी, बुहारी र स्वास्नीसँग आँखा लडाउन खोजेर, झम्के झोलले दिल्ल भएर, अरूका कुरा काटेर, साँढेझै हुक्कों गर्दै माटाको ढिस्कोमा सिङ उद्याएर अथवा आफ्‌नै महात्म्य कथुऱ्याएर दिन काट्‌नेहरूको हाम्रो समाजमा साँच्चि नै ठूलो बगालः छ । समय आलुभन्दा पनि सस्तो छ । हामीसँग कामचोरहरू, डुकुलन्ठडहरू इमानदार पसिनाजीवी मानिसमा भेद गर्ने स्पष्ट मापदण्ड नै छैन । लफङ्गापनको सुँगुरेझार हलक्क बढ्नुमा यी र यस्तै अरू कारणहरूको ठूलो हात छ ।

लफ‌ङ्गागिरीको परिचय पस्किन टाढा जानु पर्दैन । छँदाखाँदाको आफ्‌नो सिट छोडी बसको छतमा बसेर हाहा र हुहु गर्दै लाहान, चन्द्रनिगाहपुर र पथलैया थर्काउँदै हेटौंडा वा नारायणघाट हुँइकिएका तिघेहरूलाई हेरे पुग्छ । कतिले त अझ बाहुनपोको (पोके रक्सी) चढाएर रात्री बसको छतमा ह्वाल्ल ह्वाल्ल छादिरहेका हुन्छन् । उनीहरूका लागि शौचालय मात्र होइन, भोजनालय पनि त्यही बसको छत हो । छतमा राखेका सोझा यात्रीहरूका मगमग बासना आउने मालभोग केरा, पहलपुर पाकेका मेवा, मालदह आँप, काँचो आँपको घुटुक्क थुक निलाउने च्वाँक अचार, ताजा घिउ र महका सिसीहरू, ज्वाईंलाई मान गरेर काठमाडौं पठाइएको तारेको असला माछा र लौकाटको मासुको अचार, झापाली लोकल कुखुराको सेकुवा उनीहरूलाई जिउतारका लागि छतमै उपलब्ध छन् । यसको छतमा जस्तो गंजमान मोज त पहिलोचोटि ससुराली जाने जेठो ज्वाईंले पनि पाउँदैन । मित्याईमा पाए तीन माना चुक घिच्न पछि नपर्नेलाई यस्तो चौरासी व्यञ्जन जुरेपछि के चाहियो श्रमा त्यसमाथि सुंद्र-सुंद्र चिसो हावा र साइसाइ र सुइसुइको मजा लिन पाइन्छ । जिन्दगी साँच्चि नै रमाइलो छ । मनभित्रको आनन्दको बाढीसँगै बसको सत्तरी किलो मिटरको गतिलाई उछिन्दै हरेकका ओठबाट क्यासेटको गीत पोखिन्छ,

तु चीज बढी है मस्त मस्त
तु चीज बढी है मस्त मस्त
नहीं तुझको कोइ होश होश
तुझपर जीवनका जोश जोश
तु चीज बढ़ी है मस्त मस्त ।

भन्नोस् त यस्तो दिव्य आनन्द लागि दुर्घटना र मृत्युको खतरा मोल्न जमादार गजे घलेहरूका सन्तान किन पछि सर्ने ? त्यसमा पनि हामी पन्यौं पुर्पुरोमा विश्वास गर्ने । हामीले इच्छाउँदैमा भावीले लेखेको कुरो टर्ने पनि त होइन ।

एकजना पाँचथरे बेपारी भाइले असनका साहुलाई बेच्न भनेर एक बोरा छुर्पी ताप्लेजुङबाट लेराएछन् । काठमाडौं आइपुगिएपछि बोरा झिक्दा त गठि। छुर्पी त आधा पो चिलिम भएछ । छुर्पी कसले खायो? त्यस रात संजोगले बसको छतमा कोही पनि चढेका थिएनन् । चटकेले जस्तो अन्डा गायब गर्ने खेल पुलिसहरूले खेलेछन् । चेकपोस्टै पिच्छे दुईचार लाप्सा लुँड्याएपछि आधा बोरा छुर्पी किन नसिद्धियोस् । बिचराको बेपारै डुब्यो। यस घटनाले मेरो दिमांगमा बुर्कुसी मारेपछि भारतीय व्यङ्ग्यकार हरिशंकर परसाईको एउटा निबन्धको सम्झना हुन्छ मलाई । उखुका लाँक्रा मरिकुस्ती बोकेर बेच्न हिँडेका किसानका थाप्लामा हुलचालको निहुँमा पुलिसले निर्मम लाठी बजार्छ । किसानहरू उखु छोडेर भागभाग गर्छन् । उखुका लाँक्रा टेक्दै चर्को घाममा जुंगामुठे पुलिसहरू मन्ऱ्याङ-मऱ्याड ग्याँवरा उखु चपाउँछन् विजयको उल्लाससँगै । किराको परीक्षण गर्न आएका विशेषज्ञहरूले गरिब किसानका काँचा चना जिपभरि लादेर टाप ठोकेको दृष्टान्त शरद जोशीको ‘जिपपर स्वार इल्लिया’ निबन्धमा पाइन्छ । नेपाली तथा भारतीय पुलिस र कर्मचारीहरूको मञ्चमा तात्त्विक अन्तर केही छैन, दुवै उत्तिकै लुटेरा।

