साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेराे काेही दुश्मन छैन

मेराे भित्ताे च्यातेर यसाे घाम चिहाउँदा उनीहरुलाई पाेल्दैन सडक किनारमा थापिएकाे एक कटाैरा जिन्दगी देखेर उनीहरु अतालिंदैनन् मेराे उबडखाबड यात्राकाे परिदृश्य देखेर उनीहरु ईर्ष्या लिँदैनन् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

जब उनीहरु मलाई हेर्छन्
ममा त्यस्ताे आह्रिस गर्ने कुनै वस्तु नभेट्टाएर
खुशी हुन्छन् ।

म भन्सार नदेखेको मान्छे
मलाई अगाडि राखेर
मनग्ये संसारका कुुरा गर्छन्
उनीहरुका प्राप्ति पुस्तकहरु
मेरै सामु पल्टाएर पूरा गर्छन्
म कतै नचढेकाे मान्छे, कसैले झराेस भन्दैन
म कतै नबढेको मान्छे, भड्खाला पराेस भन्दैन
ए ! मेराे एउटा दुश्मन छ भन्दै
आफ्नै महत्ताकाे विज्ञापन गर्छन् कवि महाेदय !
मेरो उपस्थिति
उनकाे जस्ताे बडप्पनीय हुँदैन
त्यसैले मेराे कुनै दुश्मन छैन ।

मेराे उपस्थितिबाट उनीहरुले अपमानित हुनुपर्दैन
मेरो पद्धतिले उनीहरुकाे केही खालाे सर्दैन
म जाेकर बनेकाे देख्दा खुशीले गद्गद हुन्छन्
मेरा असफलताका कथाहरु
उनीहरु कति मजाले सुन्छन्
म उनीहरुको लागि
न मिताक्षरा हुँ , न दायभाग हुँ
मेराे यात्रा उनकाे लागि तगाराे हुँदैन
सुन्नु भाे नि मेराे एउटा पनि दुश्मन छैन ।

मलाई उनीहरु घृणा गर्दैनन्
किनकि
म उनीहरु विरुद्धको राजनीति दर्शन हाेइन
म उनीहरुले मन नपराएकाे
अभिमानकाे प्रदर्शन हाेइन
मेरो उनीहरुकाे चेतनालाई ठेस लगाउँने
अभिव्यक्ति छैन
मेरो उनीहरुसंग विद्वेष जनाउँने शक्ति छैन
मेराे उपस्थिति कसैको लागि तगाराे हुँदैन
मेेराे काेही पनि दुश्मन छैन ।

म भुईं घरमा रमाएकाे मान्छे
मेराे कुनै बर्दली छैन
म आँगन हराएकाे मान्छे
करेसामा कुनै फूल फुल्दैन
अरुलाई दुख्नेगरि हाँस्न तागत नभएकाे म
अरुलाई बिथोल्नेगरि रुन नसकेकाे म
दुश्मन कमाउँन नसकेर थल्लिएकाे
एक हाँच अपसकुन यथार्थ म
पहिचानहीन जङ्गली शान्तिमा जीवन बाँचिरहेछु
किनकि मेराे काेही पनि दुश्मन छैन ।

मेराे फाटेकाे छानाबाट सुटुक्क वर्षा पस्दा
उनीहरुलाई बिथाेल्दैन
मेराे भित्ताे च्यातेर यसाे घाम चिहाउँदा
उनीहरुलाई पाेल्दैन
सडक किनारमा थापिएकाे
एक कटाैरा जिन्दगी देखेर
उनीहरु अतालिंदैनन्
मेराे उबडखाबड यात्राकाे परिदृश्य देखेर
उनीहरु ईर्ष्या लिँदैनन्
तर पनि
मेराे गन्तव्य अलग हुँदैन
किनकि मेराे काेही पनि दुश्मन छैन ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x