साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुचो लगाउँ कुचो

त्यसैले झाडु, कुचो, खरेटो पुछा, टालो, सिरानेमै राखेर सुतौ र बिहान भालेको डाकबाटै काका, डाका, डाक्टर, ड्राइभर डिउटीमा निदाउने जाग्ने अन्यत्र लाग्ने भाग्ने सबैलाई तनमनकासाथ सफा गरौँ

Nepal Telecom ad

शेषराज भट्टराई :

सफाचट पार्न कुचो लगाउनुपर्छ । दातमा र बुटमा बुस लगाउनुपर्छ । शरीर, कपालमा चाहिँ साबुन वा सेम्पु र पानीको मदतले सफाचट पार्न सकिन्छ । जतासुकै कुचो लगाउन जानियो भने फोहोर दुर्गन्धबाट बच्न सकिन्छ । रोग ब्याधीले छुन सक्दैन । किरा, लामखुट्टे, मच्छड, झिगा फट्यांग्राको भय हुँदैन त्यसैले फुर्सद मिल्नासाथ हातमा झाडु कुचो लिएर कुनाकाप्चा बढारी हाल्नुपर्छ ।

हामी नेपालीहरू बढार्नमा अल्छी छौँ । बढार्नमा अति नै अल्छी चाहिँ ती जगल्टे जोगीहरू पर्छन् । तिनको खप्पर र नाकमुख पुरै जगल्टा झ्याउले भरिएको हुन्छ अनि अझै नपुगेर खरानी पनि घस्छन् । यिनले आफ्नो सक्कल बढार्न पनि अक्कल खर्च गर्दैनन् ।

हामी अति अल्छी नबनौँ। जागरकासाथ कुचो लिएर बढारकुँढार गरौँ । नेपालमा गणतन्त्रले छपक्कै ढाकेपछि फोहोर दुर्गन्धको विगविगीले निशासिएका छन् जनता । यश देशमा नागरिक भन्दा शासकहरू गतिछाडा फोहोरी छन् । यिनले काही कतै पनि सफा गर्दैनन् । जहाँ यिनीहरू बस्छन् त्यही फोहोरले नाकमुख नै थुन्नुपर्छ । सिंहदरबार हदैसम्म दूषित छ । यहाँ बिराजमान नेताहरू बिहान घरबाट सफा भएर गए पनि त्यहाबाट फिर्ता हुदा छेउमा बस्नै नसकिने गरि गनाएका हुन्छन् । त्यो गन्ध उनकी श्रीमती, झोले धुपौरे र चम्चेलाई मात्रै मनपर्छ ।

त्यही दुर्गन्धको रागले उसको जगर देउते बोकाको जस्तो फुलिरहेको हुन्छ । डुडुङ्क्ती गनाएको ऊ आफैले पत्तो पाउँदैन । यस्ता फोहोरीले बोकाको जस्तो पाल्सीभाषा प्रयोग गरेर आम नागरिकलाई छलिरहेको हुन्छ । जनतालाई फोहोरमै राखेको हुन्छ अनि अति भएपछि आन्दोलन गर्छन् सफागर भनेर तर पनि मान्दैनन् हौ ती अटेरा अटेरी फोहोरी नेताले ।

त्यसैले हामीले अल्छी नमानी हातमा कुचो लिएर कुनाकाप्चा जतापनि सफा गरिरहनु पर्छ । हाम्रो कामै सफा गर्ने नामै सफा गर्ने । छोरो पनि सफा गर्ने बाबु पनि सफा गर्ने नाति पनि सफा गर्ने । सफा नगर्नेहरूको सातपुस्ता सातैजुनी फोहोर हुन्छ ।

नेपालमा अहिले भर्खरै अतिनै फोहोर गृहमन्त्री फेला परे । तिनी त हेर्दा सोझा उपनाम पनि राइटर राखेका तर काम चाहिं मानव तस्करी गरेर दैनिक पचासोटा लाख मात्रै बटुल्दा रहेछन् । यश हिसाबले त उनी एशिया कै दरिद्र रहेछन् । तर उनको दलले उनलाई भयंकर सफा छ भनेर घोषणै गरे । अनि ऊ आफैले आफैलाई भन्यो सानो प्रमाण कतै पनि लिग भएको छैन । प्रमाण लुकाउन म माहिर छु । कतै फेला पारे राजनीति नै नगर्ने अरे । अनि चतुरे त जेल जान्छु भन्दै भन्दैन । आफ्नो दलको नेता रेस्लर, मुक्केबाज, बक्सर जस्तो ठूलो नेता छ भने जेल जानै पर्दैन । यसभन्दा अगाडि भुटानी शरणार्थी शिविर गएर ठूला नेताकी धर्मपत्नीले बेस्सरी फोहोर गरिछन मानव तस्करी गरेर । अनि तिनै ठूला नेताले फोहोर रहित भनेर प्रमाणीत गरिदिएपछि उनले जेलको हावा खानै परेन बरु बल्लबल्ल किनेको काठको घरमा मजाले बसेर तावामा पकाएको तातोतातो रोटी खादै अन्तर्राष्ट्रिय तर मारिरहेकी छन् ।

यो देशमा पोहोर भन्दा यसपालि फोहोर गर्ने धेरै छन् । कोही मोहोरका लागि फोहोर गर्छन् । कोही ओहोरदोहोरका लागि फोहोर गर्छन् । कोही भुडी फुटाउन फोहोर गर्छन् त कोही भुडी जुटाउन फोहोर गर्छन् । कोही विलासिताका लागि फोहोर गर्छन् त कोही आवश्यकताका लागि । तर जुन जे जस्तोसुकै उधेश्यले फोहोर गरेपनि त्यसलाई सज्जन जनले सफा गर्ने पर्छ । हामीले झ्याउ झिजो नमानी गाउँ गाउँ सफा गरौँ । हातमा झाडु कुचो लिएर वडा नगर शहर बजार उस्तै परे नेताको घर आगन करेसाबारी, वारीपारी, दारी सारी सारा सफा गरौं। नैतिकवान सज्जन, र सहि मानव हुनुको अलग आनन्द नै सफाईमा हुन्छ । त्यसैले झाडु, कुचो, खरेटो पुछा, टालो, सिरानेमै राखेर सुतौ र बिहान भालेको डाकबाटै काका, डाका, डाक्टर, ड्राइभर डिउटीमा निदाउने जाग्ने अन्यत्र लाग्ने भाग्ने सबैलाई तनमनकासाथ सफा गरौँ र आफू पनि नुहाएर सफा बसौँ तर चिल्लो कहिल्यै नघसौं किनकि चिल्लोमा फोहोर टाँसिन्छ ।

०००
पाेखरा
हाल प्रकाशित (पाेले पनि घामै प्याराे… हास्यव्यङ्ग्य सङ्ग्रह)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
0
Would love your thoughts, please comment.x
()
x