भारतमाऔ नेपालमा पनि पुलिसले तिनै हातहरूलाई ताकी ताकी लाठी बर्साउँछ, जुन हातमा दामी घडी र सुनका औंठीहरू छन् । सुनको सिक्री, पैसाको ब्याग र विदेशी जुत्तादेखि लिएर बाटा कम्पनीका चप्पलका लागि समेत आतंकवादका नाउँमा प्रहरीले गरेका लाठी चार्ज, गोली चार्ज र लखेटालखेटका दृश्यहरू मेरा आँखा अघिल्तिर झलझली आउँछन । गाउँमा त कुखुराको भाले र खसीमाथि मात्र होइन, छोरी चेलीको तरुन्याईमाथि समेत तिनले गिद्धे आँखा गाढेका खबरहरू मैले केही पढेको छु । छ्यालीसपछि यो सिलसिला झनै बढेको छ । अन्धा अपाङ्ग र आइमाइहरूको जुलुसमा लाठी वर्मागर प्रहरीले आफ्‌नो
एकपटक फुटपाथ पेगारीहरूका मोजा, च्याप, घडी र मालभोग केरा मेरै अधा अधितिर नगरप्रहरीले सया, कानून तेर्स्याएर । म्यानमा लुटेको नयाप साएर मुमुमुगामुळे नगरप्रहरी गालभोग केरा घिसिरहेको थियो । मैले त्यस पीडित व्यक्तिलाई भनें ‘के हेरिरहनुभएको ? जानोस् न आफ्ना ल्टिएका गालभोग केरा फर्काउन ।’ उससे दिगदारीका साथ भन्यो, ‘के गर्नु हजुर, पचास रूपियाँका केरा छन्, लिन गयो भने नगरप्रहरीले दुई सय रूपियाँ जरिवाना गर्छ, त्यो पनि एक-दुई काइँयाे मात्रै फिर्ता हुन्छ । बरू बजियाले लुँड्याएको टुलुटुलु हेरेर बस्दा डेढ सय फाइदा हुन्छ । आफ्‌ना केरा लुटिँदा पनि डेढ सय रूपियाँ फाइदा । क्या गजबको गणित ।

आफ्नो श्रम नहालीकन, अरूका आँप, केरा, छुर्पी, उखु, अचार, घिउ, तारेका माछा, सेकुवा आदि जेसुकै खाए पनि समाजले त्यस्ताहरूको सामूहिक बदख्वाई गर्दैन । तिनीहरूले पटक्कै अपमानित र तिरस्कृत हुनु पर्दैन । घटनाको सम्पूर्ण परिणाम मनाेरञ्जक गफमा तुरिन्छ। उल्टै, परपीडकले छाती ठोकेर शिर ठाडो पार्दै भन्छ- ‘क्या मोज लुटियो ।’ चौथीको निउमा पाकेका केरा र काँक्रा चोर्ने, शिवरात्रीमा काठ, दाउरा, चप्पल र जुत्ता चोर्ने परपीडक चलनलाई समाजले छुट दिदै संस्थागत गरेको छ । परम्परादेखि पशुपतिका अखडाहरूमा सरकारले जोगीहरूलाई गाँजा बाँड्दै आएको छ । गाँजा, धुनी, भतेर, भोज जस्ता श्रमविरोधी परम्परालाई धर्मको आडमा राज्यले मान्यता दिएको छ । यसलाई नमान्ने वा विरोध गर्ने मन्त्री वा अधिकारीहरूलाई नाङ्गे भुतुङ्गे जोगीहरूले चिम्टा उज्याएको कटु सत्यलाई ‌ह्याँकुलाले पेल्ल्त्त पनि मिल्दैन । हुन पनि सिल्याईमा गाँजा तान्न नपाइने हो भने जोगी बन्दाको मजा नै पो के भयो र । कसले घसोस् बिना बित्थाको फुस्रो खरानी ? टुप्पीदेखि पैतालोसम्म नाङ्गो बनेर कसले बिताओस् लहडी जीवन । जग जाहेर छ कट्टु खोलेर खरानी घसेर हिँड्‌नेहरूलाई कानुन लाग्दैन, जतिसुकै गाँजा, चरेस, भाङ, धतुरो, स्मेक र हिरोइन ताने पनि हुन्छ भन्ने सोचले समाजमा गँजडी र नाङ्गा बाबाहरू जन्माइरहेको छ । यसबाट लागु पदार्थ दुर्व्यसनको परम्परागत संस्कृतिसँग नाफामुखी संस्कृतिमा हुर्किएका युवाहरूलाई जोड्ने काम भैरहेको छ । उनीहरूको जीवन गाँजाको धुँवासँगै डढिरहेको छ ।

डुकुलन्ठक भएर बरालिनेहरू हाम्रो समाजको कुन पाटामा छैनन् र ? बौद्धिक-सांस्कृतिक क्षेत्रमा त झनै यिनीहरूको बिगबिगी छ । साँझ पर्नासाथ यस्ता बरालाहरूको जिब्रो चिलाउन थाल्छ झम्केझोलको नियास्राले । यिनीहरूले खल्तीमा गाँठ भएको तर टाउकामा वृद्धि नभएको एउटा न एउटा ल्वाँठलाई पट्‌याइहाल्छन् । यिनीहरूलाई के थाहा छ भने मान्छेको गोद्रे गिदीमा एउटा अनौठो चिज छ । यसैले, निख्लो प्रशंसा पाउनासाथ भ्यागुतालेझै भुँडी फुलाएर उनीहरू घुटुक्क थुक निल्न थाल्छन- लोभले मरिहत्ते गर्छन, ओठ चाट्छन । यस कमजोरीको फाइदा लिन एउटाले मलाई प्याच्च भन्छ, ‘हेर्नोस् न प्रधानमन्त्रीसँग एकान्त गराैँ भनेर धाएको तीन दिन भइसक्यो । के गर्नु बजियाहरूले चारैतिरबाट घेरेका छन, एकछिन छोड्दैनन् । वास्तवमा, प्रधानमन्त्रीलाई घेर्ने बजियाहरू’ मध्ये ऊ पनि एउटा हो । पेसेवार चाकरीबाजहरूले आफूलाई चिन्दैनन । चिन्न थाले भने तिनीहरूलाई आफूप्रति घिन लाग्छ । त्यसपछि तिनीहरू चाकरी गर्न छोडेर सृजनात्मक काम गर्न थाल्छन् । तिनीहरूका दृष्टिमा आक्कल झुक्कल चाकरी वजाउनेहरू मात्रै स्वाभिमान र प्रजातन्त्रका घुन-पुत्ली ठहर्दछन् । दास मनोवृत्तिका विरुद्धमा डिङ हाँक्न र कुरा कर्धन यिनलाई सायदै कसैले उछिन्ला । यिनका कुरा सुनेर मलाई विश्वविद्यालयका एकजना प्रोफेसरको रोचक टिप्पणीको सम्झना हुन्छ । तिनले नयाँ उपकुलपतिको नियुक्ति सम्बन्धी समाचार रेडियोले भनेको आधा घन्टाभित्रै घर समेत पत्ता लगाएर हाजिरी चढाएछन् । त्यस दिन उनले अरूका बारे एउटा गजबको टिपोट गरे- ‘हेर्नोस् न नेपालका बुद्धिजीवीहरूको हालत । म पुग्दा ओर्दा त बजियाहरूले अघि नै एक-एक कप कफी सुइँक्याई सकेका । यसो भएपछि यो देशको कसरी प्रगति हुन्छ ?’

राज्यको आयस्तामा जिउने डुकुलन्ठङ वर्ग समाजमा दिनहुँ पन्पिदो छ । अरूकै घर, अरूकै भान्सा, अरूकै सिरक, सित्याइँको बस, सित्याइँकै भोज र मोज यस वर्गको चाहना हो । भरिसक्के स्वास्नी पनि अरूहरूकै होस् भन्ने पवित्र सोच राखेर ओहदावालहरूले मध्यरातमा पर्खाल नाघ्न थालेका छन् । सकेसम्म पर्खालहरू अग्ला बनाऔँ । डुकुलन्ठङवादसँग सर्तक रहौँ ।

०००
बिर्सिस्याे कि ? (२०५७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x